मतदाताहरुलाई विचलित र आतंकित नहुन गगन थापाको आग्रह ( भिडीयो सहित)

काठमाण्डौं,मंसिर,१८- बम आक्रमणमा परी घार्इते भएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले अस्पतालबाटै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गर्नु भएको छ । कान र ढाडमा चोट लागेका घाइते थापाले उपचारपछि हामीसँग बम प्रहारको घटनाबाट कत्ति पनि विचलित नहुन आम मतदातालाई आग्रह गर्नुभयो ।  आज काठमाडौंको पचलीमा आफूमाथि बम प्रहार भएर उपचारको लागउ […]

गगन थापालाई बम हान्ने २२ जना पक्राउ

काठमाण्डु,मंसिर,१८- अपडेट :  नेपाली कांग्रेसका युवा नेता एवं काठमाण्डौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकका अनुसार बम विस्फोटमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । ‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै […]

टीकापुरमा ककस कार्यक्रम सम्पन्न

टिकापुर,मंसिर,१८- टीकापुरमा आइतबार ककस कार्यक्रम सम्पन्न भएको छ । ककस कार्यक्रममा कैलाली क्षेत्र नम्बर १ र प्रदेशसभा १ का उमेदवारहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै लोकतान्त्रिक गठबन्धनकी प्रतिनिधीसभा उमेद्धवार ईश्वरी न्यौपानेले आफूले जितेपछि टीकापुर, जोशिपुर र नारायणपुर सत्तिलाई जोड्ने रिङ रोडलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । बाम गठबन्धनकी साझा उमेद्धवार गरिमा शाहले खक्रौला नाकालाई […]

ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सिद्धिचरण नगरपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको […]

मनसँगै मत फेर्ने तयारीमा मतदाताहरु

नेपालगन्ज,मंसिर,१७- बाँकेमा विवेकशील साझा पार्टीप्रती परिवर्तन चाहाने मतदाताहरुको सङ्ख्या बढ्दै गएको छ । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताहरुले विवेकशील साझा पार्टीले सम्बृद्धि र विकासका लागि मतदातामाझ पेश गरेको एजेण्डाले धेरै मतदाताहरुको मनसँगै मत पनि फेरिने सम्भावनालाई बलियो बनाएको हो । चुनावी घरदैलोका क्रममा पनि मतदाताहरु सकारात्मक बन्दै गएको […]

काँग्रेसका समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि बम प्रहार

नेपालगञ्ज मंसीर,१७- नेपाली काँग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको […]

कोहलीको छैठौं दोहोरो शतक, नयाँ बिश्वकिर्तिमान

काठमाण्डौ,मंसिर,१७- भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरको छैठौं दोहोरो शतक प्रहार गरेका छन् । फिरोजशाह कोट्ला मैदानमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले विराट कोहलीको अविजित २११ रनको मद्दतमा ११३ ओभरको समाप्तीमा ४ विकेट गुमाउदै ४७१ रन बनाएर खेलिरहेको छ । ( यो समाचार तयार पार्दा सम्म) […]

चर्चित मोडल थापा र शाही खाडी मुलुकमा अलपत्र

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- चर्चित मोडल बुद्धबिर थापा र सगुन शाही खाडी मुलुक पुगेर अलपत्र परेका छन् । धन कमाउने सपना बोकेर खाडी मुलुक पसेका मोडल थापा र शाही एकै साथ अलपत्र परेका हुन् । पछिल्लो समय एकै दिनमा हजारौं गीतसंगीतहरु निरन्तर बजारमा आईरहेका छन् । यसै क्रममा प्रदेशीएका नेपालीहरुको पिडालाई समेटिएको नयाँ म्युजिक भिडियो सार्बजनिक […]

कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र

पवन मुडभरी/ बौनीयाँ,मंसीर १६- आगामी मङसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको मिति नजिकिदै गर्दा कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र पारिएको छ । क्षेत्र नं २ मा सबै दलका उमेद्वारहरु स्थानियहरुको मतलाई आफ्नो पक्षमा पार्न घरदैलो अभियान तथा बडा भेलालाई तिब्र पारिरहेका छन् । यस्तै कैलालीको बर्दगोरिया गाउपालीका १ कट्टीपुरमा वाम […]

ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,१६- चिसो बढेसंगै ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या पनि बढेको छ । सामुदायिक अस्पतालका डा एरीक बोलरका अनुसार मौसमी रुघाखोकीको समस्या लिएर दैनिक सरदर १५ जना बिरामी अस्पताल आउने गरेका छन् । चिसो मौसम शुरु भएसंगै रुघाखोकी, ज्वरो, घाँटी दुख्ने लगाएतका समस्या लिएर अस्पताल आउने बिरामी बढेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार […]