चिसोमा कठयाङ्ग्री रहेका एक वृद्धलाई नेपालगन्जबाट उद्दार

राम सुनाम/ बाके,पौष,२५- नेपालगन्जको धम्बोझी चोकमा चिसोले कठयाङ्ग्रीएर बेवारीसे अवस्थामा भेटिएका एक वृद्धलाई लालिगुराँस बचत तथा ऋण सहकारी संस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखका लागि आज वृद्धाआश्रम पु¥याइएको छ । चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिएका दाङ घर बताउने जीतबहादुर ओझालाई नेपालगन्जको निल सागर वृद्ध आश्रममा रेखदेखका लागि […]

नेपालगंजमा रहेको सदरलाइन विस्तार अन्तिम चरणमा

बाँके,पुष,२५- नेपालगञ्ज त्रिभुवन चौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगञ्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत अब चाँडै सडक तथा नाला निर्माण हुँदैछ । सदरलाईन सडक विस्तारमा देखीएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले पटक पटक गरेको सम्वाद प्रक्रियापछि घरधनीहरु स्वस्फुर्त घर भत्काइरहेका […]

खोटाङमा प्याराग्लाइडिङको सफल परिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो । भीरचुङ्मा डाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो […]

ओखलढुंगामा आत्महत्या गर्नेहरुको संख्या बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२५- जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच बर्षको अवधिमा १ सय४८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये सबैभन्दा बढि एकसय जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा १२ देखी ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय […]

ढल निकास र फोहोर मैला व्यवस्थापन नहुँदा सुखड बजार दुर्गन्धीत बन्दै

बिरेन्द्र शाह/ कैलाली,सुखड,पौष,२४- कैलालीको घोडाघोडी नगरपालिको मुख्य सुखड बजारमा ढल निकास र फोहोर मैला व्यवस्थापन क्रुप बन्दै गएको छ । बिभिन्न प्रयोजनमा प्रयोग हुने पानिलाई व्यवस्थित तरीकाले व्यवस्थापन नुहदा समस्या भएको हो । केही ठाउँमा ढल निकास भए पनि बजारका बिभिन्न गल्लीहरुमा ढल निकासको लागी कुनै व्यवस्था परीएको छैन । समयमा समस्याका समाधान नहुने हो […]

पाइला-पाइलामा ठगिँदै उपभोक्ता

काठमाडौं,पुस,२४- सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषयमा नारामा मात्र सीमित हुँदा वस्तु तथा सेवामा उपभोक्ता पाइला पाइलामा ठगिने गरेका छन् । आजको कारोबारमा खबर छ ।

जाडोले कठ्यांग्रिएर सप्तरीमा दुई जनाको मृत्यु

सप्तरी,पुस,२३-  देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला तराईका जिल्लाहरुमा विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  ठाकुरको गाईगोठमा […]

नेपाल रेडक्रस सोसाइटी खजुराद्वारा कम्बल वितरण

राम सुनाम/ बाँके,पुस,२०- नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखा खजुराले आज अति विपन्न, वृद्ध, असायलाई कम्मल वितरण गरेको छ । उपशाखाका सभापति जिवनाथ सापकोटाका अनुसार ४० थान कम्बल गरिबवर्गलाई वितरण गरिएको हो । कम्बल वितरण गर्दै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको […]

खोटाङको हलेसीमा भिषण आगलागी , चार घरमा पुर्ण तीनमा आंशिक क्षती

सिर्जना बर्देवा/ ओखलढुंगा, पौष १९- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर […]

नेपालगन्ज उपमहानगरपालिकाको वडा १२ खुला दिसामुक्त घोषणा

नेपालगञ्ज,पुष १८- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ लाई आज खुला दिसामुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकाका २३ वडामध्ये १५ अौं वडाका रुपमा खुला दिशामुक्त गरिएको हो । वडामा रहेका १ हजार २० घरधुरी सवै घरले सौचालय निर्माण गरेपछि वडा नम्वर १२ लाई आज स्थानीय तहपछिको पहिलो वडाका रुपमा खुलादिशामुक्त घोषणा गरिएको हो । वडाका तर्फबाट […]