थारु वस्तीमा माघीको रौनक सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२८- थारु समुदायको महान पर्व माघी नजिकिएसंगै पश्चिम नेपालका कैलाली र कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । सवैमा माघी पर्वको शुभकामना आदान प्रदान गर्नुका साथै माघीका लागि दुना , टपरी वनाउने, मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमुलीहरुको जुटिसकेका छन् । नयाँ वर्षको रुपमा समेत मनाइने […]

रोल्पाको सुवर्णावती गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाईने

रोशन घर्ती/ रोल्पा,पुस,२७- रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ । गाउँपालिकाको प्रथम सभाले पाँच वर्ष भित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ । विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का […]

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

रोशन घर्ती/ सल्यान,पुस,२७- सल्यानमा चालु आर्थिक वर्ष २०७४र७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान, बगैंचा व्यवस् थापन, सुन्तलाको बो ट तथा क्षे त्रफल बृद्धि, अनुकूल वातावरण मिले पछि यस वर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ […]

दाङमा भोली माघि महोत्सव हुने

रोशन घर्ती/ दाङ,पुस,२७- दाङमा भोली आयोजना गरिएको माघि महोत्सव २०७४को तयारी पुरा भएको आयोजकले जनाएका छन । थारु कल्याणकारिणी सभाको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा जिल्ला समन्वय समितिको पछाडी रहेको मञ्चमा महोत्सव कार्यक्रमको आयोजना गरिएको  महोत्सव को तयारी पुरा भएको कार्यक्रमका संयोजक तेजमान चौधरीले जानकारी दिनुभएको छ। थारु कल्याणकारिणी सभा र विभीन्न सरोकारवाला निकायको आयोजनामा […]

घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण

बिरेन्द्र शाह/ सुखड,पुस,२७- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण गरीएको छ । जिल्ला प्रशासन कैलाली र नेपाल रेडक्रस सोसाईटी साखा कैलालीको सहयोगमा कम्मल बितरण गरेको थियो । नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछानेले ४० थान बितरण गर्नु भएको हो […]

ठकुरी समाजद्वारा अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण

बाँके,पुस,२७- पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । जन्म जयन्तीको अवसर पारी बाँकेको नेपालगंजमा रहेको बागेश्वरी मन्दिर परिषरमा ठकुरी पत्रकार समाज नेपालले पनी एक कार्यक्रम गरी बागेश्वरी मन्दिरमा रहेका विभिन्न अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण गरेको हो । अशाय बालबालीका र बृद्वबृद्वा गरी ५० जनालाई न्यानो […]

आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]

खप्तड गोल्डकप फुटबलमा संकटालाई हराउदै एपिएफ विजयी

कैलाली,पुस,२६- कैलालीको क्षेत्रीय रंगशाला धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा सशस्त्र प्रहरी एपिएफ फुटबल क्लव विजयी भएको छ । आजको खेलमा सिएम सी क्लव संकटा लाई २-०गोल अन्तरले पराजीत गरेको हो । जितसँगै एपिएफ सेमीफाईनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २३ औं मिनेटमा नै एपिएफका खेलाडी श्याम नेपालीको क्रशपासमा अन्जान बिष्टले १ गोल […]

नेपालगंजमा रहेको सदरलाइन विस्तार अन्तिम चरणमा

बाँके,पुष,२५- नेपालगञ्ज त्रिभुवन चौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगञ्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत अब चाँडै सडक तथा नाला निर्माण हुँदैछ । सदरलाईन सडक विस्तारमा देखीएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले पटक पटक गरेको सम्वाद प्रक्रियापछि घरधनीहरु स्वस्फुर्त घर भत्काइरहेका […]

खप्तड गोल्डकप फुटबलमा ड्रुक स्टार्सलाई हराउदै रुपन्देही एघार विजयी

कैलाली,पुस,२५- धनगढी क्षेत्रीय रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगीतामा रुपन्देही एघार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा रुपन्देही एघारले ड्रुक स्टार्स भुटानलाई ३-२ गोल अन्तरले पराजीत गरेको हो । जितसँगै रुपन्देही एघार सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २२ औं मिनेटमा नै रुपन्देही एघारका खेलाडी अमर डंगोलले गोल गरेका थिए । खेलको ३८ औं मिनेट बित्न […]