काठमाडौं,साउन,५- सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उहाँको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला जानु भएको छ । तर, थप तीन […]
मुख्य समाचार
२ नम्बर प्रदेशको मनोनय भदौ २१ गते हुने
काठमाडौ ,साउन,५- निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको वैठकले असोज २ गते हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नम्बर २ अन्र्तगत ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहमा निर्वाचन हुन बाँकी छ । जसमा एक महानगरपालिका र बाँकी […]
अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य
काठमाडौं, साउन,५- यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले १९१ रनको विजयी लक्ष्य पाएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई निर्धारित ५० ओभरभन्दा २ बलअघि १९० रनका अलआउट गर्यो। अफगानिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा सहाव आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले समान २ तथा दीपेन्द्र ऐरी र किशोर महतोले […]
“शताब्दी पदक” नलीने प्रचण्डको घोषणा
काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पदक नलिने घोषणा गर्नु भएको छ । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो । प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ । […]
निर्वाचनको समिक्षा र तयारीमा काँग्रेस पनि जुट्यो’
काठमाडौं,साउन,५- नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको भेला बोलाएको छ । नयाँ बानेश्वरमा जारी भेलामा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीबारे छलफल भइरहेको छ । भेलामा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम […]
माओवादी बैठक लम्बियोः इन्चार्जको रिपोर्टिङ जारी
काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको विस्तारित बैठक लम्बिएको छ । हिजै सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएकाले बैठक लम्बिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ । बैठकमा आजपनि जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ […]
तीन महिनाभित्र १३ अर्ब कर नतिरे युटिएल बन्द हुने
काठमाडौं,साउन,५- डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल० ले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ नतिरे उसको लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेको छ । सरकारले ०५८ सालमा नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी अनुमति दिएको भए पनि यूटीएलले अझैसम्म फ्रिक्वेन्सी र लाइसेन्स […]
बद्रीलाई छुटाउन जनार्दनलाई ओलीको दवाव
काठमाडौं,साउन,४- पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका जुवाको खालबाट पक्राउ परेका गायक बद्री पंगेनीलाई हिरासतमुक्त गर्न गृहमन्त्री जनार्दन शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दवाव दिएका छन् । पंगेनीलाई तत्काल छाड्न अध्यक्ष ओलीले गृह मन्त्री शर्मालाई दवाव दिएका हुन् । पंगेनी पक्राउ परेको सार्वजनिक भएको केहीबेरमै ओलीले […]
ब्यापारसघंको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सम्मान बिकासको कामलाइ तिर्वता दिन सुझाब
अराज सिहं बेल्बासे, कपिलबस्तु,साउन, ४- ब्यापारसघंको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सुझाब कार्यक्रम सम्पन्न भएको छ ।नवनिर्वाचित शिबराज नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष, तथा कार्यपालिका सदस्य महाराजगंज नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिजयनगर गाउंपालिकाका प्रमुख तथा उपप्रमुख लगायतला सम्मान तथा बधाइ ज्ञापन गरिएको छ । सम्पुणलाइ सम्मान सगै बिकासका कार्यलाइ तिर्वता दिन सुभाव समेत दिएको छ […]
अज्ञात समुहद्वारा जननिर्वाचित वडा सदस्य चौधरीको घरमा आगजनी
केपि खनाल क्षेत्र, लम्की,साउन,४- कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर ३ का जननिर्वाचित वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समुहले आगनी गरेको छ । चौधरीको घरमा अज्ञात समुहले गयराति करीब ९ बजे बल्चौर स्थीत मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समुहले आगो लगाएको आशंका गरिएको छ । आगलागिमा चौधरीको अन्नपात लगायत भान्साका सामान […]










