काठमाण्डौं,जेष्ठ,१६- सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । […]
मुख्य समाचार
मोदीको शपथ ग्रहण आज : प्रधानमन्त्री ओली भारत जाँदै
काठमाण्डौं,जेष्ठ,१६- भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज हुने भएको छ । उक्त शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री ओली आज दिउँसो १:३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जान लाग्नु भएको हो। ओली डिप्लोमेटिक इन्कलेभस्थित होटलताज प्यालेसमा बस्नुहुनेछ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन […]
जनज्योति क्याम्पस गुल्मीले गरायो चुनाव : अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित
गुल्मी,जेष्ठ ,१६– गुल्मीको मदाने गाउँ पालिकामा रहेको जनज्योति क्याम्पसले बुधबार चुनाव गराएको छ। चुनावमा विद्यालय सञ्चालक समितिको अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित हुनु भएको छ ।उक्त सञ्चालक समितिको चुनावमा सहमति जुट्न नसके पछि चुनाब गरिएको थियोे । अध्यक्ष पदमा दुई जना महेन्द्र कुवर र शेर बहादुर कुवरको प्यानल बनाएर उम्मेदवारी दिएका थिए । उहाँका प्रतिद्वन्द्वी शेर […]
स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता : श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड
काठमाण्डौं,जेष्ठ,१५- आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता दिइएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम र रोजगारीका क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमै रोजगारी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई स्थानीय स्तरमै रोजगारी दिने […]
खेलकुदका लागी ३ अर्ब ९९ करोड बजेट विनियोजन
काठमाडौं,जेष्ठ,१५- संघिय सरकारले खेलकुद क्षेत्रमा आर्थिक वर्ष २०७६/०७७ का लागी ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।यसअघि आर्थिक वर्ष २०७५/०७६ मा युवा तथा खेलकुदमा २ अरब ४ करोड बजेट विनियोजन भएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट […]
कर्मचारीहरुको तलव बढ्यो : तलव साउन १ गते देखी लागु हुने
काठमाडौं,जेष्ठ,१५- कर्मचारीहरूको तलब वृद्धि भएको छ । सरकारले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गर्नु भएको हो । राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ […]
आर्थीक वर्षका लागी १५ खर्ब ३२ अर्बको बजेट सरकारद्धारा सार्वजनीक
काठमाण्डौं,जेष्ठ,१५- संघीय सरकारले आगामी वर्षका लागि आयव्ययको विवरण(बजेट) सार्वजनीक गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ […]
चलचित्र “कप्स”मा पृथक विषयवस्तु उठान गरिएको छ : निर्देशक सम्राट सापकोटा
नेपालगन्ज,जेष्ठ ,१५- आउने शुक्रबार जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’मा पृथक विषयवस्तुलाई उठान गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । लामो समय अभिनयमा सक्रिय सापकोटाले चलचित्र `कप्स´प्रथम पटक निर्देशन गरेका हुन् ।आइतबार राजधानीमा चलचित्रको जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा `कप्स´मा एक कर्तव्यनिष्ठ नेपाल प्रहरीको कथालाई उतारिएको उनले जानकारी दिए। पछिल्लो समयमा हास्य […]
सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो सद्भावका प्रिया स्मृति ढकाल पुरस्कृत
नेपालगन्ज ,जेष्ठ ,१५- रेडियो सद्भावका समाचार प्रमुख प्रियास्मृति ढकाल सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क(सिआइएन) ले पहिलो पटक आफ्नो दशौं बार्षिकोत्सबमा प्रदान गरेको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ढकाल आज पुरस्कृत हुनुभएको हो । राजधानीमा आज(बुधबार ) आयोजित सिआइएनको वार्षिकोत्सव समारोहमा सभामुख कृष्ण बहादुर महराले […]
वेस्टर्न वचत ऋण सहकारीले गर्यो आफ्ना सेयर सदस्य भेला
नेपालगन्ज,जेष्ठ ,१४- नेपालगन्जको चर्चित एवम् विश्वस्नियता कमाएको सहकारी “वेस्टर्न वचत ऋण सहकारी “ले मंगलबार नेपालगन्जमा आफ्ना सेयर सदस्यहरुको भेला कार्यक्रम सम्पन्न गरेको छ। बाँकेमा केही समय यता एक सहकारीका कर्मचारीहरुले आर्थिक रकम हिनामिना गरेको समाचार बाहिर आएपछि वेस्टर्न सहकारीले आफ्ना सेयर सदस्यहरुलाई जम्मा गरि वृहत् छलफल गरेको हो। छलफलका क्रममा वेस्टर्न वचत ऋण सहकारीका अध्यक्ष […]
