विश्वकप फुटबल छनौटमा आज नेपाल र लाओस भिड्दै

काठमाण्डौं,असोज,२५-विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ। विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज पहिलो लेगको खेल खेल्न लागेको हो।दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश छनौट हुनेछ । आफूभन्दा तल्लो […]

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार

काठमाण्डौं,असोज,२२-इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ।  आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो।सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।  विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरु सुरक्षित स्थानमा आएको र त्यहाँ द्वन्द्वको सम्भवना नभएको […]

इजरायल आक्रमणमा १० नेपालीको मृत्यु अधीकांश सुदुरपश्चिमका विद्यार्थी

काठमाडौं,असोज,२२-प्यालेस्टायनीको कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ।इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको बताउनु भयो। मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र […]

आज देखी एकदिवसीय विश्वकप क्रिकेट सुरु हुदैँ

काठमाडौं,असोज,१८-एकदिवसीय विश्वकप क्रिकेट आज बिहिबारबाट सुरु हुँदैछ।भारतका विभिन्न सहरमा आयोजना हुनेछ। विश्वकप क्रिकेटमा १० देशका १० टिमले सहभागिता जनाउँदै छ।विश्वकप खेल्नका लागि सबै १० देशका टोली भारत पुगिसकेका छन्। विश्वकपको फाइनल खेल आगामी नोभेम्बर १९ मा हुनेछ।विश्वकप क्रिकेटको पहिलो म्याच इंग्ल्यान्ड र न्यूजील्यान्डका बीच हुनेछ। विश्वकपमा सहभागिहुने १० राष्ट्रहरु ।।  १.भारत २.इंग्ल्यान्ड ३.न्यूजल्यान्ड ४.पाकिस्तान ५.दक्षिण […]

विश्वकप क्रिकेट २०२३ तयारी पुरा

काठमाडौं,असोज,१७-एकदिवसीय विश्वकप क्रिकेट भोलिबाट सुरु हुँदैछ।भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।विश्वकप खेल्नका लागि सबै १० देशका टोली भारत पुगिसकेका छन्। भोलिबाट सुरु हुने विश्वकपको फाइनल खेल आगामी नोभेम्बर १९ मा हुनेछ।विश्वकप क्रिकेटको पहिलो म्याच इंग्ल्यान्ड र न्यूजील्यान्डका बीच हुनेछ।विश्वकप जित्नका लागि सबै १० टोलीले आफ्नो सबै […]

भारतविरुद्ध नेपाली खेलाडीले शतक हाने ५ लाख पाउने

काठमाडौं,असोज,१५-चीनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतको सामाना गर्दैछ। क्वार्टरफाइनलको यो खेल बिहान ६ः४५ बजे सुरु हुनेछ। भारतविरुद्धको खेलमा नेपाली खेलाडीको हौसला बढाउन ‘टिम ११’ नगदपुरस्कारको घोषणा गरेको छ। ‘टिम ११’ले भारतविरुद्धको खेलमा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका बराबर १० हजार रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, उसले प्रत्येक छक्काको २० […]

चर्चित फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने

काठमाडौं,असोज,१५-चर्चित राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।  अष्ट्रेलिया गएका बिमलले सोमबार सामाजिक सञ्जाल मार्फत नेपाल सुपर लिग खेल्ने नेपाल आउने बताएका हुन्।   उनले लेखेका छन्,’जिन्दगीमा अनेकौं उतावचढाव आउँछन् !! उमेरको बढ्दो  क्रम सँगै जिम्मेवारी र व्यवहारिक पन पनि बढ्ने रहेछ !! त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति […]

आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं,असोज,१४-नेपालले आज माल्दिभ्ससँग भिड्दैछ।चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आइतवार माल्दिभ्ससँग भिड्न लागेको हो। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे शुरू हुँदैछ।गत असो १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो।यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो। […]

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर गए अस्ट्रेलिया

काठमाडौं,असोज,१२-नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया पलायन भएका छन्।उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्।एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक […]

चीन भ्रमण आशा गरेभन्दा बढि सफल भयो : प्रधानमन्त्री दाहाल

काठमाडौं,असोज,१०-प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि सफल भएको दाबी गर्नुभएको छ। तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सोचेभन्दा सफल भएको दाबी गर्नुभएको हो। चीनका राष्ट्रपति सी चिनफिङ र […]