रमित बि.क. बाजुरा,जेष्ठ २८- हिमाली गाउँपालिका ३ गुम्बाका स्थानिय गाउँमै मतदान केन्द्र हुन भएपछि खुसी भएका छन् । मतदान केन्द्र टाढा भएकाले स्थानिय तह निर्वाचनमा सहभागी नहुने बताएका स्थानियले गाउँमै मतदान केन्द्र थपिएपछि भाग लिने भएका हुन् । निर्वाच आयोगले जेष्ठ २५ गते गुम्बामा मतदान स्थल थप गर्ने निर्ण गरी कार्यान्वयनका लागी पत्र पठाएको छ […]
ब्यानर न्यूज
राजपाद्धारा आम हड्ताल सहित आन्दोलन घोषणा
काठमाडौं,जेठ,२८- राष्ट्रिय जनता पार्टी राजपा नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले […]
दाङमा मतदानमा ५ प्रतिशत मत बदर
दाङ,जेठ,२८- जिल्ला निर्वाचन कार्यालय दाङले घोराहीमा शनिबार गरिएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएको जनाएको छ। घोराहीको बालमन्दिरमा गरेको नमुना मतदानमा १ सय ५१ जनाले भोट हालेका थिए। त्यसमध्ये ८ वटा मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। नमुना मतपत्रमा दलहरुका चुनाव चिह्नभन्दा फरक चिह्नहरु हुँदा केही मतदाताहरु अलमलमा पर्दा […]
बाँकेमा यसकारण जिताउनु पर्छ यी दुई महिलालाई
बाँके,जेठ,२८- नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी नेपालगञ्ज उपमहानगरपालिकाको उप मेयर पदमा उमा थापा मगरलाई उमेदवारी बनाएको छ । विद्यार्थी राजनिति देखी सक्रिय रहदै आएकी थापा विभिन्न समाजिक कार्यक्रममा पनि एकदमै सक्रिय रहेकी छन् । उपमेयरका उम्मेदावर थापा पत्रकार पनि हुनु हुन्छ, उहाँले लामो समय देखिनै पत्रकारिता गर्दै आउनु भएको छ । यस […]
दुई दिने खाद्य सुरक्षा सम्वन्धी तालीम कोहलपुरमा सम्पन्न
मधुपौडेल, बाँके,जेठ,२८- खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने कार्यक्रम बाकेको कोहलपुरमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेको आयोजना तथा ईयु डिसिएको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा खाद्य अधिकार कृषक महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यलय सेवा केन्द्र कोहलपुरका प्रमुख सशिन्द्र […]
तुलसीपुरका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात
नरेश खड्का, दाङ,जेठ,२८- शुक्रवार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठको अवस्था अझै सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक डाकेको थियो । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ । संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं सुरक्षा […]
नेपाली कांग्रेस बाँकेले उम्मेदवारको टुंगो लगायो
मधुपौडेल बाँके,जेठ,२८- नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ । सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारु तथा राप्तीसोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देबबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा […]
कांग्रेस परित्याग गरेका खड्का पार्टि प्रवेश गराउने अभियानमा
मधुपौडेल, बाँके,जेठ,२८- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका बाकेका युवा नेता अमर खड्का पार्टि परिवर्तन गरी माओवादी केन्द्रमा प्रवेश पछि माओवादी केन्द्रको जिल्लाभर संगठन विस्तारमा तिव्र लागेको पाइएको छ । नेपाली कांग्रेस बाकेका प्रवाभशालि युवा नेताका रुपमा लिइए खड्काको केन्द्र प्रवेशले कांग्रेसलाई केही नहुने वताइ रहेको वेलामा नेता खड्क र कृष्णा केसी नमुनाको नेतृत्वमा पार्टी […]
राष्ट्रपति स्विजरल्याण्ड जाँदै
काठमाण्डौ,जेठ,२८- राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्लड अफ वर्क समिट मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो । गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान वर्लड अफ वर्क समिट हुन लागेको हो । आजको […]
राप्रपाको चुनावी प्रचारप्रसार तिव्र
भानुभक्त बस्नेत घोराही,जेठ,२७- घोराही उपमहानगरपालिका ७ अस्परीमा राप्रपाको भेला सम्पन्न भएको छ । राप्रपाका घोराही उपमहानगरपालिका मेयर उम्मेद्धवार भोलानाथ योगीको अध्यक्षता तथा राप्रपा नेपालका केन्द्रिय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा मेयर पदका उम्मेद्धवार योगीले आफ्नो ठाँउको विकास,धर्म सस्कृतीको संरक्षण,भाइचाराको विकासआदिको लागी आफुलाई गाई चिन्हमा छाप लगाई अत्यधिक मतका साथ […]