इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१६ प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि […]
समाचार
सामर्थ्य नेपालद्धारा आज कैलालीको चिसापानीमा वृहत सरसफाइ
रमित पाण्डे/ कैलाली,भदौ,१५- सामथ्र्य नेपालद्धारा आज कैलालीको चिसापानीमा वृहत सरसफाइ सामथ्र्य नेपालको आयोजनामा आज कैलालीको चिसापानीमा वृहत सरसफाई गरीएको छ । सरसफाई अभियानको लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापाले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपमेयर थापाले युवाहरुले सामाजीक काममा अग्रसरता देखाएको प्रति खुसी व्यक्त गर्नुभयो । युवाहरुको यो काममा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । […]
प्रदेश नम्बर–२ मा काँग्रेसले सबै उम्मेदवारको टुंगो लगायो
काठमाडौं, भदौ,१५- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।प्रदेश नम्बर–२ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै तहमा उम्मेदवारको टुंगो लगाइएपनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानीबाहिर भएकाले शुक्रबार (भोलि)मात्रै सबै नाम […]
आमालाई सुधार्ने भन्दै छोराले बाँधेर कुट्दा मृत्यु
चितवन,भदौ,१५- भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्षीय आशिष दरैले बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा […]
सल्यानमा टर्च बालेर सुत्केरीको उपचार
सल्यान,भदाै,१५- सल्यानको र्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको छ । विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि […]
वेपत्ता परिवारलाई राज्यले उपेक्षा गरेको आरोप
नरेश खड्का/ दाङ,भदौ,१४- शसस्त्र युद्ध शुरुभएपछि राज्य पक्ष र विद्रोहि पक्षवाट वेपत्ता पारीएका परिवारले राज्यले आफुहरुलाई उपेक्षामा राखेको वताएकाछन । अन्तराष्ट्रिय वेपत्ता दिवसका अवसरमा नेपाल रेडक्रस शोसाईटी दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा वेपत्ता परिवारका सदस्यहरुले राज्यले वेपत्तापरिवारलाई वेपत्ताको यर्थात जानकारी गराउनुपर्ने माग गरेका छन् । उनिहरुले पैसामा मानिसको जीवनको मुल्य गरेर नहुने भन्दै परिवारलाई राहत […]
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुने
काठमाण्डाैं,भदौ,१४- सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ ।सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । आज बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरि दोश्रो चरणको […]
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
काठमाडौँ,भदौ,१४- प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो ।सो आयोग गत साउन १५ गते गठन भएको थियो ।
प्रदेश नं २ मा स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र निर्धारण
काठमाडौँ,भदौ,१४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी […]
जोर्नी खिइने समस्या
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१४ उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या […]










