काठमाडौं,साउन,२- हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी आज साउन महिनाको पहिलो सोमबार मनाउँदैछन् । विशेषगरी महिलाहरुले साउन महिनामा हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र […]
मुख्य समाचार
पराजुली प्रधानन्यायाधीशमा अनुमोदन
काठमाडौं,साउन, १- संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । आज बिहान बसेको समिति बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले बिहान सुनुवाई गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिमा ३९ वटा योजना पेश गरेका उहाँले मुस्कानसहितको सेवा सुरु […]
प्रहरीमा ११ एआईजीको नाम सिफारिस, सिलवाल परेनन्
काठमाडौं, साउन,१- गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन । सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई बढुवाका लागि सिफारिस गरेको छ । तर सिलवाललाई जानजानी छुटाइएको छ । उनले सर्वोच्च […]
चिनीको मूल्य विश्वभर घट्यो
काठमाडौ, साउन, १- अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो । तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा […]
राजपा निर्वाचनमा सहभागी हुन तयार रहेको संयोजक ठाकुरको भनाई
पर्सा,असार,३१- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । राजपा, पर्साले आज पर्साको बहुदरामाई […]
आज देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने
काठमाडौं,साउन,१- निर्वाचन आयोगले आज देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको […]
प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने
काठमाडौं,असार,३१- संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लाग्नु भएको छ। देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्नु हुने भएको छ । प्रचण्ड आज काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई काँग्रेसको सुझाव
काठमाडौ,असार,३०- नेपाली काँग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।नेपाली काँग्रेसका नेताहरुले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी […]
पत्रकार भीष्म लोध युवा प्रतिभाबाट सम्मानित
नेपालगञ्ज,असार,३०- युवाको क्षेत्रमा बिशेष भूमिका निर्वाह गरेका बाँकेका ६ जना युवाहरु सम्मानित भएका छन् । जिल्लामा बिभिन्न क्षेत्रमा रहेर युवा सवाल, युवाको आवश्यकता, युवाको जिम्मेवारी लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याएका ६ जनालाई युवा समितिको कार्यालय बाँकेले नगदसहित प्रमाणपत्रले सम्मानित गरेको हो । जिल्ला युवा समितिको कार्यालय बाँकेका कार्यालय प्रमुख रामसुरेश यादवका अनुसार युवा उद्दमी प्रोत्साहनबाट […]
चलचित्र “सायद २” आजबाट अल नेपाल प्रर्दशन
विवेन, काठमाण्डौं,असार,३०- चलचित्र “सायद २” आज शुक्रवार बाट अल नेपालका सिनेमा हलहरुमा प्रदर्शन भएको छ । आज बाट प्रदर्शन भएको चलचित्र “सायद २”ले निक्कै राम्रो प्रतिकृया पाइरहेको छ । सुनिल रावल को निर्माणमा दुर्गिश ब्यानर को यो चौथो प्रस्तुती हो । सायद,होस्टेल, र होस्टल रिटर्न्स जस्ता हिट फिल्म निर्माण गरी सकेको यस् ब्यानरले चलचित्र मा नयाँ अनुहारको साथ […]










