काठमाडौं,माघ,१२- धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना. ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा हिजो साँझ करेन्ट लागेको हो । बेहुला रामवरण कुँवर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले […]
समाज
बाँकेमा चट्याङबाट एकजनाको मृत्यु
नेपालगंज,माघ,११- बाँकेमा आज दिउसो परेको चट्याङमा परी एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा आज दिउँसो परेको चट्याङमा परी बर्ष ३७ का लाल मोहम्मद दर्जी घाइते भई निजका बुबाले स्थानीय नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारार्थ ल्याउनु भएको थियोे । तर निजको अस्पतालमा ल्याउदा ल्याउदै बाटो मै मृत्यु भएको अस्पतालका […]
नेपालगन्ज टेक्निकल कलेजको वृहत् रक्तदान कार्यक्रम
नेपालगंज,माघ,११- बाँकेको नेपालगन्जमा रहेको प्राविधिक शिक्षा अध्यापन गराउने कलेज नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जद्वारा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कलेजले प्रत्येक साल रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । आज बिहान १० बजे देखि कलेजको हलमा शुरु गरिएको रक्तदान कार्यक्रममा ८८ जना पुरुष छात्रले र २२ जना महिला छात्राले रक्तदान गरेको कलेजका प्राचार्य ईन्जिनियर […]
अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न
नेपालगंज,माघ,५- अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नं. ५ का ६ वटा जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा अवधी भाषी पत्रकारको उपस्थितिमा शनिबार नेपालगञ्जमा १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा गरिएको हो । साधारणसभाले संघको आफ्नो भवन, पत्रकारको क्षमता बिकास र अवधी […]
लायन्स क्लब अफ नेपालगन्ज सिटीको माघे संक्रान्तिमा खिचडी खुवाउने कार्यक्रम सम्पन्न
नेपालगंज,माघ,२- बाँकेको लायन्स क्लब अफ नेपालगन्ज सिटीले माघ १ गते मंगलबार माघे संक्रान्तिको अवसरमा नगरवासीहरुलाई खिचडी खुवाएको छ ।आफनो प्रत्येक वर्ष माघ १ गतेका दिन खुवाउदै आईरहेको खिचडी कार्यक्रम अन्तर्गत बागेश्वरी मन्दिर परिसरको पूर्व गेटमा एक कार्यक्रम गरि उक्त कार्यक्रम गरिएको थियोे । लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष लायन सुनिल कुमार गुप्ता अध्यक्ष , […]
आज नेपालगन्ज महोत्सवमा अशोक दर्जी,टंक बुढाथोकि र एआर आउने
नेपालगंज,माघ,२- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन आज बुधबार बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र ए आर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति […]
आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]
समाजसेवी उपप्रमुखद्धारा आफ्नै तलबभत्ता बाट शारीरिक अपाङ्गतालाई लत्ताकपडा बितरण
कोहलपुर,पौष,३०- चिसो मौसमको बेलामा मानिसहरुलाई खान भन्दा न्यानो कपडा लगाउन र ओड्न अति आवश्यक रहेको हुन्छ । आज कोहलपुर नगरपालिका कि उपप्रमुख सन्जु कुमारी थारुले आफनो तलबभत्ताबाट केही रकम कटाएर शारीरिक अपाङ्गता भएकाहरुलाई वितरण गरेकी छिन् । आज कोहलपुरमा अपाङ्ग नव जीवन केन्द्रको समन्वयमा उपप्रमुखको आर्थिक सहयोगमा १५ जना जति शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा […]
जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )
फुकुओका,जापान,पुष,२९- नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण […]
नेपालले अब जापानमा सीधा हवाई सेवा सुरु गर्नसक्ने
काठमाडौं,पुस,२५- नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्र आदान–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार राजधानीमा हवाई सेवा सम्झौता संशोधनका लागि […]

