बिहानी अनलाईनको आज प्रथम वार्षिक उत्सव मनाईयो

जापान,साउन,३०- बिहानी अनलाईन डटकमले आज आफ्नो प्रथम वार्षिक उत्सव जापानको फुकुओकामा मनाएको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो […]

बाढीले बगाएको घोराही तुलसीपुर सडक खण्ड निमार्ण हुँदै

रोशन घर्ती/ घोराही,साउन,३०- घोराही तुलसीपुर सडक खण्डको मोतीपुरमा बाढीले बगाएको सडक निर्माणको काम भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ मोतीपुरमा सडक बाढीले कटान गर्दा तीन दिन देखि यातायातका साधनहरु चल्न सकेका छैनन् । सडक मर्मतका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले लागी परेको छ । लगातार र अत्यधिक मात्रामा […]

बर्षाका कारण दाङमा ३ सय ७१ जना बिस्थापित

रोशन घर्ती/ दाङ,साउन,३०- लगातारको बर्षाका कारण घर भत्कीदा र डुवानमा पर्दा दाङमा ३ सय ७१ जना बिस्थापित भएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बर्षाका कारण बाढी र डुवानले घर भत्कीदा १ सय ६३ घरधुरीका ३ सय ७१ जना बिस्थापित भएका छन् । गएको शुक्रबार राती देखी परेको बर्षा र त्यसपछि आएको बाढीले […]

प्रधानमन्त्री देउवा बाढी-पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा

काठमाडौं,साउन,३०- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्न लाग्नु भएको छ ।अविरल वर्षापछिको बाढी–पहिरो र डुबानले देशभर ठूलोसंख्यामा धनजनको क्षति गरेपछि प्रधानमन्त्री देउवा आज बिहानै प्रभावित क्षेत्रको निरिक्षण–भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्रीको भ्रणमपछि थप राहतको प्याकेज घोषणा हुने सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार […]

सरकारद्वारा राहत वितरणमा एकद्वार नीति लागू, आफूखुसी राहत बाँड्न नपाइने

काठमाडौं,साउन, ३०- बाढी पीडितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लागू गरेको छ । एकद्वार नीति लागू गरेपछि अब एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओरआईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिनुभएकाे […]

बाढीपहिरो पीडितका लागि राहत संकलन गर्दै नेविसंघ

केपि खनाल/ काठमाडौं,साउन,३०- देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोमा परी ठूलो धनजनको क्षति भइरहेका बेला नेपाल विद्यार्थी संघले राहत संकलन कार्य सुरु गरेको छ। नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत संकलन कार्यक्रम सुरु गरेका हुन्। नेविसंघले आइतबार देखि सुरु गरेको राहत संकलन कार्य चार दिनसम्म जारी राख्ने जनाएको […]

दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम हुने

नरेश खड्का/ दाङ,साउन,२८- यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभयको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा स्थानीय तथा केन्द्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रेम शर्माले जनकरी दिनुभयो । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदन […]

फोटो पत्रकार समुह दाङको तदर्थ समिति गठन

नरेश खड्का / दाङ, साउन,२७- राष्ट्रिय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको छ । कुलदीप न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको हो । दाङ जिल्लामा रहेका फोटो पत्रकारहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । जस्को सदस्यहरुमा रोशनमान श्रेष्ठ, राजेश खत्रि, नवीन अभिलाषी, जनक नेपाली, […]

दाङका तीन वटै अस्पताल निमित्तको भरमा चल्दै

नरेश खड्का/  दाङ, साउन, २७- दाङ जिल्लामा सञ्चालनमा रहेका तीन वटै अस्पताल निमित्तको भरमा रहेका छन् । मध्यपश्चिममाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालमा डाक्टर देवकला भण्डारी आयुर्वेद विभागमा सरुवा भएपछि ६ वर्ष अघिबाट नै निमित्तकै भरमा सञ्चालन भएको थियो । जिल्लामा रहेका तीन वटै अस्पतालमा ११ औ तहका मेडिकल सुपरिटेण्डेन हुने भएतापनि हाल ९ औ तहकै निमित्तकै भरमा […]

सरकार र राजपाका नेताहरुविच तीन बुँदे समति

काठमाण्डौं,साउन,२७- सरकार र राजपाका नेताहरुविच भएको छलफलमा तीन बुँदे सहमति भएको छ । बैठकले निक्कै लामो अन्यौलताबाट गुज्रिरहेको राजनीतिकमा सफलता प्राप्त गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफलमा तीन बुँदे सहमति भएको हो  । सहमति अनुसार अव राजपा पनि असोज २ गते […]