नरेश खड्का / दाङ, साउन,२७- राष्ट्रिय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको छ । कुलदीप न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको हो । दाङ जिल्लामा रहेका फोटो पत्रकारहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । जस्को सदस्यहरुमा रोशनमान श्रेष्ठ, राजेश खत्रि, नवीन अभिलाषी, जनक नेपाली, […]
मुख्य समाचार
दाङका तीन वटै अस्पताल निमित्तको भरमा चल्दै
नरेश खड्का/ दाङ, साउन, २७- दाङ जिल्लामा सञ्चालनमा रहेका तीन वटै अस्पताल निमित्तको भरमा रहेका छन् । मध्यपश्चिममाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालमा डाक्टर देवकला भण्डारी आयुर्वेद विभागमा सरुवा भएपछि ६ वर्ष अघिबाट नै निमित्तकै भरमा सञ्चालन भएको थियो । जिल्लामा रहेका तीन वटै अस्पतालमा ११ औ तहका मेडिकल सुपरिटेण्डेन हुने भएतापनि हाल ९ औ तहकै निमित्तकै भरमा […]
सरकार र राजपाका नेताहरुविच तीन बुँदे समति
काठमाण्डौं,साउन,२७- सरकार र राजपाका नेताहरुविच भएको छलफलमा तीन बुँदे सहमति भएको छ । बैठकले निक्कै लामो अन्यौलताबाट गुज्रिरहेको राजनीतिकमा सफलता प्राप्त गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफलमा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार अव राजपा पनि असोज २ गते […]
ओखलढुङ्गामा दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाईयो
सिर्जना बर्देवा / ओखलढुंगा,साउन,२६- ओखलढुङ्गामा पनि विभिन्न कार्यक्रमका साथ दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाएको छ । यस वर्षको सामुदायिक वन राष्ट्रिय दिवसको नारा “संघियतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान” भन्ने रहेको छ । यसै मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा श्रावण २४ बाट दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको थियो । […]
इलाका प्रशासन कार्यालय खिजीफलाटेको सेवा पुनःसुचारु
सिर्जना बर्देवा ओखलढुंगा,साउन २६,- इलाका प्रशासन कार्यालय खिजीफलाटको सेवा पुनःसुचारु भएको छ । ओखलढुंगाको खिजीदेम्बा स्थित इलाका प्रशासन कार्यालयमा विगत केही समय यता प्रमुख कर्मचारी नहुँदा ठप्प भएको सेवा बुधबार पुनः सुचारु भएको हो । इलाका प्रमुख भएर अधिकृत प्रदिप गिरी आएपछि सेवा पुनःसुचारु भएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिनुभयो । स्थानीयले अब […]
स्ववियु सिद्धार्थ क्याम्पस बाणगंगा द्धारा जनप्रतिनिधीलाई सम्मान
अराजसिंह वेल्वासे/ कपिलवस्तु,साउन,२६- स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुले बिहीबार एक कार्यक्रमको आयोजना गरि बाणगंगा नगरपालिकाका नब निर्बाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । स्ववियु सभापति शुसिल खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष झबिलाल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवाली बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस संचालक […]
गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ
अराजसिंह वेल्वासे/ अर्घाखाँची,साउन,२६- गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ गरेको छ । सितगंगा नगरपालीका वडानं ८ जलुके धोद्रे जङगलमा साउन २४ गते राती गोरु काटेर खाएको अभियोगमा दाङ जील्ला गढवा गाउँपालीका वडानं १ का लाल बहादुर सुनार , सोही ठाँउका ३० बर्षिय बिक्रम योगी , ४० बर्षिय राम बहादुर […]
विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयको छैंठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले दक्ष जनशक्ति उत्पादन गरेर देश विकासमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न मुलुकमै रोजगारी सिर्जना गर्न […]
बिमस्टेक बैठक आजदेखि राजधानीमा सुरु
काठमाडौं,साउन,२६- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं काठमाडौं आइपुगेका छन् । भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशः सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी आज काठमाडौं आइपुग्ने छन् । […]
त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी
काठमाडौं,साउन,२६- आंशिक प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिवि अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]








