नेपालगन्ज,चैत्र,१०- बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा एक किशोर खेतमा बेहोस अबस्थामा भेटिएका निजलाई अस्पतालमा ल्याउदा ल्याउदै बाटोमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरमा अाफनो घर देखि ५ सय मिटर टाढा खेतमा सोही वडा निवासी वर्ष १९ का भोला पासी आइतबार साँझ ४ बजेतिर बेहोसी अवस्थामा भेटिएका थिए । उनलाई निजका भिनाजु […]
समाचार
हिसान परिक्षाको कारण रोकिएको हिसानकप आज ( आइतबार )बाट पुन सुरु
नेपालगन्ज,चैत्र,१०- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिता आज(आइतबार)बाट पुन सुरु भएको छ। आज भएको फुटबल प्रतियोगितामा जेनिथ मावी खजुराले सेन्थ थोमसलाई १-० र होलिल्याण्ड माविले भृकुटी माविलाई २-० ले हराएका थिए। जिभिएन माबी र बालबिध्या मावी वाकवाउट भएका थिए। भोलि सोमबार होलिल्याण्ड मावि र डाइनामिकबिच, युनाईटेड र आदर्शबिचको […]
ट्युमर पिडित बोरीलाल अहिरको शिक्षण अस्पताल नेपालगन्जमा ६२ वर्ष पछि उपचार
नेपालगन्ज,चैत्र,१०- बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ६ निवासी ट्युमर पिडित ७२ वर्षिया बोरीलाल अहिरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जद्वारा निशुल्क अप्रेसन गरिएको छ। आफ्नो बायाँ गालामा १० वर्षको उमेर देखि ट्युमर पिडित अहिरको चैत्र ८ गते शुक्रबार मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका टिमको सहयोगमा उपचार गरिएको आज (आइतबार) अस्पताल टिमले प्रेष विज्ञप्ती मार्फत […]
अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम बाँकेको खजुरामा हुँदै
नेपालगन्ज,चैत्र,०९- बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम हुने भएको छ । खजुरामा रहेका हिल पार्क कृषि तथा पशुपालन फार्मले उक्त तालिम सञ्चालन गर्न लागेका हुन् । चैत १२ गतेदेखि हुने तालिम तीन दिनसम्म चल्ने छ । बाँके, बर्दिया, अर्घखाँची लगाएतका जिल्लाका युवा व्यवसायी सहभागी हुनेछन् । उक्त तालिममा नेदरल्याण्डका कृषि विज्ञ ग्रेड बोइन्कले प्रशिक्षण […]
एग्रोभेटको अध्यक्षमा विनोद तिवारी निर्वाचित
नेपालगन्ज,चैत्र,०९- एग्रोभेट व्यवसायी संघ नेपालगन्जको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट विनोद तिवारी अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रामप्रसाद आचार्य, सचिवमा कमलबहादुर थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन भए । त्यस्तै किरण खनाल, जितेन्द्र शिरीष, गन्जमान बुढा र कृष्णराज ढकाल सदस्यमा चयन भएका छन् । […]
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सरसफाई कार्यक्रम सम्पन्न
नेपालगन्ज,चैत्र,०९- आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि शनिवार नेपालगन्ज नगरका विभिन्न स्थानमा सफाई गरिएको छ । आइटिएफ तेक्वान्डो संघ, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जका अभियन्ता, उद्योगी, ब्यापारीले नेपालगन्ज नगरका विभिन्न स्थानको सफाई गरेका हुन् । आठौँ राष्ट्रिय प्रतियोगितालाई सघाउ पु¥याउन अवदेखि हरेक साताको शनिवार नेपालगन्जका विभिन्न सडक […]
गायिका तृप्ती खड्काको बिल्कुलै नयाँ गीत “ढल्यो बरको रुख”ले सबैको मन जित्दै
नेपालगन्ज,चैत्र,०९- चर्चित गीत “बैँसले मात्तिए” जस्ता थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिसकेको गायिका तृप्ती खड्काको नयाँ लोकदोहोरी गीत”ढल्यो बरको रुख” बजारमा सार्वजनिक भएको छ। सुन्दा निकै मनछुने गीतमा सन्तोष शर्माको शब्द , देवकी सिँहको लय अनि तृप्ती खड्का र रवि बिरहिको सुमधुर आवाज रहेको छ। बिजि इन्टरटेन्टको प्रस्तुतिमा गायिका खड्का कै युटुव च्यानलबाट बजारमा आएको […]
कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले सहयोग गर्ने
नेपालगन्ज,चैत्र,०८- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बर्दियाको बाँसगढी नगरपालिका–४, हाउपुरमा हुने कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले सहयोग गर्ने भएको छ । आफ्नै नगरपालिकाले भित्र हुने कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल गरि विभिन्न उपसमिति समेत गठन गरेको छ । शुक्रवार सर्वदलिय भेला डाकेर नगरपालिकाले प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक, पाहुना, कोच तथा […]
खजुरामा मैतिपुर्ण प्रतियोगिता,नेपालगन्जमा होलि विशेष कार्यक्रम सम्पन्न
नेपालगन्ज,चैत्र,०७ होलिको अवसर पारेर आठौ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिले नेपालगन्जमा आयोजनामा होली उत्सव र खजुरामा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्ज रङ्गशाला परिसरमा सदभाव पुर्ण होली उत्सव मनाएको उपसमितिले खजुरामा भने मैत्रिपुर्ण फुटबल प्रतियोगिता गरेको हो। नेपालगन्ज रङ्गशालामा आयोजित सदभाव होली कार्यक्रममा बोल्दै मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलिले होलीको रङ्ग […]
प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले संयुक्तरूपमा मनाए होलि
नेपालगन्ज,चैत्र,०७- बाँकेको नेपालगन्जमा प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले अाज संयुक्तरूपमा होलि पर्व मनाएर शुभकामना अादान प्रदान गरेका छन् । बिहीवार नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालय परिसरमा प्रदेश नं ५ का सभाषद अाई- पि- खरेलको प्रमुख अातिथ्यमा होलि मिलन कार्यक्रम गरिएको थियोे । जसमा नेकपा बाँकेका नेता अक्कल बहादुर बम, पत्रकार महासंघका प्रदेश नं ५ […]
