खजुरा महोत्सवमा आज ज्योती मगर र मेक्सम खाती आउने

नेपालगन्ज , फाल्गुन,१- माघ २४ गते बाट संचालित खजुरा महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने कार्यक्रम रहेको छ । आयोजकका अनुसार ज्योती मगरको संगै चर्चित लोकदोहोरी गायक मेक्सम खाती संगै अन्य कलाकारहरु समेतको प्रस्तुति रहने बताएका छन् । हिजो मात्रै लोक गायक पशुपति शर्मा र मधु क्षेत्रीले लोकदोहोरिमा दर्शकलाई नाच्न बाध्य पारेका थिए । […]

शिक्षक मधुसुदन अधिकारी उत्कृष्ट प्रध्यापकको रुपमा घोषित

नेपालगन्ज,माघ,२९- नेपालगन्जको प्रतिष्ठित क्याम्पस मध्यपश्चिम बहुमुखी क्याम्पसले मंगलबार नेपालगन्ज स्थित बाटिका होटेलमा स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा चौँथो वर्षका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ। मोहन जंग शाहको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न वर्षमा उकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो। त्यस्तै क्याम्पसले उत्कृष्ट अध्यापन गराउँदै आउनु भएका प्रध्यापकहरुलाई […]

अन्तरास्ट्रिय कण्डम दिवसको अवसरमा निशुल्क एचआईभि परिक्षण तथा परामर्श

नेपालगन्ज , माघ, २९- अन्तरास्ट्रिय कण्डम दिवस १३ फेर्बुअरी २०१९ को अवसरमा बाँकेमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालको सहयोग , जिल्ला स्वास्थ्य कार्यालयको अायोजनामा निशुल्क स्वास्थ परिक्षण तथा परामर्श शिविर गरिएको छ । हिजो र अाज बाँकेको नरैनापुर गाउँ पालिकाको मटैया र लक्ष्मणपुर क्षेत्रमा भेरी प्रादेशिक अस्पताल , नरैनापुर गाउँ पालिका , NSARC,JMS,NAPN लगायत एचआईभी […]

क्रिकेट संघ सक्रिय, बुधबारबाट महिला क्रिकेट प्रशिक्षण

नेपालगन्ज, माघ , २९- बांके जिल्ला क्रिकेटको आयोजनामा भोलि बुधबारबाट कोहलपुरमा महिला क्रिकेट प्रशिक्षण शुरु हुने भएको छ। दिउसो १ बजे कोहलपुरको १३ बिगाहा मा शुरु हुने प्रशिक्षणको कोहलपुर नगरपालिकाका उप मेयर सन्जु चौधरीले उद्घाटन गर्नु हुने भएको छ । बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरका अनुसार प्रशिक्षणमा कम्तीमा ५० जनाको सहभागिता […]

खजुरा महोत्सवमा पशुपती र मधुले दोहोरी गाउँदा दर्शकहरुले दिए तालिको ओइरो

नेपालगन्ज, माघ, २९- खजुरा महोत्सवको ६ औ दिन आज मंगलबार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र गायिका मधु क्षेत्रीले प्रस्तुती दिएका छन। पछिल्लो समयका निकै चर्चित अनि व्यस्त गायक शर्मा करिव ४:१५ बजे स्टेज चढेका थिए। चर्चित गीत मलाई अमेरिका यहि गाउँदै स्टेज उक्लेका गायक शर्माले गीत गाउनुका साथै हास्यकुराहरु सुनाएर दर्शकहरुलाई अत्याधिक मनोरन्जन प्रदान […]

बाँकेमा जनयुद्ध दिवसको उपलक्ष्यमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

नेपालगन्ज , माघ, २९- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि जनयुद्ध दिवसको उपलक्ष्यमा अगुवा कार्यकर्ता भेटघाट गरी मनाउने निर्णय गरेको छ । भोलि फागुन १ गते २४ अौं जनयुद्ध दिवसको पावन अवसरमा नेकपाको पार्टी कार्यालय पासाङल्यामु रोडमा दिउसो १२:३० बजे नेकपाका अगुवा कार्यकर्ता भेटघाट गर्ने निर्णय गरेको नेकपाका नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष डिल्ली प्रसाद बरालले […]

सहरी बिकास मन्त्रीद्वारा विद्यालयलाई सहयोग

नेपालगन्ज ,माघ, २९- बाँके नेपालगन्जको रहेको वाटरपार्क विशाल चोकमा अबस्थित धम्बोझी माध्यमिक विद्यालयलाई सहरी बिकास मन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण गरेका छन् । अाज एक कार्यक्रममा सहरी बिकास मन्त्री माननीय मोहम्मद इस्तीयाक राईज्यु ले संसदीय कोषबाट विद्यालयमा पाँच ओटा कोठा भवन निर्माणको लागि रु १० लाख रुपैया प्रदान गर्नु भएको छ ।

हास्यकलाकार माग्ने बुढाले दिए केपिको अनाथ बालगृह निर्माणमा आर्थिक सहयोग

काठमाडौ,माघ,२९- हास्यकलाकारको रुपमा चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले नेपालका कान्छा अभियान्ता केपि खनालको नेतृत्वमा वन्दै गरेको अनाथ आश्रम लाई बाजुरामा कार्यक्रममा गएको मौका पारी अनाथ बालबालिका सहित निर्माण भइरहेको आश्रममा पुगेर काठमाडौ फर्की कान्छा अभियन्तालाइ भेट्दै आर्थिक सहयोग र हौसला प्रदान गरेका छन् । सके हजार नसके प्रचार अभियान संचालन गरि फेसबुकबाटै ५० लाख […]

आइडियलले यूनाइटेडलाई ११0 रनले हरायो

  नेपालगन्ज , माघ,२८- बांके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्जमा जारी दोस्रो मेयर कप टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा आईडियल पब्लिक मा.विले युनाईटेड एकेडेमि माथि ११० रनले जित निकालेको छ । प्रतियोगितामा यो जित संगै आईडियल पब्लिक मा.वि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय […]

खजुरा महोत्सवमा नायक भुवन केसी र नायिका निरुता सिँहको अत्याधिक क्रेज

खजुरा ,माघ,२८- खजुरामा सन्चालित महोत्सवमा पुराना पुस्ताका सुपरस्टार नायक भुवन केसी र नायिका निरुता सिहंको आवगमन सगै आज (सोमबार) तालिले गुञ्जामन भयो । पहिलो चलचित्रमा सफल नायक नायिकाको रुपमा आफ्नो अभिनयकला दर्शकको माझमा राखिसकेका भुवन र निरुताले मन्चमा समेत पुरानै झल्को दिए । ढिला गरी आयोजकले मन्चमा उतारेका भुवन र निरुताले करिब २५ मिनेट सम्म […]