काठमाण्डौं,पुस ४-व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताउनुभएको थियो । मंसिर १४ गते सरकारले संविधान संशोधनको प्रस्ताव […]
Author: bihani
जिल्ला अदालतद्धारा नापीका ११, मालपोतका २ कर्मचारीलाई तीन वर्ष कैद सजाय
बर्दिया,पुस ४-जिल्ला अदालत, बर्दियाले नापीका ११, मालपोत कार्यालयका दुई कर्मचारीलाई किर्ते गरेको अभियोगमा तीन वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका न्यायधिश लोकजंग शाहको एकल ईजलाशले उक्त सजाय तोकेको हो । यसै गरि सोही मुद्दामा मालपोतका कार्यालयका तात्कालिन नासुद्धय ईश्वरी प्रसाद दाहाल र प्रकाश चन्द्र बुढाथोकीलाई तीन वर्ष ५ महिना कैद सजाय गरेको छ […]
चामल ढुवानी सदरमुकाममा थन्किँदा कालीकोटका जनतालाई समस्या
कालीकोट,पुस ४-कालीकोट जिल्लामा गत वर्ष खडेरीका कारण बालीनाली नष्ट भएपछि जनतालाई खाद्यान्न सङ्कट पर्ने भन्दै दिएको चामल ढुवानी अभावमा सदरमुकाममा थन्किँदा स्थानीयवासीलाई समस्या भएको छ । सदरमुकाममा चामल छ गाउँमा भोकमरी भएको ढुवानी अनुदानमा चामल आउँछ भनेर जनतालाई काम गरेको कार्यसम्पन्न भइसक्दा पनि चामल नपाएपछि स्थानीयवासी आश्चर्यचकित परेका छन् । सदरमुकामभन्दा ग्रामीण क्षेत्रका खाद्य डिपोका […]
बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढ्दो
बाँके,पुस ४-बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७२–०७३ मा मात्र बाँकेमा ४ सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् । साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि कृषि तथा वन सम्बन्धि उद्योग दर्ता गराउनेको संख्या बढेको हो । कृषि ब्यवसाय बढाउन […]
घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी कुँवर मृत्यु
जुम्ला,पुस ४-घाँस काट्न वनमा जाँदा लडेर घाइते भएकी ताम्ती–१ सर्मीकी कुशम कुँवरको उपचार गर्दै गर्दा ज्यान गएको छ । उहाँ गर्भवती हुनुहुन्थ्यो । गएको शनिबार घाँस काट्न वनमा गएको बेला पुलेखोला भिरबाट लडेर घाइते भएकी कुँवरको उपचारको क्रममा आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी […]
समाजिक सद्भावका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुको जोड
बाँके,पुस ४-सामाजीक सद्भाव र सामुहिक सुरक्षाका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपालगन्जमा सम्पन्न सामाजीक सद्भाव र सामुहिक सुरक्षा विषयक कार्य समिक्षा तथा छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो । युएन डि पि को सहयोग र बागेश्वरी असल शासन क्लव र सुरक्षा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न […]
मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइतको उपचारको क्रममा निधन
बाँके,पुस ४-बाँकेको मटेहियामा मंसिर २७ गते दुईपक्षबिच भएको झडपमा घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ । लक्ष्मणपुर–५ का मौलाना बजहुल कम्मर खाँको काठमाडौंको शिक्षण अस्पतालमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी राईले जानकारी दिनुभयो । यसअघि यो घटनामा नरैनापुर–३ का मेनेजर खानको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ज्यान […]
शैक्षिक महोत्सबको आज चौथो दिनमा विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु प्रस्तुत
रोशन घर्ती दाङ,पुस ३-दाङको घोराहीमा विहिबार देखि सुरु भएको राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा आज चौथो दिन पनी विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु भएका छन । शैक्षिक महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आज पनी दिनभर सांगितिक प्रस्तुतीहरु देखाएका छन । उल्लेख्य मानिसहरुको भीड देखिएको महोत्सबमा आज रतिा केसी, चन्द शर्मा, पीताम्बर रीजाल, […]
संविधान संशोधन र स्थानीय निकायको निर्वाचन नहुँदासम्म राजीनामा नदिने प्रधानमन्त्रीको भनाइ
विराटनगर,पुस ३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नहुँदासम्म र स्थानीय निकायको निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीबाट राजीनामा नदिने बताउनु भएको छ । विराटनगरमा प्रदेश नम्बर एकको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिपक्ष नेकपा एमाले आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउने दाउमा लागेको बताउनुभयो । संविधान संसोधनको प्रस्ताव फिर्ता गराउने बहानामा संसद र सडक आन्दोलन गर्ने कार्य एमालेको […]
स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक सम्पन्न
बाँके,पुस ३ –स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बैठक बसेको थियो । संघको शाखा बाँकेमा स्थापित भएपछि आज पहिलो बैठक बसेको हो । आज बसेको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरुलाई कार्ड र ज्याकेट एक हप्ता भित्रमा वितरण गर्ने निणर्य गरेको […]










