नेपाल बिद्यार्थी संघले गर्यो बृहत रक्तदान कार्यक्रम

 के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,१०- नेपाल बिद्यार्थी संघको ४९ औ स्थापना दिबसको उपलक्ष्यमा आज महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जमा ने-बि- संघले बृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ ।  महेन्द्र बहुमुखि क्याम्पसका ईकाइ सभापति चेतनारायण शर्माको सभापतित्व , नेपाली कांग्रेस बाके जिल्ला पार्टी सभापति किरण कोइरालाको प्रमुख अतिथि तथा प्रदेश नं ५ का सभासद तथा पार्टीका ५ नं प्रदेशका […]

पार्टी एकताका लागि छिट्टै मिति तोकिने : गृहमन्त्री थापा

चितवन,वैशाख,१०- गृहमन्त्री रामबहादुर थापाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताउनु भएको छ । वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले अब छिट्टै एकताको मिति तोकिने आज प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भयो । उहाँले एमाले र माओवादी केन्द्रबीच सबै […]

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने

काठमाण्डाैं,वैशाख,१०-   एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिनु भएको हो । निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रिय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकतावद्ध ढंगले […]

नेपाल पत्रकार महासंघको प्रदेश ४ मा पौडेल निर्विरोध चयन

पोखरा,बैशाख,९- नेपाल पत्रकार महासंघको प्रदेश नं. ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । आज सोमबारसम्म दावी विरोध गर्ने समय भने रहेको छ । महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान रहेको छ । यसैगरी : प्रदेश नं. ४ को महासंघको  समितिको […]

जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,९- बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो […]

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डे र सभामुख महरा विच भेटवार्ता

रोशन घर्ती/ दाङ,बैशाख,९- तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र सभामुख कृष्णवहादुर महराका विचमा भेटवार्ता भएको छ । तुलसीपुरको समग्र विकासका सन्दर्भमा भएको भेटघाटमा सभामुख महराले बहुआयामिक योजनाहरुका लागि केन्द्रबाट पहल गर्ने वताएका थिए । उनले तुलसीपुरको विकासका लागि सडक, पूर्वाधार निर्माण र विमानस्थल नियमित सञ्चालनका लागि आफुले पहल गर्ने समेत वताएका थिए । सभामुख महराले […]

दाङमा पहिलोपटक मिस एसइइ हुने

रोशन घर्ती/ दाङ,बैशाख,९- दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ । दाङबाट एस इइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने […]

बर्दियामा स्वास्थ्य जाँच शिबिर सम्पन्न

डम्मर थापा मगर/ बर्दिया,बैसाख,९- बारबर्दिया नगरपालीकाको जयनगर बजारमा स्थित श्रि अंशुवर्मा माध्यमिक बिधालयको प्रङ्गणमा सनिबार एक दिने स्वास्थ्य जाँच शिबिर सम्पन्न भयको छ ।नेपाल चिकित्सक संघ भेरि अञ्चलसाखाको आयोजनामा उक्त एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियको हो । शिविरमा चिकित्सकहरुमा डा बिनोद कर्ण – प्लास्टिक सर्जन,डा मधु आर्याल – बरिष्ट फिजीसियन,डा रोमा बोहोरा – बरिष्ट […]

एक गाग्रो पानी लिउन २ घण्टा कुर्नुपर्ने समस्या

के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,९- कालिकोट जिल्लाको पलाॅत गाउँ पालिका वडा नं २ मिजुवाडा भन्ने गाउमा एक गाग्रो पानी लिउनको लागि २ घण्टा कुर्नु पर्ने वाध्यता रहेको छ । यस ठाउमा पानीको चरम अभाब देखिएको उप भोक्ता समितिका अध्यक्ष बम बहादुर बमले बताउनुभयो । वडा अध्यक्ष विद्दी कामीका अनुसार यो ठाँउ डाॅडामा भएको हुदा र माथी लेखमा […]

संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

काठमाडौं, वैशाख,७- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर आज शुक्रबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा राजपा अध्यक्षमन्डलका नेतासहित कार्यकर्ताहरुको उपस्थिति थियो ।   त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीलगायत विभिन्न दलका नेताहरु चियापान कार्यक्रममा पुगेका थिए । कार्यक्रममा सन्चारकर्मीहरुसँग […]