कोहलपुर,बाँके,चैत्र,१२- नेपाली गित संगितको क्षेत्रमा फेरी एउटा हावा चलेको छ ।पछिल्लो समय दिनप्रतिदिन नयाँ कलाकारहरुको आगमन संगै नयाँ नयाँ प्रतिभामा सजिएका गित बजारमा धमाधम आईरहँदा अचानक फेरी नेपाली गित संगितमा एउटा बेग्लै किसिमको हावा हुरी चलेको हो । अहिले सम्म बजारमा आएका विभिन्न माया पिरतीका गित संगित तपाईले रेडियो टेलिभीजनमा हेर्नु र सुन्नुभएकै छ होला । […]
ब्यानर न्यूज
आदर्श र बाँके शिक्षा सेमिफाइनलमा,आदर्श माबी नेपालगन्जद्वारा युनाइटेड ७-२गोलले पराजित
नेपालगन्ज,चैत्र,११- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको दोस्रो दिन आज(सोमबार) आदर्श मावी नेपालगन्ज र बाँके शिक्षा नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेका छन। आदर्श माबी नेपालगन्जले युनाइटेड माबी नेपालगन्जलाई ७-२ गोलले र बाँके शिक्षा नेपालगन्जले जेनिथ माबी खजुरालाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन। भोलि पनि सेमिफाइनलका लागि […]
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय: चैत्र २७ देखि सुरु हुने
नेपालगन्ज,चैत्र,१०- विविध कारणबस अन्योलमा रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति टुंगो लागेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले चैत २७ गतेदेखि सुरु हुने जानकरी दिएका छन् । चैत्र २५ बाट भव्यताका साथ सुरु हुने प्रतियोगितालाई राष्ट्रपति विद्यादेबी भण्डारीले बेलुकी ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि विष्टले जानकारी दिए । यसअघि […]
खेतमा बेहोस अबस्थामा भेटिएका किशोरको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु
नेपालगन्ज,चैत्र,१०- बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा एक किशोर खेतमा बेहोस अबस्थामा भेटिएका निजलाई अस्पतालमा ल्याउदा ल्याउदै बाटोमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरमा अाफनो घर देखि ५ सय मिटर टाढा खेतमा सोही वडा निवासी वर्ष १९ का भोला पासी आइतबार साँझ ४ बजेतिर बेहोसी अवस्थामा भेटिएका थिए । उनलाई निजका भिनाजु […]
हिसान परिक्षाको कारण रोकिएको हिसानकप आज ( आइतबार )बाट पुन सुरु
नेपालगन्ज,चैत्र,१०- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिता आज(आइतबार)बाट पुन सुरु भएको छ। आज भएको फुटबल प्रतियोगितामा जेनिथ मावी खजुराले सेन्थ थोमसलाई १-० र होलिल्याण्ड माविले भृकुटी माविलाई २-० ले हराएका थिए। जिभिएन माबी र बालबिध्या मावी वाकवाउट भएका थिए। भोलि सोमबार होलिल्याण्ड मावि र डाइनामिकबिच, युनाईटेड र आदर्शबिचको […]
ट्युमर पिडित बोरीलाल अहिरको शिक्षण अस्पताल नेपालगन्जमा ६२ वर्ष पछि उपचार
नेपालगन्ज,चैत्र,१०- बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ६ निवासी ट्युमर पिडित ७२ वर्षिया बोरीलाल अहिरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जद्वारा निशुल्क अप्रेसन गरिएको छ। आफ्नो बायाँ गालामा १० वर्षको उमेर देखि ट्युमर पिडित अहिरको चैत्र ८ गते शुक्रबार मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका टिमको सहयोगमा उपचार गरिएको आज (आइतबार) अस्पताल टिमले प्रेष विज्ञप्ती मार्फत […]
अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम बाँकेको खजुरामा हुँदै
नेपालगन्ज,चैत्र,०९- बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम हुने भएको छ । खजुरामा रहेका हिल पार्क कृषि तथा पशुपालन फार्मले उक्त तालिम सञ्चालन गर्न लागेका हुन् । चैत १२ गतेदेखि हुने तालिम तीन दिनसम्म चल्ने छ । बाँके, बर्दिया, अर्घखाँची लगाएतका जिल्लाका युवा व्यवसायी सहभागी हुनेछन् । उक्त तालिममा नेदरल्याण्डका कृषि विज्ञ ग्रेड बोइन्कले प्रशिक्षण […]
एग्रोभेटको अध्यक्षमा विनोद तिवारी निर्वाचित
नेपालगन्ज,चैत्र,०९- एग्रोभेट व्यवसायी संघ नेपालगन्जको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट विनोद तिवारी अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रामप्रसाद आचार्य, सचिवमा कमलबहादुर थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन भए । त्यस्तै किरण खनाल, जितेन्द्र शिरीष, गन्जमान बुढा र कृष्णराज ढकाल सदस्यमा चयन भएका छन् । […]
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सरसफाई कार्यक्रम सम्पन्न
नेपालगन्ज,चैत्र,०९- आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि शनिवार नेपालगन्ज नगरका विभिन्न स्थानमा सफाई गरिएको छ । आइटिएफ तेक्वान्डो संघ, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जका अभियन्ता, उद्योगी, ब्यापारीले नेपालगन्ज नगरका विभिन्न स्थानको सफाई गरेका हुन् । आठौँ राष्ट्रिय प्रतियोगितालाई सघाउ पु¥याउन अवदेखि हरेक साताको शनिवार नेपालगन्जका विभिन्न सडक […]
गायिका तृप्ती खड्काको बिल्कुलै नयाँ गीत “ढल्यो बरको रुख”ले सबैको मन जित्दै
नेपालगन्ज,चैत्र,०९- चर्चित गीत “बैँसले मात्तिए” जस्ता थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिसकेको गायिका तृप्ती खड्काको नयाँ लोकदोहोरी गीत”ढल्यो बरको रुख” बजारमा सार्वजनिक भएको छ। सुन्दा निकै मनछुने गीतमा सन्तोष शर्माको शब्द , देवकी सिँहको लय अनि तृप्ती खड्का र रवि बिरहिको सुमधुर आवाज रहेको छ। बिजि इन्टरटेन्टको प्रस्तुतिमा गायिका खड्का कै युटुव च्यानलबाट बजारमा आएको […]
