काठमाडौं,माघ,९- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपादसँग तालमेल गर्ने निर्णय गरेको छ । राजनीतिक समितिसहितको अध्यक्ष मण्डलको बैठकले राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । आजको कारोबारमा खबर छ ।
समाचार
स्थानीय तहलाई खर्चको विवरण बुझाउन ७ दिने अल्टिमेटम
काठमाडौं, माघ,९- सरकारले सात दिनको समय दिएर सबै स्थानीय तहसँग खर्च र राजस्वको विवरण माग गरेको छ । पुस मसान्तसम्म अहिकांश प्रदेश तथा स्थानीय तहले आगामी आर्थिक वर्षको आयव्यय प्रक्षेपणको तथ्यांकसहितको विवरण नबुझाएको भन्दै सात दिनभित्र राजस्व र व्यवको विवरण बुझाउन पत्राचार गरेहको हो । आजको कारोबारमा खबर छ ।
जाजरकोटमा खाद्यान्न अभाव
जाजरकोट,माघ,९- जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो । आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन् । एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैया“मा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही […]
प्राज्ञिक विद्यार्थी परिषद्को लोगो सार्वजनिक
रोशन घर्ती/ काठमाण्डौं,माघ,८- प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सोमबार आफ्नो सातौं राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ । सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारी विद्यार्थी परिषद्ले सातौं राष्ट्रिय अधिवेशनको लागो सार्वजनिक गरेको हो । अधिवेशनको लोगो सोमबार राजधानीमा एक कार्यक्रमका बीच परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेल र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले संयुक्त […]
सल्यानमा बस दुर्घटना : ४ जनाको मृत्यु , ३० घाईते
रोशन घर्ती/ सल्यान,माघ,८- सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाईते भएका छन् । रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैदारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि २ पुरुष र २ महिलाको मृत्यु भएको जिल्ला प्रहरी […]
आज सरस्वती पूजा देशैभर मनाईदै
काठमाडौं, माघ ८ – आज देशैभर सरस्वती पूजा अर्थात् श्रीपञ्चमी मनाईदैछ । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज […]
उत्तर कोरियाली राजदूत र प्रचण्ड विच भेटवार्ता
काठमाण्डौ,माघ,७- नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाक र प्रचण्ड बिच आज भेटवार्ता भएको छ । किम योङ हाक पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय पुगेर प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो दिनुभएको हो । आगामी सेप्टेम्बर महिनामा कोरियन श्रमिक पार्टीको ७० औं पार्टी स्थापना दिवस आयोजना गरिएको जानकारी दिँदै कार्यक्रममा आतिथ्यताका लागि राजदूत हाकले प्रचण्डलाई निम्तो दिनुभएको […]
एक सय दलबाट आयव्यय विवरण पेश
काठमाडौँ, माघ, ७- निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् । साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी […]
कार्यक्रम म्युजिक अन च्वाईसको गेट टुगेदर सम्पन्न
राम सोनाम/ बाँके,माघ,६- रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेगाहर्जमा प्रशारण हुने लोकप्रिय कार्यक्रम म्युजिक अन च्वाईसले आज आफ्ना श्रोतासँग भेटघाट गरेको छ । यस क्षेत्रमै लोकप्रियता हासिल गर्न सफल कार्यक्रम एमओसी रिलोडेडले आज छैटौ पटक श्रोता भेटघाट गर्न लागेको कार्यक्रम सञ्चालक समिरमान श्रेष्ठले जानकारी दिनुभयो । गेट टुगेदर कार्यक्रमका लागि बाँके, बर्दियासँगै नारायणगढ, काठमाडौं, सुर्खेत […]
‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ सम्पन्न
राम सोनाम/ बर्दिया,माघ,६- बर्दियाको बढैयातालमा तिन दिन सम्म सञ्चालन भएको ‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ आज सम्पन्न भएको छ । बिभिन्न १० बुँदे बढेयाताल घोषणपत्र जारी गर्दै मेला समापन भएको हो । पूर्व उदयपुर सुनसरी देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका थारु बुद्धिजीवि र साहित्यकार सहभागी मेलामा थारु लोक कथा समालोचनात्मक दृष्टी, थारु भाषा सरकारी कामकाजको […]










