गणेशपुर गाबिसलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्न अन्तिम तयारी

अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,फागुन, ९-नेपाल सरकारको लक्ष्य अनुसार सन् २०१७ सम्म देशलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने सन्दर्भमा सबै जिल्लामा खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने अभियान तिब्र रुपमा अंगाडी बढीरहेको छ । कपिलबस्तुको गणेशपुर गाबिसमा पनि यो अभियान तिब्र रुपमा अंगाडि बढेको छ । यसै सन्दर्भमा गणेशपुर गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने […]

कृषक समाजको प्रथम साधारण सभा सम्पन्न

जंग रेउले घोराही,फागुन ,८-व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाजको साधारण सभा सम्पन्न भएको छ । नेपालका कृषकलाई आत्मानिर्भर  गराउँने उद्धेश्यले दाङको घोराहीको कर्मचारी मिलनकेन्द्रमा आज प्रथम साधारण सभा समपन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले छहरिएर रहेका कृषकहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने बताउनु भएको हो । नेपाल सरकारले पशु पालनको लागि […]

गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल, बाँके,फागुन,८-गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । श्री बागेश्वरी आधारभुत विद्यालय वेलासपुर १६ को आयोजना तथा जिल्ला शिक्षा कार्यलय बाके, सेभ द चिल्डे«न तथा बाके युनुस्को समन्वयमा उक्त संवाद कार्यक्रम भएको हो । विद्यालयमा विद्यार्थीहरुको सहभागिताको विषय तथा शिक्षाको विषयमा शिक्षक विद्यार्थी तथा विद्यालय व्यवस्थापन संघ ,स्थानिय वडानागरीक मंच, शिक्षक […]

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

चितवन, फागुन ८ – माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए ।सहजकर्ता, स्वयंसेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन हुनबाट १ […]

रेडियो भ्वाइस ६ वर्षमा प्रवेश

अराज सिहं बेल्बासे, रेडियो भ्वाइस,चन्द्रौटा,फागुन ७-कपिलबस्तुको चन्द्रौटा बाट  प्रशारणमा रहेको रेडियो भ्वाइस १०२.४ मेगाहर्जले आजदेखि ६ औ वर्षमा प्रवेश गरेको छ । परिर्वतन सञ्चार गृह बाट सञ्चालित रेडियो भ्वाइस कपिलबस्तुको पश्चिमी क्षेत्रमा रहेको स्थानिय निकाय मधेस अधिकारका कुरा महिला शसक्तीकरण जस्ता सामाजिक क्षेत्रमा प्रभाव पार्ने खालका कार्यक्रम समाचार सञ्चालन गरि रेडियोको माध्यमबाट समाजमा रहेका अन्धबिश्वास […]

बाँकेमा जेष्ठ नागरिकका लागि ५ दिने च्याउ खेती तालीम शुरु

बाँके,फागुन ७-बाँकेको कारकाँदोमा जेष्ठ नागरिकलाई लक्षीत गर्दै आज (शनीबार ) देखि पाँच दिने च्याउ खेती तालीम शुरु भएको छ । नेपालगंज उपमहानगरपालिकाको आयोजना र जयपृथ्वी सामुदायिक सिकाई केन्द्रको सहजीकरणमा तालीम शुरु भएको हो । तालीममा नेपालगंज उपमहानगरपालिकाका वडा नं. २४,२५,२६,२७,र २८ बाट तीन तीन जना र जेष्ठ नागरिक समुहबाट १४ जनाको सहभागिता गरि जम्मा २९ […]

दशौं कञ्चनपुर पर्यटन महोत्सव आज देखि शुरु

इन्द्र कार्की कञ्चनपुर,फागुन ६- “कृषि पर्यटन र उर्जामा विकास समृद्ध सुदुरपश्चिमको आधार” भन्ने मुल नाराका साथ दशौं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर कृषि पर्यटन महोत्सव महेन्द्रनगरको खुला मञ्चमा आज देखि शुरु भएको छ । आयोजक कञ्चनपुर उद्योग वाणिज्य महासंघ रहेको महोत्सवको उद्घाटन  एक कार्यक्रम विच नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा कञ्चनपुर क्षेत्र नं. ३ […]

कोहलपुर महोत्सव आज देखि शूरु

बाँके,फाल्गुन ६ –कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज देखि कोहलपुरमा शूरु हुदैछ  । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर […]

बैजापुरमा स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी परिचालन

बाँके,फागुन ६-बाँकेको राप्तीपारी बैजापुर ९ धामपुरमा सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ८ जना डाक्टर खटाईएको छ । स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार र आज शुक्रबार टोलीले सर्वसाधारणलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख […]

नक्सा फेरेर ठगी गर्ने ९ माथी मुद्दा : ६ फरार २ कर्मचारी सहित ३ कारागार चलान

बाँके,फागुन ६-सरकारी कागजातमा किर्ते गरि जग्गा बिक्री गरेको आरेपमा पक्राउ परेका कर्मचारी सहित तीन जनालाई जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार पाठाईएको छ ।नेपालगंज २७ मनिकापुरको जग्गालाई सुर्खेरोडको घडेरी जग्गा हो भने बिक्री गर्ने व्यक्ती र उक्त कार्यमा सघाउने कर्मचारीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके […]