आज विश्व एड्स दिवस : बाँकेमा महिला मैत्रीपुर्ण फुटबल हुने

बाँके,मंसिर,१५- विश्व एड्स दिवस आज नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाईदै छ । आज विश्व एड्सका दिन एचआईभी संक्रमणले गर्दा मुत्यु भएका ती सम्पुर्ण संक्रमीतहरुको आत्माको चिर शान्तीका लागी दिप प्रज्वलन पनी गरिन्छ ।  बिश्व एड्स दिवसको अवसर पारी बाँकेमा भने मैत्रीपुर्ण फुटबल  हुन लागेको छ । जिल्ला एड्स समन्वय समिति बाँकेको आयोजना र नेपाल पत्रकार […]

बिबेकशीललाई न्यानो आथित्यता

नेपालगन्ज,मंसिर,१४- बिबेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार विनोद कर्णप्रती जनलहर बढ्न थालेको छ । आज विहीबार सल्याणी बगला, बसपार्क र फुलटेक्रामा चुनावी घरदैलो गरेका उनीहरुले त्यसक्षेत्रका नागरिकहरुबाट न्यायो आथित्यता पाएका छन् । ‘अधिकांश मतदाताहरुको भनाइ थियो पुराना पार्टीले मुलुकलाई परिवर्तन गर्न सकेनन् अव […]

नेपालगञ्जमा लोकतान्त्रिक गठबन्धनको बृहत् प्रचारात्मक र्याली

नेपालगञ्ज,मंसिर,१४- मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रचारप्रसार गर्न ४ दिन मात्र बाँकि रहँदा लोकतान्त्रिक गठबन्धनले आज(विहीबार) नेपालगञ्जमा बृहत् प्रचारात्मक र्यालीको आयोजना गरेको छ । कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले केहीबेरमै राप्रपाको पार्टी कार्यालय अघिबाट बृहत् प्रचारात्मक र्याली निकाल्ने तयारी गरेको राप्रपाका नेता ऋषि देवकोटाले बताउनुभयो । र्याली त्रिभुवन चोक, धम्बोझी चोक, […]

कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु

पवन मुडभरी/ कैलाली,मंसिर,१४- कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु भएको छ । गएरातीबाट वाम गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र २ का प्रदेश सभा उम्मेदवार   रतन थापाको गाडीमा आगजानी भएको छ । उँहाकै निवासमा राखीएको गाडीमा बिहान करिब ३ बजे आएको अज्ञात समुहले गाडीमा आगजनी गरेको जनाईएको छ । अहिले सम्म आगजनीको जिम्मा कसैले लिएको छैन […]

ओखलढुंगाका संघिय समाजवादी नेताहरु लागे उपेन्द्र यादव जिताउन

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर, १३- ओखलढुंगाका संघिय समाजवादी फोरमका नेताहरु पार्टी अध्यक्षलाई सघाउन गएका छन् । जिल्लामा निर्वाचन सकिएपछि दोस्रो चरणको चुनाव हुने सप्तरीमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका लागि ओखलढुंगाका नेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य जुद्ध ढाक्रेको नेतृत्वमा २० जनाको टोली सप्तरी पुगेको संघिय प्रेस फोरमका केन्द्रिय […]

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर, १३- मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गर्न वाम गठबन्धनले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले मतदान केन्द्र बरिपरिवाट कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटि हिसावले मतदान गराएकाले […]

विवेकशिल साझाप्रति बढ्दो झुकाव

नेपालगन्ज ,मंसिर,१३-  साझा पार्टीले चुनावी घरदैलोलाई निरन्तरता दिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण सहित समर्थकहरुले घरदैलो अभियानलाई साथ दिएका छन । बुधबार नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ मा घरदैलो गरीएको डाक्टर कर्णले बताए । विहान ७ […]

रञ्जु दर्शना नेपालगन्ज आउदै

नेपालगन्ज,मंसिर,१२-  विवेकशील साझा पार्टीप्रती जनदवाव बढाउन केन्द्रिय सदस्य रञ्जु दर्शना नेपालगन्ज आउने भएकी छन । विवेकशील साझा पार्टी बाँकेले दिएको जानकारी अनुसार, दर्शना १५ गते नेपालगन्जमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न आउन लागेकी हुन । पार्टीले १५ गते दिउँसो १ बजे त्रिभुवन चोकमा चुनावीसभाको आयोजना गरेको छ । यसअघि १० गते विवेकशील साझा पार्टीका संयोजक रविन्द्र […]

१६ दिने महिला हिंसा विरुद्धको अभियानले सार्थक नपाएको आरोप

नेपालगन्ज,मंसिर१२- १६ दिने महिला हिंसा विरुद्धको अभियान बर्षैा देखि मनाउदै आएतापनि यो दिवशले सार्थकता पाउन नसकेको एक कार्यक्रममा चिन्ता व्यक्त गरीएको छ । महिला मानवअधिकार रक्षक सन्जाल बाँकेको आज बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । महिला मानबअधिकाररक्षक संजान बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले १६ दिने महिला हिंसा विरुद्धको अभियान प्रत्येक बर्ष संचालन गरीएता […]

कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत

पवन मुडभरी/ बौनीयाँ,मङसीर,१२- आसन्न मङसीर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोग कैलालीको आयोजना, राष्टिय नाचघरको संयोजन र लोटस युवा क्लव टीकापुरको प्रस्तुतीमा कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत गरीएको छ । कैलालीको टिकापुर देखी सुरु गरिएको उक्त कार्यक्रम सोमबार लम्की,चुहा, बौनिया र सुखडका बिभिन्न ठाउमा सडक नाटक […]