भारतीय जनता पार्टीले बनायो रेकर्ड : जिएसटीपछि पनि जित्ने विश्वकै पहिलो पार्टी

काठमाण्डौं,जेष्ठ,११- भारतको लोकसभा चुनावको हालसम्मको अवस्था हेर्दा भारतीय जनता पार्टी एक्लैले सुविधाजनक बहुमत ल्याउने अवस्था बन्दै गएको छ । लोकसभाको ५४२ सीटमा भाजपा सम्मिलिन एनडिए गठबन्धन ३४३ सीटमा अगाडि छ भने भाजपा ३०० सिटमा अगाडि छ । यो रुझान जितमा परिणत भयो भने विजेपीको लागि यो निकै ठूलो जित हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  […]

शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत एनएमसीमा वित्तीय साक्षरता

नेपालगन्ज,जेष्ठ ,१०- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिलल क्याम्पस (एनएमसी)मा शुक्रबार(आज) वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखेर बाहिरी अन्य व्यवहारिक ज्ञान अन्तर्गत बैंक सम्बन्धी व्यवहारिक आधारभूत शिक्षा दिने उद्देश्य अनुरुप कलेजले यस हप्ता शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रमको अयोजना गरेको हो। नेपाल बैंक लिमिटेडले सन्चालन गरेको वित्तिय साक्षरता तथा खोलौँ […]

खजुराका कृषकलाई दिइयो धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम

नेपालगन्ज,जेष्ठ ,०९- बाँकेको खजुरा गाउँपालिकाका कृषकहरुलाई धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ । धान बालिको सिजन शूरु हुन लाग्दा खजुराका किसानहरुलाई वीउमा आत्मनिर्भर बनाउन गाउँपालिकाको सहयोगमा आज तालिम सन्चालन गरिएको हो । खजुरा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा भएको तालिममा वीउ उत्पादक सहकारी समितिका पदाधिकारी तथा सेयर सदस्य किसानहरुलाई समावेस गराइएको सञ्जालका अध्यक्ष […]

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको अध्यक्षमा भिम गुरुङ चयन

फुकुओका,जापान,बैशाख,५- नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । महासंघले यहि जेष्ठ ५ गते (आईतबार) का दिन भिम गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । उक्त महाधिवेशनले नयाँ कार्यसमितीको अध्यक्षमा भिम गुरुङ, वरिष्ठ उपाध्यक्षमा धर्म महर्जन, उपाध्यक्षमा आशिष योन्जन लाई चयन गरेको छ । यस्तै महासचिवमा रोशन कुमार राई, सचिवमा […]

पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया

नेपालगन्ज,जेष्ठ ,०७- बाँकेको खजुरामा मंगलबार पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ। खजुरामा आयोजित एक कार्यक्रमका सहभागिले पशुपंक्षि विमा लागतमा नभई उत्पादनमा गरिनुपर्नेमा जोड दिएका छन । खजुरा गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुपंक्षि मत्स्य विमा सम्बन्धी सरोकारवालाहरुसगँ अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले विमाको आवश्यकता धेरै भएपनि झण्झटिलो प्रक्रिया हुदाँ रकम लिन कठिनाई हुने गरेको […]

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

काठमाडौँ,जेठ,७- पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ ।एक बालिका घाइते भएकी छिन् ।सोमबार राति स्थानीय धनराज शर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव […]

भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै

नरैनापुर(बाँके), जेष्ठ ,०५- बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो बनाउन थालेको छ । नेपाली गाउँ भएपनि बाटो नहुँदा भारतीय बाटो भएर पुग्नुपर्ने रोशनपुर्वामा केही दिन अघिदेखि शुरु भएको बाटो निर्माण […]

महेन्द्र बहुमुखीमा गरियो मानवशास्त्र सम्बन्धी एकदिने ओरिन्टेसन

नेपालगन्ज,जेष्ठ ,०५- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आइतबार एकदिने आरिन्टेसन तथा खोज अनुसन्धान विषयमा वृहत् छलफल गरिएको छ। त्रिभुवन विश्व विद्यालयबाट उक्त क्याम्पसमा संचालित तीन वर्षे मानवशास्त्र विषयको बारेमा ओरिन्टेसन तथा खोज अनुसन्धान सम्बन्धी छलफल गरिएको हो। त्रिचन्द्र क्यामपसका प्रोफेसर नारायण पौड्याल र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर गोकर्ण शाहिको नेतृत्वमा स्नातक र स्नातकोत्तर समुहबिच मानवशास्त्र […]

शैक्षिक क्षेत्रलाई सुधार्न शिक्षामा लगानी आवश्यक :श्रीवास्तव

नेपालगन्ज,जेष्ठ ,०४- रुम टु रिडको आर्थिक सहयोगमा पढ्नको लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रमको शुक्रवार सयुक्त अनुगमन गरिएको छ । पढ्को लागि कोठा कार्यक्रम अन्तरगत संचालनमा रहेको उक्त कार्यक्रमको सयुक्त अनुगमन कोहलपुर नगरपालिका खड्गवार स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सयुक्त अनुगमन गरिएको हो । सयुक्त अनुगमनमा जिल्ला सम्मन्वय समिति बा“केका संयोजक अजय कुमार श्रीवास्तव, कोहलपुर […]

खजुरामा दिइयो मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम

नेपालगन्ज, जेष्ठ,०३- बाँकेको खजुरामा शुक्रबार(आज)मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम दिइएको छ। जन जागरण समाज खजुराले दिगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त खजुरा र जानकि गाउँपालिकामा रहेको मदरासा शिक्षकहरुलाई उक्त व्यवस्थापन तालिम दिएको हो । बिहीवार देखि शुरु भएको मदरासा व्यवस्थापन तालिम शुक्रबार(आज)सकिएको छ । खजुरा र जानकि गाउँपालिका २१ वटा मदरासाका ३० जना शिक्षक […]