दोस्रो चरणको निर्वाचनका लागि नेपालगंजमा मतदाता शिक्षा

मधुपौडेल, बाँके,जेठ,२६- दोस्रो चरणको निर्वाचनका लागि यती बेला नेपालगंजमा उपमहानगर कार्यपालिकाका वडाहरुमा मतदाता शिक्षा देखि लिएर मतदानका लागि निर्देशिका पोष्टर टास गर्ने काम भैरहेका छ । पोष्टरहरु पा“च प्रकारका भएको तथा स्थानिय वासीलाई सरलर सहजका लागि उद्धु तथा अवधि भाषामा पनि छापिएका पोष्टरहरु टास्ने काम वडाहरुमा भएको छ ।  । खास गरी वडा पहिलो चरणको […]

दर्जनबढी काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

मधुपौडेल बाँके,जेठ,२६- नेपाली काँग्रेस क्षेत्रिय महाधिवेशन प्रतिनिधि अमर खड्का माअाेवादि केन्द्रमा प्रवेश गरेका छन । बाँके जिल्ला पुर्व संगठन प्रमुख समेत भईसकेमा खड्का लगाएत दर्जनबढि जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरू माअाेवादि केन्द्रमा समाहित भएका हुन । खड्का सहित तरूण दल जिल्ला काेषाध्यक्ष गैरव श्रेष्ठ पनि काँग्रेस परित्याग गरि माअाेवादिमा प्रवेश गरेका छन । आज शुक्रबार नेपालगन्जमा […]

रुकुम कांग्रेसका १९ जना कारबाहीमा

नरेश खड्का, दाङ,जेठ,२६- चुनावमा असहयोग गरेको भन्दै रुकुम कांग्रेसका १९ जना कारबाही मा परेका छन् । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै कांग्रेस रुकुमले १९ जना नेता तथा कार्यकर्तालाई कारबाहीको तयारी थालेको छ । निर्वाचनमा पार्टीको निर्णय विपरित गएको र पार्टीले उठाएका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै […]

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई ५ सय वेडको बनाइदै

नरेश खड्का, दाङ,जेठ,२६- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२/०७३ मा अस्पतालबाट ७१ हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेको जनाएको छ । अस्पतालले बिहीबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरी आर्थिक वर्ष ०७२/०७३ मा ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो । अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना […]

राम अन्जानको सिर्जनामा ,गायक राजु परियारकी छोरी दुर्गेश थापा संग मोड्लिंग गर्दै

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२६, चर्चित लोक तथा दोहोरी गायक राजु परियारकी छोरी रेजिना परियार मोड्लिंग क्षेत्रमा उदाएकी छिन् । भर्खरै मात्र सार्बजनिक भएको मौलिक लोक दोहोरी गित “चिसो हावा पिपल छायामा” बोलको गित बाट मोड्लिंग क्षेत्रमा देखिएकी छिन् । चर्चित मोडल दुर्गेश थापा सगं यस म्युजिक भिडियोमा जोडी जमेको छ । प्रबासी गायक बिनोद लामिछानेको प्रस्तुती […]

सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता

रोशन घर्ती दाङ,जेठ,२६- दाङका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा भएको कार्यालय प्रमुखहरूको बुधबारको विशेष बैठकले दाङ जिल्लाको सूचनाको हकको प्रचलन गर्ने सातबुँदे प्रतिबद्धता जाहेर गरिएको हो । उनीहरूले सूचनाको हकसम्बन्धी ऐन र नियमावली बमोजिम प्रत्येक […]

दोस्रो चरणको निर्वाचनमा सहभागी हुन यादवको आग्रह

काठमान्डौ,जेठ,२६- सघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ ।  रिपार्टर्स क्लबले आज गरेको  कार्यक्रममा उहाँले राजपाका नेताहरुलाई  निर्वाचनमा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” । अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा […]

स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित

काठमान्डौ,जेठ,२६- स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ । आज बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । संसद्को नियम निलम्बन गरेर विधेयक पारित गरिएको हो । यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितका दलहरुलाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । […]

निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ देउवा

काठमान्डौँ,जेठ,२६- प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा […]

बिरही र थापाको अभिनयमा परदेशी रुवाउने गित बजारमा

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२५- रामु बिरही र आकृति थापा मगरको अभिनयमा परदेशी रुवाउने गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोक सांगितीक बजारमा चिरपरिचित कलाकार बिरही र थापाको उत्कृष्ट अभिनयमा “परदेशीको कहि कतै घर हुदैन ” बोलको म्युजिक भिडियो बजारमा आएको हो । रत्न बुढाक्षेत्रिको उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको लय बिरही स्वयमले गरेका […]