फुटबलमा नयाँ नियम: एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने

काठमाडौं,बैशाख,२७-कोरोना महामारीपछि फुटबल खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको छ ।खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् । विश्वभर फुटबल खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन […]

एन्फाले फिफाबाट ५ लाख अमेरिकी डलर पाउने

काठमाण्डौं,बैशाख,१३-विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट नेपाली फुटबलको निकाय अखिल नेपाल फुटबल संघले ५ लाख अमेरिकी डलर पाउने भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उदेश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो । फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक […]

टोकियो ओलम्पिक एक वर्ष स्थगित

जापान,चैत्र११-जापानमा हुने टोकियो ओलम्पिक खेल एक वर्ष स्थगीत भएको छ । यस वर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्न आयोजक राष्ट्र जापानले औपचारिक प्रस्ताव गरेको हो । जापानी प्रधानमन्त्री सिन्जो आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गर्नु भएको हो । एक वर्ष ओलम्पिक […]

कोरोना संक्रमणः मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु, माल्दिनी र दिबाला संक्रमित

काठमाण्डौं,चैत्र,९-कोरोना भाईरसको संक्रमणबाट स्पेनिस फुटबल क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । सन् १९९५ देखि २००० सम्म रियाल मड्रिडका अध्यक्ष रहेका सान्जको गएराति अस्पतालमा मृत्यु भएको उनको छोरा डुरान सान्जले ट्वीटरमार्फत बताएका छन् । ७६ वर्षिय सान्जलाई कोरोनाभाईरसको संक्रमण भएपछि विगत केहीदिनदेखि अस्पतालमा उपचार गराईरहेका थिए । उता,इटालीयन फुटबल हस्ती पावलो […]

नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बन्द

काठमाडौं,चैत्र,६-नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् । सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् । विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले हिजो केही कडा […]

आहा!रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

पोखरा,चैत,१-मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।उपाधिसँगै […]

नेपालको विश्व कप छनोट खेल सारियो

काठमाण्डौं,फागुन,२६-विश्व कप छनोट खेल फिफा र एएफसी ले कोरोना भाइरसका कारण जुन १-९ २०२० मा हुने खेल सारेको जनाएको छ।यहि मार्च २६ र ३१ तारिक दिन हुने खेल सारिएको हो । अब नेपालले चाईनिच ताईपे र अष्ट्रेलिया सॅंगको खेल जुन १ र ९ मा खेल्ने भएको छ ।फिफा र एएफसी दुबैले फुटबल खेलहरूमा संलग्न सबै […]

आहा रारा गोल्डकप-संकटालाई हराउँदै आर्मी अन्तिम चारमा

पोखरा,फागुन,२६-साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक […]

म्यानचेस्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि

काठमाडौं,फागुन,१९-इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदै सिटीले लगातार तेस्रो पटक काराबाओ कप जितेको हो । समग्रमा भने सिटीको यो सातौं लिग कपको उपाधि हो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो र रोड्री हर्नान्डेजले एक एक गोल […]

विमल घर्ती मगरको ह्याट्रिकमा मछिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा

काठमाण्डौं,फाल्गुन,१३-मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ। पहिलो हाफमा दुई गोल गरेको मछिन्द्रले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको २० औंमिनेटमा बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता […]