खजुरामा आक्रमण गर्ने बाघको खोजि कार्य तिव्र

खजुरा,जेष्ठ ,१४- पाटेबाघको आक्रमणबाट घाइते भएका खजुरागाउँपालिका वडा नम्बर ३ धौलागिरीका ५० वर्षिय दिपबहादुर श्रीषको पछिल्लो स्वास्थ अवस्था बुझ्न गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति अस्पताल पुगेका छन । घाइतेलाई भेटेर स्वास्थलाभको कामना गर्दे आक्रमण गर्ने बाघको खोजि कार्यलाई तिव्र बनाइएको प्रतिक्रिया दिएका छन । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० […]

टायर बाल्ने दुईजना बालक सुर्खेतमा पक्राउ :विप्लवद्वारा बालक प्रयोगको शंका

सुर्खेत,जेष्ठ ,१३- सडकमा टायर बाल्ने दुईजना बालकलाई प्रहरीले भेरेगंगा नगरपालिका १२ मसिनाबाट आज(सोमबार ) नियन्त्रणमा लिएको छ। ५/६ जनाको समुहमा भेरिगंगा नगरपालिका १२ स्थित मसिनाको बिच सडकमा टायर बालिरहेको अबस्थामा ती दुई बालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको हो। अन्य चाहिँ प्रहरीलाई देखेपछि भागेका थिए। बालबालिकालाई कस्ले यस्तो कार्य गर्न लागायो भन्ने कुराको अनुसन्धान […]

नेपालगन्जमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु : एक घाईते

नेपालगन्ज,जेष्ठ,१३- नेपालगन्जमा आज (सोमबार )दिउँसो साढे दुई बजेतिर  भएको स्कुटर दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलनीपुरुवा भन्ने ठाउँमा दिउँसो  भे ५ प ४३१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार नेपालगन्ज २० का ४७ बर्षिय जाहेद अलि मनिहारको ज्यान गएको प्रहरीले जनाएको […]

आदर्श मावी नेपालगन्जमा गराइयो जुनियर रेडक्रस सर्कलको चुनाब

नेपालगन्ज,जेष्ठ ,१३- आदर्श माध्यामिक विद्यालय नेपालगन्जमा गत शुक्रबार जुनियर रेडक्रस सर्कलको चुनाब गराइएको छ। नेपालगन्जमै प्रतिष्ठित एवम् गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको आदर्श माविले हरेक वर्ष झैँ यस वर्ष पनि जुनियर रेडक्रस सर्कलको चुनाब गराएको हो। रेडक्रस बाँके उपशाखा सभापति श्याम बहादुर केसीको विशेष उपस्तिथिमा सम्पन्न गरिएको उक्त चुनाबको अध्यक्ष पदका लागि अतित अधिकारी र […]

बम विस्फोटबारे गृहमन्त्री बादलद्धारा संसदलाई जानकारी

काठमाण्डौं,जेष्ठ,१३- गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनु भएको छ । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे आज सोमबार  संसदलाई जानकारी दिँदै उक्त कुरा बताउनु भएको हो ।  उहाँका अनुसार राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  विप्लव समूहको बन्द र आपराधिक गतिविधिले शैक्षिक संस्था […]

प्रचण्डद्धारा मिडिया काउन्सिल विधेयकको बचाउ : विप्लवको बन्द वार्ताकै लागि भएको भनाई

काठमाण्डौं,जेष्ठ,१३- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको बचाउ गर्नुभएको छ । १७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गर्नुभएको हो । उहाँले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको […]

प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]

विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)

काठमाण्डौं,जेष्ठ,१३- नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । […]

बम विस्फोट प्रती : कांग्रेसद्वारा दुःख प्रकट

काठमाण्डौं,जेष्ठ,१३- प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ । कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा […]

चलचित्र “कुम्भ करण “को टिमले आइतबार फुट्सल खेल खेलाउँदै

नेपालगन्ज,जेष्ठ,११- जेष्ठ १७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र “कुम्भ करण” टिमले फुटसल खेल खेलाउने भएको छ। राजधानी स्थित सेतोपुलमा रहेको फुटसल मैदानमा चलचित्र टिमले आइतबार(भोलि) फुटसल खेल खेलाउने भएको हो। टिमका अनुसार आइतबार दिउँसो १ बजेदेखि खेल सुरु हुनेछ। साथै खेलमा चलचित्र “कुम्भ करण”को टिम, पत्रकार ,होस्टेल टिम र कलेज टिमले सहभागिता जनाउन सक्ने […]