नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं,जेठ,१८- सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन्।नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । माउन्टेन फ्लाइटहरू बुधबार हुन […]

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं,जेठ,१८-झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानको टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बुद्ध एयरको […]

तारा एयर दुर्घटनामा परेका २२ जनाकै शव र ब्ल्याकबक्स फेला

काठमाडौं,जेठ,१७-मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतवार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ ।  तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतवार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी […]

तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो

काठमाडौं,जेठ,१७-पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ।दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो । बिहानको सयममा निकै […]

कक्षा १२ को परीक्षा आजदेखि शुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी

भक्तपुर,जेठ,१६-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु गरेको छ ।  आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करीब चार लाख १५ […]

तारा एयरको विमान दुर्घटनाः शव संकलन गरी काठमाडौं ल्याइने

काठमाडौं,जेठ,१६-आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मानापाथी हिमालको फेदीमा विमान दुर्घटना भएको हो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । । स्थानीयले खबर गरेपछि हेलिकप्टरबाट दूर्घटना स्थल पुगेको […]

पर्यटन क्षेत्रलाई ९ अर्ब ३८ करोड विनियोजन

काठमाडौं,जेठ,१५-सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताउनुभयो ।

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं,जेठ,१५-सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो । अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ । सरकारले आर्थिक वर्ष २०७९/८० को […]

नेपाल र टिमोर लिस्टेको खेल दुई दुई गोलको बराबरी

काठमाडौं,जेठ,१४-नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलम टिमोर लिस्टेको यू-२३ टोलीसँग बराबरी खेलेको छ  । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको हो ।पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग […]

च्याम्पियन्स लिगमा : लिभरपुललाई हराउदै रियल म्याड्रिड च्याम्पियन

काठमाडौं,जेष्ठ,१४-स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ।इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले १४ औं पटक  च्याम्पियन बन्दै कीर्तिमानी कायम गरेको हो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा […]