दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाण्डाैं,मंसिर,१९- निर्वाचन आयोगले विहिबार हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दोसो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री र जनशक्तिको व्यवस्थापनको काम भईसकेको जानकारी दिनु भएको हो । विहिबार ४५ वटा जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा […]

उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१९- खोटाङका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । १४औं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका भित्रका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले रुपाकोट मझुवागढी नगरपालिका –१, दिक्तेलकी मेनुका आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माकी चन्द्रकला राई, रुपाकोट मझुवागढी नगरपालिका –३, बाम्राङकी शोभा […]

कृषि उत्पादनले बजार नपाए त्यसको व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिका ओखलढुंगाका प्रमुख अधिकारीको उद्घोष

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१८- ओखलढुंगाको सुनकोशी गाउँपालिकामा २ दिने किसान लेखपढ शिविर सञ्चालन भइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ,नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा शिविर भइरहेकोे हो । शिविरमा सुनकोशी गाउँपालिकाका प्रत्येक वडा महासंघका पदाधिकारीहरु तथा पालिका महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ । त्यस्तै शिविरकै अवसरमा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम एवं पालिका तहका […]

गायीका मगरको “आलु मीठो ताराखोलाको” बजारमा चर्चा

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१८- लोक तथा दोहोरी गायीका खिमा रोका मगरको पञ्चेबाजा गीत “आलु मीठो ताराखोलाको” बजारमा चर्चामा आएको छ । बाग्लुङ्गको ताराखोला गाउँपालिका २ अर्गल सिलेमा जन्मीएकी गायीका मगरले मंसिर लाग्न साथमा बजारमा ल्याएकी उक्त गीत बजारमा चर्चामा रहेको हो । ए बि सि टेलिभिजनको इन्द्रेणी कार्यक्रमको सह संचालिका समेत रहेकी खिमाले आफू जन्मेर हुर्केको […]

पोखरीमा डुबेर खोटाङमा एक बालकको मृत्यु

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१८- खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङमा १८ महिने बालकको पोखरीमा डुबेर ज्यान गएको छ । खेल्नेक्रममा घरछेउमा रहेको माछा पोखरीमा डुब्दा सोमबार बिहान बालक युकेश राईको ज्यान गएको हो । आमा बिरामी परेर सुतिरहेको र हजुरआमाले हेरिरहेको बालकलाई हजुरआमाले आमासँग छाडेर गाईवस्तुलाई घाँस दिन गएर घर आउदा बच्चा नभेटिएपछि खोज्नेक्रममा माछा पोखरीमा […]

मतदाताहरुलाई विचलित र आतंकित नहुन गगन थापाको आग्रह ( भिडीयो सहित)

काठमाण्डौं,मंसिर,१८- बम आक्रमणमा परी घार्इते भएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले अस्पतालबाटै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गर्नु भएको छ । कान र ढाडमा चोट लागेका घाइते थापाले उपचारपछि हामीसँग बम प्रहारको घटनाबाट कत्ति पनि विचलित नहुन आम मतदातालाई आग्रह गर्नुभयो ।  आज काठमाडौंको पचलीमा आफूमाथि बम प्रहार भएर उपचारको लागउ […]

गगन थापालाई बम हान्ने २२ जना पक्राउ

काठमाण्डु,मंसिर,१८- अपडेट :  नेपाली कांग्रेसका युवा नेता एवं काठमाण्डौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकका अनुसार बम विस्फोटमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । ‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै […]

टीकापुरमा ककस कार्यक्रम सम्पन्न

टिकापुर,मंसिर,१८- टीकापुरमा आइतबार ककस कार्यक्रम सम्पन्न भएको छ । ककस कार्यक्रममा कैलाली क्षेत्र नम्बर १ र प्रदेशसभा १ का उमेदवारहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै लोकतान्त्रिक गठबन्धनकी प्रतिनिधीसभा उमेद्धवार ईश्वरी न्यौपानेले आफूले जितेपछि टीकापुर, जोशिपुर र नारायणपुर सत्तिलाई जोड्ने रिङ रोडलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । बाम गठबन्धनकी साझा उमेद्धवार गरिमा शाहले खक्रौला नाकालाई […]

ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सिद्धिचरण नगरपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको […]

मनसँगै मत फेर्ने तयारीमा मतदाताहरु

नेपालगन्ज,मंसिर,१७- बाँकेमा विवेकशील साझा पार्टीप्रती परिवर्तन चाहाने मतदाताहरुको सङ्ख्या बढ्दै गएको छ । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताहरुले विवेकशील साझा पार्टीले सम्बृद्धि र विकासका लागि मतदातामाझ पेश गरेको एजेण्डाले धेरै मतदाताहरुको मनसँगै मत पनि फेरिने सम्भावनालाई बलियो बनाएको हो । चुनावी घरदैलोका क्रममा पनि मतदाताहरु सकारात्मक बन्दै गएको […]