पूर्व राष्ट्रपति यादवको स्वास्थ्यमा सुधार

काठमाडौं, माघ ७ – बिरामी भएर अस्पताल भर्ना हुनुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यमा सुधार भएको छ । पेटमा समस्या देखिएपछि उहाँलाई बिहीबार शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको हो । उहाँलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सल्लाह दिएका नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले जानकारी दिनुभयो ।  साभार उज्यालोबाट

फत्तेपुरबाट विद्युत चोरी गर्ने १३ जना पक्राउ

बाँके,माघ ७-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगजंले विद्युत चोरी गर्ने १३ जनालाई बिहिबार फत्तेपुर गाविसबाट नियन्त्रणमा लिएको छ । विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीको अनुमती नलिएर विद्युत बाल्दै आएकलाई नियन्त्रणमा लिएको हो । विद्युत चोरी गर्नेहरुलाई विद्युतीय सामानसहित पक्राउ गरेर कारबाही गरिएको नेपाल विद्युत प्राधीकरण  नेपालगंज वितरण केन्द्रका प्रमुख उमेश कुमार झले बताउनुभयो […]

अखिल क्रान्तिकारीमा विद्यार्थी प्रवेशको लहर

जंग रेउले घोराही,माघ  ६-  विप्लव नेतृत्व नेकपा  माओवादी) को विद्यार्थी संगठनमा विद्यार्थी प्रवेशको लहर देशव्यापी रुपमा चलेको छ । क्रान्तिकारी संगठनले राम्रो कार्य गर्दै आएको भन्दै तुल्सीरमा तेज पोख्रेलको नेतृत्वमा ३५ जना विद्यार्थीले प्रवेश गरेका हुन । कार्यक्रममा तेज पोख्रेलले आफू हिजो सम्म राप्ती बबई क्याम्पसमा अनेरास्ववियु को सह–सचिवको रुपमा काम गर्दै आएको र आज […]

नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन

बाँके,माघ ६-ऊँ कस्मेटिक एण्ड फिटनेश टे«ड सेन्टरद्धारा सञ्चालीत स्वास्थ्य सरोकार केन्द्रले आज नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुम्नीमा हर्बलका उत्पादनहरुको बारेमा बाँके,बर्दियाका ब्यूटिसियनलाई जानकारी दिएको हो । कार्यक्रममा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका फेशियल मिल्कहरुमध्ये ,गोल्ड क्लिजीङ मिल्क, लेमन क्लिजीङ मिल्क, एलोभेरा क्लिजीङ मिल्क यस्तै फेश प्याक,निम प्याक […]

नेपाल आयल निगमद्धारा ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटायो

बाँके,माघ ६-नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ । यी जिल्लामा ग्यासको ढुवानी लागत कम परेकाले भाउ घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताउनुभयो […]

कैलालीमा निर्माणधिन हुलाकी राजमार्गको मन्त्री लेखकद्धारा उद्घाटन

कैलाली,माघ ६-हुलाकी सडक अन्तर्गत नेपालगन्ज–बघौडा सडकको सिलान्यासपछि कैलालीमा निर्माणधिन अवस्थामै सडकको उद्घाटन गरिएको छ । १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । निर्माण सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्गको उद्घाटनलाई स्थानीयले […]

आज दुई मन्त्री थपिँदै , अब मन्त्रीमण्डल ४३ सदस्यीय हुने

काठमाडौं, माघ ६ – गठनको पाँचमहिना पुग्नै लाग्दा मन्त्रीपरिषद थप विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।दिउँसो साढे २ बजेपछि हुने सपथ ग्रहणपछि मन्त्रीमण्डल ४३ सदस्यीय हुनेछ । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला तथा […]

हुलाकी राजमार्गको मन्त्रीद्धारा शिलान्यास

बाँके,माघ ६-बाँकेको राप्तीपारिस्थीत बघौडाबासीको सपना चाडै सकार हुने भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडकको निर्माण कार्य प्ररम्भ हुने भएपछि राप्तीपारी ९ गाविसका बासिन्दालाई आवत जावत सहज हुने भएको छ । सदरमुकाम नेपालगंज सम्म आवत जावतका लागि एक मात्र विकल्प हुलाकी सडक अलपत्र पर्दा यहाँका बासिन्दाले बषैंदेखि दुःख कष्ट बेहोर्दै आएका थिए […]

बाँकेको बनकटवा गाविसलाई बालमैत्री बनाउन प्रतिबद्धता

बाँके,माघ ६-बाँकेको बनकटवा गाविसलाई बालमैत्री गाविस बनाउन प्रतीबद्धता व्यक्त गरिएको छ । बुधबार सक्सेस फोरमले आयोजना र यूनिसेकको सहकार्यमा आयोजीत गाविस स्तरीय सरोकारवालाहरु बीच अभिमूखिकरण कार्यक्रमका वक्ताहरुले गविसलाई बालमैत्री बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका हुन । सक्सेसन फेरमका महासचिव वामदेव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वनकटवा गाविस सचिव दिपक पौडेल,उढारपुर गाविस सचिव कृष्ण बहादुर रोकाण,यूनिसेफका स्रोत […]

ग्याँस नपाएपछि एक्लै आन्दोलन गर्ने पक्राउ

बाँके,माघ ६-ग्याँस नपाएपछि आक्रोशित एक यूवाले एक्लै टायर बालेर आन्दोलन गर्न खोजेपछि प्रहरीले उहाँलाई उक्राउ गरेको छ । सरकारले खाना पकाउने एलपी ग्याँसको मुल्य घटाएपछि नेपालगंजमा बिगत १ साता देखि ग्याँसको कृतिम अभाव रहेको छ । ग्याँस नपाएपछि अक्रोशित भएका सितापुरका रमेशबाबु ददेलले धम्बोझी चोकमा टायर बालेर आन्दोलन गर्न खोजेपछि पक्राउ गरिएको छ । प्रहरीले […]