एग्रोभेटको अध्यक्षमा विनोद तिवारी निर्वाचित

नेपालगन्ज,चैत्र,०९- एग्रोभेट व्यवसायी संघ नेपालगन्जको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट विनोद तिवारी अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रामप्रसाद आचार्य, सचिवमा कमलबहादुर थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन भए । त्यस्तै किरण खनाल, जितेन्द्र शिरीष, गन्जमान बुढा र कृष्णराज ढकाल सदस्यमा चयन भएका छन् । […]

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सरसफाई कार्यक्रम सम्पन्न

नेपालगन्ज,चैत्र,०९- आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि शनिवार नेपालगन्ज नगरका विभिन्न स्थानमा सफाई गरिएको छ । आइटिएफ तेक्वान्डो संघ, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जका अभियन्ता, उद्योगी, ब्यापारीले नेपालगन्ज नगरका विभिन्न स्थानको सफाई गरेका हुन् । आठौँ राष्ट्रिय प्रतियोगितालाई सघाउ पु¥याउन अवदेखि हरेक साताको शनिवार नेपालगन्जका विभिन्न सडक […]

गायिका तृप्ती खड्काको बिल्कुलै नयाँ गीत “ढल्यो बरको रुख”ले सबैको मन जित्दै

नेपालगन्ज,चैत्र,०९- चर्चित गीत “बैँसले मात्तिए” जस्ता थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिसकेको गायिका तृप्ती खड्काको नयाँ लोकदोहोरी गीत”ढल्यो बरको रुख” बजारमा सार्वजनिक भएको छ। सुन्दा निकै मनछुने गीतमा सन्तोष शर्माको शब्द , देवकी सिँहको लय अनि तृप्ती खड्का र रवि बिरहिको सुमधुर आवाज रहेको छ। बिजि इन्टरटेन्टको प्रस्तुतिमा गायिका खड्का कै युटुव च्यानलबाट बजारमा आएको […]

कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले सहयोग गर्ने

नेपालगन्ज,चैत्र,०८- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बर्दियाको बाँसगढी नगरपालिका–४, हाउपुरमा हुने कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले सहयोग गर्ने भएको छ । आफ्नै नगरपालिकाले भित्र हुने कवड्डी प्रतियोगितालाई भब्य बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल गरि विभिन्न उपसमिति समेत गठन गरेको छ । शुक्रवार सर्वदलिय भेला डाकेर नगरपालिकाले प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक, पाहुना, कोच तथा […]

खजुरामा मैतिपुर्ण प्रतियोगिता,नेपालगन्जमा होलि विशेष कार्यक्रम सम्पन्न

नेपालगन्ज,चैत्र,०७ होलिको अवसर पारेर आठौ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिले नेपालगन्जमा आयोजनामा होली उत्सव र खजुरामा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । नेपालगन्ज रङ्गशाला परिसरमा सदभाव पुर्ण होली उत्सव मनाएको उपसमितिले खजुरामा भने मैत्रिपुर्ण फुटबल प्रतियोगिता गरेको हो। नेपालगन्ज रङ्गशालामा आयोजित सदभाव होली कार्यक्रममा बोल्दै मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलिले होलीको रङ्ग […]

प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले संयुक्तरूपमा मनाए होलि

नेपालगन्ज,चैत्र,०७- बाँकेको नेपालगन्जमा प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले अाज संयुक्तरूपमा होलि पर्व मनाएर शुभकामना अादान प्रदान गरेका छन् । बिहीवार नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालय परिसरमा प्रदेश नं ५ का सभाषद अाई- पि- खरेलको प्रमुख अातिथ्यमा होलि मिलन कार्यक्रम गरिएको थियोे । जसमा नेकपा बाँकेका नेता अक्कल बहादुर बम, पत्रकार महासंघका प्रदेश नं ५ […]

राष्ट्रिय सौन्दर्य युनियनकर्मी नेपालको ११औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम सम्पन्न

नेपालगंज,चैत्र,७- प्रदेश नं ५ अन्तर्गत बाँकेको नेपालगन्जमा राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन     नेपालको ११ औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम अाज सम्पन्न भएको छ ।नेपालगन्जको सेतु बि-क- चोकमा रहेको गुड न्यु अाई-टि-सी- ट्रेनिङ सेन्टर एण्ड ब्युटिपार्लरमा भएको   स्थापना दिवसमा थुप्रै सौन्दर्यकर्मी र अन्य ट्रेड युनियनका नेताहरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका जिफन्ट […]

जनताको जलविद्युत‌ सेयर खरीद सुरु : प्रधानमन्त्रीकै पहिलो आवेदन

काठमाण्डौं,चैत्र,७- गत फागुन २ गते मात्र नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌काे सेयरधनी’ भन्ने नारासहित उद्घाटन भएको कार्यक्रम अन्तर्गत आज बिहिबारबाट जनताको जलविद्युत् त्रिशूली ‘बी’ को सेयर खरीद प्रकृियाको आवेदन खुल्ला गरिएको छ । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै सेयर खरिदको लागी आवेदन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा […]

पाँचवटा आयोगमा अध्यक्ष नियुक्त : नवनियुक्त पाँचै जनाले लिए शपथ

काठमाण्डौं,चैत्र,७- राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नु भएको छ ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नु भएको […]

कोइराला नेपालको शान्तिप्रक्रियाका नायक हुन्, उनले देखाएको बाटोमा हिँड्नुपर्छ : सभामुख महरा

काठमाण्डौं,चैत्र,७- सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनु भएको छ ।गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गर्नुभयो । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई […]