काठमाडौं,चैत्र,१७-नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।तर खेलको अन्त्यतिर मनिष डाँगीले गोल थप्दै नेपललाई उपाधि दिलाएका हुन्। पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका […]
खेल
थ्रि नेशन्स कप फुटबल : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै
काठमाडौं,चैत्र,१७-प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दैछन् ।फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५:३० बजे हुनेछ । नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । शुक्रबारको खेलमा पनि नेपाल त्यहिँ […]
भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा,लाओससँग फाईनल खेल्ने
काठमाडौं,चैत्र,१४-नेपाल र भुटान बिचको खेल बराबरीमा सकिएको छ।प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको हो।नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो।यसअघि खेलेका सबै १२ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम ८९ औं मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको […]
प्रधानमन्त्री थ्री नेसन्स कप: आज नेपाल र भुटान भिड्ने
काठमाडौं,चैत्र,१४-नेपाल र भुटान आज भिड्ने भएको छ।प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ।नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। भुटान नेपालको नौलो प्रतिद्वन्दी हैन।नेपालले चिरपरिचित प्रतिद्वन्दी भुटानविरुद्ध १२ पटक खेलिसकेको छ।नेपालले हालसम्म हार व्यहोर्नु नपरेको प्रतिद्वन्दी हो भुटान।नेपालले भुटानविरुद्ध १२ खेलमा १२ […]
कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड विनियोजन
काठमाडौं,चैत्र,१३-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले लागत मूल्यांकन सुरु गरेको छ । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान […]
एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक
काठमाडौं,चैत्र,९-नेपालमा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल(एसिसी)ले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियाको सामना गर्नेछ । आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । कुल २४ खेल हुने […]
नेपाल संग लाओस २-० गोलले पराजीत
काठमाडौं,चैत्र,८-आज बुधबार देखी सुरु भएको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमै विजयी सुरुवात गरेको छ।नेपालले प्रतियोगितको उद्घाटन खेलमा लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे।३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडरमार्फत सानदार गोल गर्दै नेपाललाई एक शुन्य गोलको […]
अनन्तको गोलमा लाओसविरुद्ध नेपाललाई १-० गोलको अग्रता
काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा अहिले भैईरहेको लाओससँगको खेलमा नेपालले १-० गोलले अग्रता लिएको छ । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले शानदार हेडरमार्फत गोल गरेका हुन् ।नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् । सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै […]
प्रधानमन्त्री कप थ्री नेसन्स कपमा आज नेपाल र लाओस भिड्ने
काठमाडौं,चैत्र,८-प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ।चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन्।प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन्।यो खेल साँझ ६ बजे हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ।लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको […]
नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
काठमाडौं,चैत्र,२-प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गर्नुभएको छ । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो। खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएको हो। ‘लिगका खेलहरुमा उच्च कौशलता […]