ब्राइटल्याण्ड कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

नेपालगन्ज,फाल्गुन,१८- नेपालगन्जको प्रतिष्ठित शैक्षिक संस्था ब्राइटल्याण्ड कलेजले   शनिबार     बिबिएस    प्रथम वर्ष,विएस डब्लु प्रथम वर्ष, बिएचएम ,बिआइएम प्रथम सेमेस्टरका विद्यार्थिहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ। बिबिएस तेस्रो वर्षका विद्यार्थी रबिन्द्र शाहिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी       स.प्र   भैरव बहादुर बिष्ट रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा ब्राइटल्याण्डका प्राचार्य […]

इन्स्पाइरिङ्ग युथमा सडक बालबालिकाको विषयमा बहस

नेपालगञ्ज, फागुन,१८- बासले गर्दै आएको इन्स्पाइरिङ्ग युथको १२५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ । नेपालगञ्जमा आज गरिएको प्यानल छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भिमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउनुका साथै सडक बालबालिकाको […]

नेपालगन्जको सनबिम माविले मनायो १७ औं बार्षिक उत्सव

नेपालगन्ज,फाल्गुन,१८- शैक्षिक अभियानमा अनवरत रुपम खटिरहेको आदर्श ग्रुपद्वारा सञ्चालित नेपालगञ्जको धम्बोझीस्थित सनबिम माविले आज शनिवार१७ औं बार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ। प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले पानसको बत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रममा सभापतित्वको आसन ग्रहन सनबिमका अध्यक्ष गिरिराज पौडेलले गर्नु भएको थियो। त्यस्तै प्रमुख अतिथिमा खेलप्रेमी तथा प्रदेश नम्बर […]

कर्मुनालाई स्मार्ट कृषि गाउँ बनाईने

नेपालगन्जय,फाल्गुन,१७- नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरको करमोहनालाई स्र्माट कृषि गाउँ बनाइने भएको छ । बाँकेमा ६ वटा स्र्माट कृषि गाउँ बनाउने अभियान अन्तर्गत नेपालगन्जको करमोहनालाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो । प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्र्माट कृषि गाउँ बनाउने घोषणा सहित शुभारम्भ गर्नुभएको हो । प्रमुख बालीका […]

नेपालगन्जको सनबिम माविमा भोलि १७औँ वार्षिक उत्सव मनाइँदै

नेपालगन्ज, फाल्गुन,१७- शैक्षिक अभियानमा लागेका प्रतिष्ठित व्यक्तिद्वारा सन्चालित सनबिम माविमा भोलि शनिबार १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइने भएको छ। सनबिम माविका अध्यक्ष गिरिराज पौडेलका अनुसार वार्षिक उत्सबको अवसरमा भोलि विद्यार्थीहरुद्वारा पकाइएका विभिन्न परिकारहरुको स्टल रहने, वर्ष दिन भरि विद्यालयमा भएका क्रियाकलापको गतिबिधी अभिभावकहरुलाई जानकारी गराइनेछ। त्यस्तै भोलि नै बिद्यार्थिहरुको सांस्कृतिक कार्यक्रम, बिभिन्न […]

हिसानकप अन्तर्गत छात्रा तर्फको भलिबल खेलको उपाधी गोर्खा माविलाई

नेपालगन्ज,फाल्गुन,१७- फाल्गुन १४ गते बाट सुरु भएको पाँचौ हिसानकप खेलकुद प्रतियोगिताको शुक्रबार छात्रा तर्फ भएको भलिबलको फाइनलमा गोर्खा मावी विजयी भएको छ। निजि विद्यालयको संगठन हिसानको आयोजनामा भएको हिसानकपको छात्रा तर्फको भलिबल खेलको फाइनल प्रतियोगिताको लागि मोडर्न र डाइनामिक, जनज्योती मावी र गोर्खा मावी बिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा अन्य समुहलाई हराउँदै गोर्खा मावी प्रथम, […]

प्रदेश सांसदद्वारा नेपालगन्जको जायेद हविव सैलुन उद्घाटन

नेपालगन्ज, फाल्गुन,१६- नेपालगन्जको न्युरोड स्थित कलपत्रु होटेल सङ्गी जोडिएको जायेद हविव सैलुनको बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए। नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा […]

निश्चल चौधरिको पहिलो थारु गीत `बरे गोहोर बिल्गैठो´ साङ्गीतिक बजारमा

नेपालगन्ज,फाल्गुन,१५- पछिल्लो समयमा नेपाली साङ्गीतिक बजारमा बिल्कुलै नयाँ फरक मौलिकता बोकेको थारु गीत बजारमा आएको छ। सम्भावना बोकेका नव सर्जक निश्चल चौधरिको उत्कृष्ट शब्द सृजना रहेको गीतमा लय लोकदोहोरी गायक तथा हास्यकलाकर मनिश खड्काको रहेको छ भने गीतमा मनिश खड्का र समीक्षा चौधरिको स्वर रहेको छ। चौधरिको मौलिकता झल्काउने उक्त गीतको म्युजिक भिडियो पनि एकदम […]

नेपालगन्जको प्रादेशिक महोत्सव वर्षाका कारण ३ दिन सारियो

नेपालगन्ज,फाल्गुन,१५- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा फाल्गुन १६ गते देखि हुने भनिएको महोत्सव बुधवार बिहानै देखि परेको अबिरल वर्षाका कारण ३ दिन पछि सारिएको छ। उद्योग वाणिज्य संघले बुधवार एक पत्रकार सम्मेलन गरि महोत्सव सारिएको औपचारिक जानकारी गराएको हो। फाल्गुन १६ गते देखि २६ गते सम्म सन्चालन हुने भनिएकोले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको थियो […]

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन

ताप्लेजुङ,फाल्गुन,१५- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड […]