काठमाडौं, मंसिर २८- नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् आज दिउँसो सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो । विस्फोटक ब्याटिङ गरेको […]
समाचार
उपयोगी फर्सी
इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२८- फर्सी गाउँघर सहरवजार मा सर्वसुलभ रुपमा पाईने तरकारी हो । मुख्य गरी तरकारीको रुपमा खाइने फर्सी गर्मी र चिसो मौसममा खाइन्छ । पोषणको दृष्टिकोणले पोषिलो फर्सिमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । हरियो भन्दा पहेलो रंगको पाकेको फर्सीमा भिटामिन तथा खनिज तत्वहरुको मात्रा वढि हुन्छ । फर्सी का विभिन्न परिकारहरु वनाएर खान […]
कसैले तोड्न नसकेको एउटा किल्ला
डडेलधुरा,मंसिर,२८- बहुदल आगमनपछि सुरुवातमा ताप्लेजुङ, झापा, भोजपुर लगायतका पूर्वी पहाडी जिल्ला एमालेको किल्लाको रुपमा चिनिन्थे। पूर्वका मोरङ, सोलु, पश्चिमका लमजुङ, तनहुँ, डोटी, डडेलधुरा लगायतका जिल्लालाई कांग्रेसको किल्लाका रुपमा लिइन्थ्यो। अनि, रोल्पा–रुकुम–गोरखा लगायतका जिल्लाचाहिँ तत्कालिन संयुक्त जनमोर्चाको गढका रुपमा चिनिएका जिल्ला थिए। २०४८ को निर्वाचनमा दुबै सिट जितेर माओवादीले रोल्पालाई आफ्नो किल्ला प्रमाणित गर्यो। तर तीन […]
समानुपातिक तर्फको ६० जिल्लाको मतगणना सकियो
काठमाडौं,मंसिर,२८- मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ […]
रोटा भाइरस र पोलियो विरुद्ध खोप २०१८ मा आउने
काठमाडौं,मंसिर,२८- झाडापखाला विरुद्धको रोटा भाइरस र पोलियो विरुद्धको एफ आई पी भी खोप सन् २०१८ मा मात्र नेपाल ल्याईने भएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा हालसम्म प्रयोगमा नआएको रोटा भाइरस र एफ आई पी भी खोप यही मंसिरसम्ममा प्रयोगमा ल्याउने तयारी सरकारले गरेपनि प्रक्रियागत ढिलाईंका कारण पछि धकेलिएको हो । हाल ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड […]
कुवेतमा अलपत्र २ सय कामदारको उद्धारमा अलमल
काठमाडौं,मंसिर,२८- पारिवारिक विवादले मालिकविहीन बनेको कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीबाट तलब र काम नपाएका २ सय नेपाली कामदारको टिकट र जरिवाना कसले ब्यहोर्ने भन्नेमा सरकारले निर्णय गर्न नसक्दा उद्धार प्रक्रिया अघि बढ्न सकेको छैन । कुवेतस्थित नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई उद्धार गर्न जरिवाना र टिकटको व्यवस्थाका लागि परराष्ट्र, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन […]
मुख्यमन्त्री बन्न नेताहरुको आन्तरिक दौडधुप
काठमाडौं,मंसिर,२८- संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यसैले प्रदेश मृुख्यमन्त्री बन्ने आकांक्षीले कसरत बढाउन थालेका हुन् । एमाले र माओवादीबीच कुन प्रदेशको कसले […]
राष्ट्रिय दल जम्मा पाँचवटा
काठमाडौं,मंसिर,२८- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँचवटा पार्टीले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी न्यूनतम मतसीमा कटाएर नेकपा एमाले,नेकपा माओवादी, नेपाली काँग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएको छ । आजको हिमालय टाइम्समा खबर छ ।
म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी
काठमाडौं, मंसिर, २८- इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो । म्यान सिटीलाई फराकिलो अन्तरमा विजयी गराउन डेभिड सिल्भाले २ गोल गरेभने सर्जीयो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा रोमेलु […]
विश्वका ५७ मुस्लिम देशहरुको आक्रोशः ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर
काठमाडौं, मंसिर,२८- विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता […]





