३ बजेसम्म ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं,मंसिर,२१- दोस्रो चरणमा आज ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० […]

काठमाडौंको नैकापमा बम पड्कियो

काठमाण्डौं,मंसिर,२१- काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिनुभयो  ‘घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएको छ,’ कुनै मानवीय क्षति नभएको बताउनुभयो । उहाँका अनुसार त्यो बम तत्काल पड्काउन घरमै बनाएकोे सामान्य बम भएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी […]

चुनावमा २ लाख सुरक्षाकर्मी परिचालन , सिधैं गोली हान्ने अधीकार

काठमाडौं,मंसिर,२१-  ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई […]

आज ४५ जिल्लामा निर्वाचन हुँदै : सवारी साधनमा रोक

काठमाडौं, मंसिर,२१- प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि गएराती १२ बजेदेखि यातायातका साधन चलाउन रोक लगाइएको छ । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मध्यरातीदेखि यातायातका साधन चलाउन रोक लगाइएको हो । गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन […]

नयाँ बर्षमा सागर आलेले जापानको फुकुओकामा धमका मच्चाउने

जापान,मंसिर,२०- नेपाल आईडलको प्रतिस्पर्धाबाट अत्यन्तै कम समयमा विश्वभरी छरिएर रहेका नेपालीहरुको मन जित्न सफल भएर ख्याती कमाएका लोकप्रिय गायक सागर आले मगर जापानको फुकुओकामा डिसेम्बर ३१ तारिकमा आउने भएका छन् । यस बर्षको नयाँ बर्षमा हुन गैईरहेको लाईभ कर्न्सट (live concert ) मा नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले सागर आले सहित अन्य चर्चित कलाकार […]

आर्थिक अवस्था कमजोर भएको सेवाग्राहीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२०- खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछि सञ्चालनमा आएको छ । समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी सञ्चालनमा आएको हो । खोटाङ सेवा समाज कतारले करीव साढे १२ लाखको लागतमा खरीद गरी गत जेठ १० गते […]

ओखलढुंगामा काग्रेसले निर्वाचन प्रचार सामाग्री हटाउदै

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२०- ओखलढुंगामा निर्वाचन प्रचारका लागि टागिएका प्रचार सामाग्री हटाउन थालिएको छ । पहिलो चरण अन्तरगत गत मंसिर १० गतेको निर्वाचनलाई लक्षित गरि टाँगिएका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरु हटाउन थालिएको हो । उम्मेद्धवारहरुको नाममा भोट अपिल गर्न टाँगिएका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरुले बजारको सौद्धर्याता प्रभाबित भएको भन्दै नेपाली काग्रेस ओखढुंगाले प्रचार सामाग्रीहरु हटाउन सुरु गरेको हो […]

भोली हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौं, मंसिर,२०- निर्वाचन आयोगले भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा बिहीबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिनुभएको हो । प्रमुख आयुक्त यादवले निर्वाचनमा पूर्णसुरक्षा व्यवस्था मिलाइएको […]

नेपालद्वारा युएई (UAE) लाई २२२ रनको टार्गेट

काठमाडौं,मंसिर,२०- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको टार्गेट दिएको छ ।  युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रन बनाउन सफल भएको हो । घरेलु टोली युएईले अहिले केहिबेरमा जवाफी ब्याटिङ […]

भोली ४५ जिल्लामा सार्वजनीक बिदा : गाडी समेत नचल्ने

काठमाडौं,मंसिर,२०-  दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोली बिहिबार यातायात सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन हुन लागेका ४५ जिल्लामा यातायात नचल्ने र बाँकी ३२ जिल्लामा भने कुनै रोकावट हुनेछैन । गृहमन्त्रालयले एक सूचना जारी गर्दै सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन र अन्यावश्यक सेवाका कुनै पनि सवारीसाधन बेलुका ७ […]