कसैले तोड्न नसकेको एउटा किल्ला

डडेलधुरा,मंसिर,२८- बहुदल आगमनपछि सुरुवातमा ताप्लेजुङ, झापा, भोजपुर लगायतका पूर्वी पहाडी जिल्ला एमालेको किल्लाको रुपमा चिनिन्थे। पूर्वका मोरङ, सोलु, पश्चिमका लमजुङ, तनहुँ, डोटी, डडेलधुरा लगायतका जिल्लालाई कांग्रेसको किल्लाका रुपमा लिइन्थ्यो। अनि, रोल्पा–रुकुम–गोरखा लगायतका जिल्लाचाहिँ तत्कालिन संयुक्त जनमोर्चाको गढका रुपमा चिनिएका जिल्ला थिए। २०४८ को निर्वाचनमा दुबै सिट जितेर माओवादीले रोल्पालाई आफ्नो किल्ला प्रमाणित गर्‍यो। तर तीन […]

समानुपातिक तर्फको ६० जिल्लाको मतगणना सकियो

काठमाडौं,मंसिर,२८- मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ […]

मुख्यमन्त्री बन्न नेताहरुको आन्तरिक दौडधुप

काठमाडौं,मंसिर,२८- संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यसैले प्रदेश मृुख्यमन्त्री बन्ने आकांक्षीले कसरत बढाउन थालेका हुन् । एमाले र माओवादीबीच कुन प्रदेशको कसले […]

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

काठमाडौं, मंसिर, २८- इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो । म्यान सिटीलाई फराकिलो अन्तरमा विजयी गराउन डेभिड सिल्भाले २ गोल गरेभने सर्जीयो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा रोमेलु […]

विश्वका ५७ मुस्लिम देशहरुको आक्रोशः ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर

काठमाडौं, मंसिर,२८- विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता […]

संघीय संरचना चलाउन तीन वर्षमा सवा ८ अर्ब खर्च हुने

काठमाडौँ,मंसिर,२७- तीनै तहको निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ। अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न आठ खर्ब २० अर्ब रुपैँया रकम आवश्यक पर्ने देखिएको छ। पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ। आगामी तीन आर्थिक वर्षसम्म संघीय […]

कांग्रेसलाई कमजोर ठाने वाम सरकारको आयु १८ महिना मात्रः चन्द्र भण्डारी

बुटवल,मंसिर,२७- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनी दिनुभएको छ । निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने समेत उहाँले बताउनुभयो ।बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ । अब […]

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल

  काठमाडौं,मंसिर,२७- देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने […]

रेशम चौधरीको प्रमाणपत्र सुरक्षित : प्रमुख आयुक्त

काठमाडौं, मंसिर,२७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समानुपातिकमा बन्दसूचीका नामहरुलाई कुनैपनि हालतमा हेरफेर गर्न नपाइने बताउनु भएको छ । बुधबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको कार्यक्रममा उहाँले आयोगमा बुझाइएको बन्दसूचीअनुसार पहिलो, दोस्रो र तेस्रोमा रहेका नामहरुलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत र दोस्रो चरणमा ६८ दशमलव २ प्रतिशत मत खसेको […]

चुनावी प्रचार प्रसारका क्रममा गरेका वाचाहरु पुरा गर्ने रावलको प्रतिबद्धता

पवन मुडभरी/ कैलाली,मंसिर,२७- नेकपा एमालेका नेता एवम कैलाली क्षेत्र नं २ प्रतिनीधि सभावाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य झपट रावलले चुनावी प्रचार प्रसारका क्रममा आफुले गरेका वाचाहरु पुरा गर्ने प्रतिबद्धता जनउनुभएको छ । कैलालीको पवेशद्धार चिसापानीमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै रावलले यो जित आफ्नो मात्र नभएर यस क्षेत्रका जनताको भएको भन्नुभयो । आफुलाई अमुल्य मत […]