चुनावी प्रचार प्रसारका क्रममा गरेका वाचाहरु पुरा गर्ने रावलको प्रतिबद्धता

पवन मुडभरी/ कैलाली,मंसिर,२७- नेकपा एमालेका नेता एवम कैलाली क्षेत्र नं २ प्रतिनीधि सभावाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य झपट रावलले चुनावी प्रचार प्रसारका क्रममा आफुले गरेका वाचाहरु पुरा गर्ने प्रतिबद्धता जनउनुभएको छ । कैलालीको पवेशद्धार चिसापानीमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै रावलले यो जित आफ्नो मात्र नभएर यस क्षेत्रका जनताको भएको भन्नुभयो । आफुलाई अमुल्य मत […]

सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, मंसिर, २७- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित निकालेको हो । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ […]

सुनसरी ३ मा कांग्रेस नेता गच्छदार विजयी

सुनसरी, मंसिर,२७- प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मार्नु भएको हो । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गर्नुभयो । गच्छदार […]

इँटा भत्किएर किच्दा एकजनाको मृत्यु,आठजना घाइते

चितवन,मंसिर,२७- चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु […]

चुनावमा हारेका नेता समेत सांसद बन्न सक्ने

काठमाडौं,मंसिर,२७- प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको छैन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्छन् । तर, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मन्त्री वा उपप्रधानमन्त्री बन्न सक्छन् कि सक्दैनन् ? यसबारे संविधानले के भन्छ ? चुनाब हारेका व्यक्तिलाई मन्त्री बन्ने सुविधा […]

महिलाहरु छाउगोठ त्याग्दै

बझाङ,मंसिर,२७- महिनावारी भएका महिलामाथि हुने विभेद जिल्लाभर व्याप्त रहे पनि केहि गाउँका महिलाले साहसपूर्वक छाउगोठ प्रथाको विरोध गर्न थालेका छन् । सदियौंदेखि अन्धविश्वास तोड्न साहस गर्ने महिलाहरुलाई विभिन्न संघ संस्थाले सम्मान गर्ने गरेका छन् । आजको हिमालय टाइम्समा खबर छ ।

कांग्रेस नेता जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस

तनहुँ, मंसिर,२६- नेपाली कांग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‍याएको भन्दै मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले पूर्व सहमहामन्त्री जोशीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो […]

चौतारीमा बसेर काँग्रेसको आलोचना नगर्न विश्वप्रकाशको आग्रह

झापा,मंसिर,२६-  नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले कांग्रेस ‘फुटबल हारेको टिम’ बन्न नहुने बताउनु भएको छ । शर्मा प्रतिनिधिसभा सदस्यका लागि झापा १ मा उम्मेदवार हुनुहुन्थ्यो । तर, वाम गठबन्धनका राम कार्की पार्थसँग झण्डै २८ सय मतले पराजित हुनुभएको थियो । आफ्ना मतदातालाई आभार दिन आयोजित कार्यक्रममा कांग्रेस नेता शर्माले आफूहरुलाई मत दिने सबैलाई धन्यवाद दिनुभयो […]

१६५ सिटमध्ये १६० सिटको नतिजा सार्वजनिक

काठमाण्डौं,मंसिर,२६- प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७५, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र […]

समानुपातिकतर्फ एमालेकै अग्रता : पछ्याउदै काँग्रेस

काठमाडौं, मंसिर,२६- प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ । आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेले ९ लाख ५१ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ९२ हजार मत प्राप्त गरेको छ […]