इस्लामावाद,फागुन,१५- पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो । भारतीय सञ्चारमाध्यमले उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको दावी गरिरहँदा पाकिस्तानी सञ्चारमाध्यमले भने […]
समाचार
भारतीय वायुसेनाको विमान दुर्घटना
नयाँ दिल्ली,फागुन १५- भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान एक्कासी जमिनमा खसेर दुर्घटना भएको छ ।बुधबार बिहान उडिरहेको अवस्थामा सो विमान खसेको हो । मंगलबार पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले हवाई आक्रमण गरेको थियो । भारतीय संचारमाध्यमका अनुसार दुर्घटना भएको विमानका दुई पाइलटको समेत मृत्यु भएको छ । भारतीय वायुसेनाको विमान यसअघि दुर्घटना […]
आज मगर दिवस : देश विदेशमा एकै साथ मनाईदै
काठमाण्डौं,फाल्गुन,१५- आज मगर दिवस देश तथा विदेशमा एकै साथ धुमधामका साथ मनाईदै छ । फागुन १५ गतेलाई आदिबासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनितिक चाडको रुपमा मनाउने गर्दछन् । विश्व भरिका सम्पुर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पुर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल […]
हिसानकपको पहिलो चरणका खेलहरु सम्पन्न
नेपालगन्ज,फाल्गुन,१४- आज बाट सुरु भएको पाँचौ हिसानकप अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन। निजि बिद्यालयको संगठन हिसानको आयोजनामा आजबाट सुरु भएको हिसानकपका पहिलो चरणका खेलहरु अन्तर्गत मंगलबार छात्रा र छात्र तर्फ ४/४ खेल भएका हुन।जस अन्तर्गत भलिबल छात्रा तर्फ डाइनामिक र युनाइटेडबिच भएको खेलमा डाइनामिक मावी विजयी भएको छ। त्यस्तै मोडर्न र आदर्शबिच भएको […]
होलिल्याण्डका विद्यार्थीद्वारा १ दिनको खाजा खर्च बुद्धिमानलाई
नेपालगन्ज,फाल्गुन,१४- नेपालगन्जको प्रतिष्ठित विद्यालय होलिल्याण्ड माविका विद्यार्थीहरुले बुद्दिमान कुवरलाई १ दिनको खाजा खर्च स्वरुप आर्थिक सहयोग गरेका छन। कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमानलाई विद्यार्थीहरुले संकलन गरेर सहयोग गरेका हुन। संकलित गरिएको नगद ३ हजार ७ सय ५५ रुपैयाँ बुद्धिमानको थप […]
नेपालगन्जमा भोलि देखि ४ औ हिसानकप खेलकुद प्रतियोगिता हुँदै
नेपालगन्ज, फाल्गुन,१३- भोली देखि बाँकेको नेपालगन्जमा ४ औँ हिसान कप खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार नेपालगन्जमा बसेको बैठकमा १४ गते देखि सन्चालन हुने टुङ्गो लागेको हो। निजि विद्यालयको संगठन हिसान बाँके/बर्दियाको आयोजनामा भोलीदेखी नेपालगन्जमा हिसानकप खेलकुद प्रतियोगीता हुने भएको हो । प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ बिद्यालय गरि जम्मा १६ बिद्यालयले भाग […]
बाँकेका युवाहरुलाई जीवन उपयोगी सीप प्रदान
नेपालगंज,फागुन,१२- बाँकेको बिभिन्न क्षेत्रका युवाहरुलाई नेपालगञ्जमा जीवन उपयोगी सीप प्रदान गरिएको छ । बिभिन्न वडाका युवाहरुलाई सहभागि गराई नेपालगञ्जमा चार दिने तालिममार्फत जीवन उपयोगी सिप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले युवा शशक्तिकरण बुलगारी परियोजना अन्र्तगत गरिएको कार्यक्रम बेरोजगारी समस्या समाधान गर्न तथा खाली बसेका युवाहरुलाई उद्यम गर्ने […]
बुद्दिमानका लागि सुप्रनाले बुझाइन संकलित रकम
नेपालगन्ज,फाल्गुन,१२- कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुँवरका लागि आइतबार थप आर्थिक सहयोग प्राप्त भएको छ। विभिन्न देशहरुमा रहेका नेपालीहरु संग पहल गरि संकलन गरेको रकम महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा तथा बुद्धिमान सहयोग अभियानकी अभियानकर्ता सुप्रना मल्ले आइतबार पत्रकार तथा […]
किसानको रोजाइमा आधुनिक मकै छर्ने `सिडड्रील´ मेसिन
नेपालगन्ज,फाल्गुन,१२- बाँके डुडुवा गाउपालिका ६ मा मकै छर्ने आधुनिक मेसिन ‘सिडड्रील’ को प्रदर्शनि गरीएको छ । आइतबार डुडुवामा मकै खेतिमा यान्त्रीकरण सम्बन्धि प्रदर्शनी तथा जनचेतना अभियान अन्तरर्गत सिमिट इम्टरनेशनल सिसा परियोजनाले उक्त आधुनिक मेसिनको प्रदर्शनि गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यनयन इकाई मकै जोनको आयोजना र सिमिट इन्टरनेशनल सिसा परियोजनाको सह सहकार्यमा […]
अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै
नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]

