काठमाडौं,भदौ,१३-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ। एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ। परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आईसक्नु भएको छ।अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी […]
ब्यानर न्यूज
एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली
काठमाडौं,भदौ,९-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ। शुक्रबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो। देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई […]
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
काठमाडौं,भाद्र,४-प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो।
मेस्सीको कप्तानीमा इन्टर मायमी पहिलो पटक च्याम्पियन
टोकियो,जापान,भाद्र,३-इन्टर मायमी क्लव लिग्स कप २०२३ को च्याम्पियन बनेको छ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो।निकै प्रतिस्प्रर्धा भएको खेलमा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक […]
एक महिने गुँला पर्व सुरू, कसले मनाउँछ यो पर्व ?
काठमाडौं,साउन,३२-नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आज बिहीबारदेखि सुरु भएको छ। नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ।बिहीबारबाट सुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ। गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ ।यो पर्व […]
आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं,साउन,३२-आज बिहिवार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूचि छ। यसैगरी बिहान ११ बजे बस्ने दिगो […]
जापानका टंक प्रसाद गैरेले एनआरएनए आइसिसि सचिवमा उम्मेदवारी दिने
टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानको २०११ मा प्रवेश गर्दै आई सि सि सदस्य हुँदै अहिले केन्द्रको सहकोषाध्यक्षमा बसेर काम […]
एनआरएनए आइसीसी युवा संयोजकमा सुपेन्द्र घिसीङले उम्मेदवारी दिने
टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिनु हुने भएको छ। आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।उहाँले एक औपचारिक कार्यक्रममार्फत […]
सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)
काठमाडौ,साउन,३१-सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो। तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र […]
सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं,साउन,३१-सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान […]