धनगढी,पुस,५- तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता पुस तेस्रो सातादेखी हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २४ देखि खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । धनगढी रंगशालामा नकआउटका आधारमा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरु सहित विदेशी टोली भारत र भुटानले पनी सहभागिता […]
ब्यानर न्यूज
लायन्स क्लब अफ नेपालगन्जको पहलमा गरिव बालबालिकाहरुलाई छात्रवृत्ति
नेपालगंज,पुष,३- सामाजिक संस्था लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जले नेपालगन्जमा गरिव जेहेन्दार बिद्यार्थीहरुका लागि कम्प्युटर सिक्नका लागि छात्रवृत्तिको लागि पहल गरेको छ । अाज एक कार्यक्रमका बिच नेपालगन्जमा सेतु बि-क- चोकमा रहेको ईन्टेल कम्प्युटर ईन्स्टिच्युट संग सहकार्य गरि तीन जना गरिब बालबालिकालाई छात्रवृत्तिको लागि पहल गरेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका चार्टर अध्यक्ष ध्रुबराज शर्माले बताउनुभयो […]
स्थानीय तहका कर्मचारी आन्दोलनमा
काठमाडौँ,पुस,३- सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेपछि स्थानीय तहका कर्मचारीहरूले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिको काम ठप्प पारी आन्दोलनमा उत्रेका छन् । कर्मचारीहरूले सोमबार कलम बन्द गरी आआफ्नो कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले कर्मचारी समायोजन गर्दा स्थानीय कर्मचारीहरूलाई विभेद गरेको ठहर गर्दै उनीहरुले सोमबारदेखि […]
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन
काठमाडौं,पुस,३- पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर लागेका उनको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व […]
पाठ्यपुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग
काठमाडौं,पौष,२- पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पुनरुत्थानवादी शक्तिले कक्षा १० को सामाजिक विषयको पुस्तकमा वि.सं.२०१७ सालमा राजा महेन्द्रले २ तिहाई जनमतको काँग्रेस सरकार अपदस्त गरी प्रत्यक्ष शासन […]
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौं : प्रम ओली
काठमाडौँ,पुस,१- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय […]
आज झण्डा दिवश मनाईदै
काठमाण्डौं,पुष,१- आज झण्डा दिवश ! नेपालका विभिन्न ठाँउहरुमा यो दिवश एकै साथ मनाईदैछ । मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइने भएको हो । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गते राष्ट्रिय झण्डा […]
चिर्पटले हानेर आफ्नै नातीले गरे हजुरबा र हजुरअामाको हत्या
काठमाण्डौं,पुस,१- बैतडीमा शनिबार नातीले आफ्नै हजुरबा र हजुरअामाकाे हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबा गगन कुँवर र ७६ वर्षकी हजुअामा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । लोकेन्द्रले शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर […]
३३ किलो सुनसहित दुई नेपाली कोलकाताबाट पक्राउ
काठमाडौं, मंसिर,२९- दुईजना नेपाली भारतको, पश्चिम बंगालमा ३३ किलो सुन सहित पक्राउ परेका छन् ।कोलकाता प्रहरीले दुईजना नेपाली हेमप्रसाद शर्मा र राकेश प्रसादलाई ३३ किलो सुनसहित पक्राउ गरेको हो । उनीहरुलाई उक्त सुनसहित कारमा सवार रहेका बेला कोलकाता प्रहरीले पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सुन सुन ‘तस्कर’ चूडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा […]
कार्पेट बिछ्याएपछि चिटिक्क देखियो : त्रिभुवन विमानस्थल (तस्बिर सहित)
काठमाण्डौं,मंसिर,२९- त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा जानुभयो भने अब तपाईंले पहिलाभन्दा फरक अनुभुति गर्नुहुनेछ। किनकी भवनभित्रका प्राय: सबै ठाउँमा कार्पेट राखेर चिटिक्क बनाइएको छ। केही समय पहिले एउटा विदेशी सरसफाइ कम्पनीले त्यहाँको सरसफाइ गरिदियो। उक्त कम्पनीले सफाइ गरिदिएको भन्दा पनि सफा कसरी हुन्छ भनेर सिकाइदिएको विमानस्थल कर्मचारीहरुको भनाइ छ। यसअघि अध्यागमनको केही भागमा कार्पेट राखिएको र […]




