एमाले नेता झलनाथ खनाल विजयी

काठमाण्डौं,मंसिर २४- नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी हुनुभएको छ । संसदका लागि उहाँको यो जीत पाँचौं पटक हो । खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याउनुभयो ।

कांग्रेस सभापती शेरबहादुर देउवा विजयी

डडेल्धुरा,मंसिर,२४- डडेल्धुरामा प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । देउवाले आफ्नो सुरुआती अग्रता कायम राख्दै आफ्ना निकट प्रतिद्वन्द्वीलाई झन्डै ७ हजार मतले हराउनु भएको हो ।  निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याउनु भएको हो । उहाँका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका लेखराज भट्टले २१११५ मत […]

ओखलढुंगाको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

सिर्जना बर्देवा/ ओखलढुंगा, मंसिर,२३- ओखलढुंगामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटै सिट वाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनका यज्ञराज सुनुवार विजयी हुनुभएको हो । प्रदेशसभाको क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी हुनुभयो । गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार […]

लमजुङबाट माओवादी नेता देव गुरुङ विजयी

 लमजुङ, मंसिर, २३- लमजुङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ भारी मतले विजयी हुनुभएको छ । नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई ८ हजार ४०१ को फराकिलो मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत प्राप्त गर्नुभयो ।  

काठमाडौं क्षेत्र नं. २ मा माधव नेपाल निर्वाचीत

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी हुनुभएको हो । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याउनुभयो । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत […]

काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी हुनुभएको छ । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी हुनुभएको हो । उहाँले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गर्नुभयो । प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत प्राप्त गर्नु भएको थियो ।

उपेन्द्र यादव दोब्बर मतान्तरले विजयी

काठमाण्डौं,मंसिर,२३- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी–२ मा पराजित गर्दै प्रतिनिधि सभामा विजयी हुनुभएको छ । विजेता यादवले२१ हजार ६ सय २० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८४ मत पाउनु भएको हो । फोरम अध्यक्ष यादवलाई मधेशी गठबन्धनको राजपाले र नेपाली […]

बाँके क्षेत्र नं. २ (ख) बाट काँग्रेस नेता हमाल विजयी

बाँके,मंसिर,२३- बाँके क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र हमाल विजयी हुनु भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार हमालले ९२११ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ८४३२ मत ल्याउनु भएको थियो । हमाल ७७९ मत अन्तरसहित विजयी हुनुभएको हो । 

ताजा मतपरिणाम : कुन पार्टीले कती ठाँउ जित्यो ( नामावली सहित)

काठमाण्डौं,मंसिर,२३- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम धमाधम आइरहेको छन् ।  हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित प्रतिनिधि सभामा विजयी हुनेहरू नेकपा एमाले १.म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत २.मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)- ३.मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले) ४.मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार […]

काठमाडौं ३ ‘क’ बाट प्रदेशसभामा कांग्रेस नेता लामा विजयी

काठमाडौं,मंसिर,२३- नेपाली कांग्रेसले काठमाडौं  क्षेत्रबाट प्रदेशसभामा जित निकालेको छ । काठमाडौं क्षेत्र नं. ३ को ‘क’ बाट नेपाली कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी हुनु भएको हो ।  लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उहाका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याएका थिए ।