काठमाडौं,फागुन, १०- सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ।‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भन्नुभयो आज देखि नै हामी तयारीमा लाग्नेछौं। जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ । निर्वाचनको […]
समाचार
मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्यो
काठमाडौं,फागुन,१०- जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्यो ।रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक(पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश […]
वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा
काठमाडौं,फागुन, ९- सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो । सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति […]
वैशाख ३१ गते चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
काठमाडौं, फागुन ९ – निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । कठिन परिस्थितिका बावजुत पनि देशको […]
राप्रपा अध्यक्षमा कमल थापा, थापा(२८०४ राणा(२५१)
काठमाडौं, फागुन ९ – राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको मतदानमा थापाले २ हजार ८ सय ४ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २ सय ५१ मत मात्र ल्याउनुभएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । ८१ मत भने बदर भएको थियो । मतदानका लागि ५४ वटा विद्युतीय मेसिनको प्रयोग […]
सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे “नामावलीसहित”
काठमाडौं, फागुन ९- सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी […]
गणेशपुर गाबिसलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्न अन्तिम तयारी
अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,फागुन, ९-नेपाल सरकारको लक्ष्य अनुसार सन् २०१७ सम्म देशलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने सन्दर्भमा सबै जिल्लामा खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने अभियान तिब्र रुपमा अंगाडी बढीरहेको छ । कपिलबस्तुको गणेशपुर गाबिसमा पनि यो अभियान तिब्र रुपमा अंगाडि बढेको छ । यसै सन्दर्भमा गणेशपुर गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने […]
शिक्षक नियमीत विद्यालय नजादा विद्यार्थीहरु विद्यालय जानै छाडे
मुधुपौडेल , बाँके,फागुन ९-शिक्षकको नियमित उपस्थिति नहुदा विद्यालयका विद्यार्थीहरु विद्यालय आउन छोडेको एक कार्यक्रममा बताईएको छ । श्री आधारभुत विद्यालय नेपालगंज बाके मा शिक्षकहरु समयमा उपस्थिति नहुने तथा पढाउदा राम्रो नपढाउने भएकोले भर्ना भएका विद्यार्थीहरुको उपस्थिति नहुने हुने गरेको गुणस्तिरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रममा सहभागीहरुले बताउएका हुन । विद्यालयको व्यावस्थापन सुधार ,शिक्षाको अवस्था तथा […]
सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्दै
काठमाडौं,फागुन, ९-सरकारले स्थानीय निकाय पुर्नसंरचना प्रतिवेदन संशोधन गर्दै आज निर्वाचनको मिति घोषणा गर्ने भएको छ। सत्तारुढ काँग्रेसको अडानपछि चुनाव एकै चरणमा गर्ने सरकारको तयारी छ। काँग्रेस सहित सरोकारवाला पक्षसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज दुईपटक मन्त्रिपरिषद् बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्नु भएको हो । निर्वाचनको मिति घोषणापछि प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधन […]
कोहलपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँड आउदै
काहेलपुर,फागुन ९-बाँकेको कोहलपुरमा सञ्चालीत कोहलपुर एवंम औद्योगिक प्रर्दशनी मेलामा रौनकता छाएको छ । फागुन शुक्रबार देखि सञ्चालनमा आएको महोत्सवको चौथौं दिन आज “लोक तथा दोहोरी गायक रामजी खाँड,भावना आचार्य,रेश्मा पुन तथा नृत्यङ्गना आरुसी मगरले” आफ्नो प्रस्तुती दिनुहुने भएका छन् । कलाकारहरुको प्रस्तुती हेर्न पाएर दर्शकहरु निकै खुशी देखिएका छन् । महोत्सवमा राखिएको बाल उद्यानबाट समेत […]










