काठमाडौं, कात्तिक ४- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको […]
समाचार
आज भाईटिका : टीकाको उत्तम साइत बिहान ११:५१ मा
काठमाण्डौं,कार्तीक,४ – यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज विधिपूर्वक भाईटिका लगाईदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजुभाई लाई पुजा गर्ने गर्दछन् । आजको दिनमा दिदीबहिनीले दाजु भाईलाई सप्तरंगी टिका लगाइदिनुका साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार […]
देउसी-भैली खेल्दा बलिराजाले पठाएको किन भनिन्छ ?
काठमाडौं,कार्तीक,४- अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको […]
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
काठमाडौं, कात्तिक ३- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल सम्वत् ११३८ शुभारम्भको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान भक्तपुरले आज गरेको कार्यक्रममा प्रधानमन्त्रीले देउवाले निर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न सकेमात्र मुलुक सबल हुने […]
जुवाडे समाउन ६ राउन्ड हवाईफायर, जुवाडे र प्रहरीबीच झडप
बारा, कात्तिक,३- बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता […]
कैलाली र हुम्लामा दशै तिहारको मुखमा पिडितलाई राहत बितरण
काठमाडौ,कार्तिक,३- राज्यको बिरोधमा सडकमा टायर बालेर बन्द हडताल गरेर होइन चुनौती दिएर बिरोध तथा आजका युवा राजनितीक भागबन्डा भन्दा समाजसेवामा सबै मिलेर लागौ भन्दै पश्चिम नेपालको कैलालीका युवाहरू सामर्थ्य नेपाल संस्था मार्फत लागिरहेका छन् । त्यस्तै मध्ये एक हुन १७ वर्षीय के पि खनाल , खनालले दशैको मुखमा जुवातास खेलेर होइन यो दशै पीडितका लागि […]
नेपाल साँस्कृतिक संघको देउसी भैलो संगै मन भुलाउदै बाढी पिडित
बाँके,कार्तीक,३- नेपाल साँस्कृतिक संघ बाँकेले आयोजना गरेको देउसी भैलो कार्यक्रमले बाँकेका बाढी पिडीतहरुको पिडामा मलम लगाउने काम गरेको छ । नेपाली काँग्रेसको भातृ संघको रुपमा रहेको नेपाल साँस्कृतिक संघले अन्तत : अती बाढी प्रभावित क्षेत्र बाट छटपटाईरहेका बाढी पिडीतहरुका लागी संघको देउसी भैलोले उनीहरुको पिडामा मनोरञ्जन प्रदान गर्दै मलम लगाउने काम गरेको हो । “तपाईको पिडा ,हाम्रो पनी पीडा […]
टीकापुरमा जुवातास नियन्त्रणका लागि प्रहरीको सक्रियता
टिकापुर,कार्त्तीक,२- ईलाका प्रहरी कार्यालय टीकापुरले तिहारको समयमा खेलिने जुवातास नियन्त्रणका लागि सक्रियता बढाएको छ । यसै क्रममा प्रहरीले टीकापुरमा रहेको लोकप्रिय दोहोरी साँझमा आज छापा हानेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका इनेस्पेक्टर नेत्र बोहराका तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा लोकप्रिय दोहोरी साँझमा छापा हान्दा जुवाडेहरुको भागभाग भएको बताएका छन । तर जुवाडेहरु भने […]
डोटीको खडेउलीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
डोटी,कार्त्तीक,२- डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका २ खडेउली भन्ने स्थानमा बस दुर्घटनामा परि बडीकेदार गाउँपालिका—४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही गाउँका तीन बर्षीया बालिका रहेका छन् । तर उनको सनाखत […]
तिहारको मुखैमा भीमदत्तमा लुटपाट
इन्द्र कार्की / महेन्द्रनगर, ०२,कार्तिक मंगलवार राति एक अज्ञात समुहले हतियार देखाएर भीमदत्तनगर पालिका १ बाराकुन्डाको एक घरमा लुटपाट गरेको छ । मध्यरातको समयमा हतियार सहित आएका ४/५ जनाको समुहले लालमणी कुवँरको घरमा लुटपाट गरेको हो । वृद्ध कुवँरको घरमा बुहारी र नातीनतिनाहरु मात्रै भएको मौका पारी लुटपाट भएको हो । घरको एक कोठामा […]










