बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]
समाचार
जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न
नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ प्रतियोगिताको लागि रिङ्ग निर्माण पूरा
नेपालगन्ज,चैत्र,१७- नेपालगन्जमा सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समुद्घाटन बैशाख ५ गते हुने भएता पनि यहि चैत्र २९ गते हुने बक्सिङ खेलको लागि बक्सिङ्ग रिङ्गको तयारी पूरा भएको छ। बक्सिङ्ग खेलको लागि बाँकेको खजुरामा अबस्थित ज्ञानोदय नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा बक्सिङ रिङ्ग तयार पारिएको प्रचारप्रसार उपसमितिका संयोजक रोहित दाहालले जानकारी दिनु भयो। चैत्र २९ देखि सन्चालन […]
जानकी गाउँपालिकाको सरकारी मोटर साइकल बिद्यालय आउन जान प्रयोग
नेपालगन्ज,चैत्र,१७- बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ। आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ। नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका […]
आठौं राष्ट्रिय खेलकुद मैदानको अवलोकन गर्न आउँछन भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन
बाँके,चैत्र,१६- बृहत् रुपमा वैशाख ५ देखि ११ गते सम्म नेपालगन्जमा सम्पन्न हुने आठौँ राष्ट्रिय खेलकुद स्थलको अवलोकन गर्न भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउँछन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको अवलोकन गर्न सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउने गरेका हुन् । रंगशालामा नआए खल्लो लाग्ने गरेको बताउँदै उनले […]
उडान नेपालले गर्यो नेपालगन्जमा प्रतिभा अभिमुखिकरण कार्यक्रम
नेपालगन्ज,चैत्र,१६- सामाजिक कार्य गर्ने मुख्य उद्देश्यको साथ कोहलपुरमा स्थापना भएको उडान नेपाल संस्थाको आयोजनमा नेपालगन्जमा अबस्थित सिएस ई एजुकेसनको हलमा प्रतिभा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा हाम्रो उद्देश्य’ भन्ने मुख्य उद्देश्यका साथ सन्चालन गरिएको कार्यक्रममा विभिन्न बिधाहरुलाई नेतृत्व गरि १६ जनाले आफ्नो प्रतिभा राखेका थिए। सहभागी १६ जना मध्ये कविता […]
अधिवक्ता कोषराज काफ्लेको निधन
काठमाडौं,चैत्र,१६- निरन्तर उत्पीडित शिक्षकवर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि […]
अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपालगन्ज मल्टिपल क्याम्पसमा हाजिरी जवाफ सम्पन्न
नेपालगन्ज,चैत्र,१५- नेपालगन्ज क्षेत्रकै प्रतिष्ठित एवं शैक्षिक अभियानमा लामो समय देखि क्रियाशिल आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस( एन एम सि)मा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। एनएमसी तथा आदर्श माविका चिफ डाइरेक्टर ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख अतिथी एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डे रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा लामो समय शिक्षण पेसामा […]
क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको उपहार हरियाली
नेपालगन्ज,चैत्र,१४- मध्य तथा सुदूर पश्चिमाञ्चलको व्यापारी नाकाका रुपमा चिनिने नेपालगन्ज शहरमा दुई वर्ष अगाडि क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज संस्थाले शुरु गरेको थियो। सडकको बिचमा बिरुवा रोप्न शुरुआत गरे संगै नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न संघ संस्थाहरुले रोप्न गरेको बिरुवा अहिले सबैको मन लोभ्याउने गरि हुर्की सकेका छन् । यस संस्थाका संयोजक डा- बिनोद कर्णको पहलमा त्यस […]
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान सरसफाई गरीदै
नेपालगन्ज,चैत्र,१४- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरीएको छ । आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागी सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो । सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको […]

