पत्रकार तथा गायक एस बी साउद साङगितिक बजारमा चर्चा बटुल्दै

काठमाण्डौ ,जेठ, १९- विगत ६ बर्षदेखि रेडियो पत्रकारीता गर्दै आएका एस बी साउद पुनः साङगितिक बजारमा चर्चा बटुल्न सफल भएका छन् ।सन् २०१३ बाट साङगितिक क्षेत्रमा पाईला टेकेका साउदले लामो संघर्ष पछि यो क्षेत्रमा चर्चा बटुल्न थालेका हुन् । सानै देखि स्कुल कलेज तथा गाँउ घरमा हुने सांगितिक कार्यक्रममा गित गाईहाल्ने साउदले राष्ट्रियब्यापि गायन प्रतियोगितामा […]

केपी ओली र कमल थापाबीच भेटवार्ता

काठमाडौं,जेठ,१९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमालेले विपक्षी दलहरुको बैठक बसिरहेका बेला राप्रपा अध्यक्ष थापा पुग्नु भएको थियो । तर, उहाँ विपक्षी दलहरुको बैठक सहभागी हुनुभएन । उहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गर्नुभयो । भेटपछि राप्रपा अध्यक्ष थापाले […]

नागरिक प्रति उत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाण्डाैं,जेठ,१९- प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक प्रति जनमुखी, जनउत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ६५ औ समूहको दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिक सेवामा समर्पित भएको संगठन भएको कारण सदैव नागरिक प्रति उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिनुभएको हो । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण […]

दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा

काठमाडाै, जेठ, १९- दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको निधन भएको थियो । नेपालको […]

जथाभावी भत्ता रोक्न स्थानीय तहलाई निर्देशन

काठमाडौ,जेठ,१९- स्थानीय तहका निर्वाचित पदाधिकारीले भटाभट सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गर्न थालेपछि सरकारले त्यसमा नियन्त्रण गरेको छ । कार्यविधि र मापदण्ड नबनुन्जेल बृद्ध भत्तालगायत सामाजिक सुरक्षासम्बन्धी कुनै निर्णय नगर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई लगाम लगाएको हो । मन्त्रिपरिषदले बुधवार पारित गरेको ‘स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश’ ले गाउपालिका, नगरपालिका, महानगररउपमहानगरलाई आफूखुशी […]

घोषणापत्र तयारीमा जुट्यो राजपा

काठमाडौ,जेठ, १९- राष्ट्रिय जनता पार्टी राजपा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ। राजपाले बिहिबार अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोहो। संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो […]

प्रधानमन्त्री निर्वाचनको सूचना आज सार्वजनिक गरिने

काठमाण्डौ,जेठ, १९- व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र […]

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

काठमाण्डाैं,जेठ, १८- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिको आह्वानसँगै अाजदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ-उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम […]

आजपनि एमालेद्वारा संसद बैठक अवरुद्ध, अर्काे बैठक जेठ २१ गते

काठमाण्डाैं,जेठ,१८- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे विहिबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएन । सभामुख ओनसरी घर्तीले आजको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् । अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो । प्रमुख […]

चीनद्वारा मुस्ताङका दुई गाउँपालिकालाई निर्माण सामग्री सहयोग

 मुस्ताङ, जेठ,१८- चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजार रुपैयाँको निर्माण सामग्री सहयोग गरेको छ। चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो। चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ। इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले चीनबाट सय टन […]