बाँके,माघ ९-नेपालगन्ज भन्सारमा कार्यालयले चालु आर्थीक वर्ष ०७३।०७४ को प्रथम ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थीक वर्षको साउनदेखी पुस मसान्तसम्म तीन अर्व १७ करोड ४९ लाख ७६ हजार रुपैंया राजश्व संकलन भएको छ । ६ महिनाको भन्सार संकलन लक्ष्य दुई अर्व ३८ करोड १७ लाख ८१ हजार […]
समाज
पर्यटन पत्रकार संघ बाँकेको प्रथम अधिवेसन आज
मधुपौडेल बाँके,माघ ९-पर्यटन पत्रकार संघ बाँकेको प्रथम अधिवेसन आइतबार कोहलपुरमा हुने भएको छ ।समृद्धिका लागि पर्यटन संचार अभियान भन्ने मुल नाराका साथ पर्यटन पत्रकार संघको प्रथम अधिवेसन केन्द्रिय अध्यक्ष धनीराम शर्मा ऋतुविचारको प्रमुख आतिथ्यमा हुने पर्यटन पत्रकार संघ तदर्थ समिति बाँकेका अध्यक्ष तथा अधिवेसन संयोजक अमृता के सीले जानकारी दिनुभयो ।पर्यटन प्रबद्धनका क्षेत्रमा कलम चलाउने […]
बिदेशमा बेपत्ता हुनेको अवस्था भयानक
टेकराज भण्डारी, अछाम माघ ८-मंगलसैन नगरपालिका वडा नम्बर ७ का गंगाराम ढुंगाना रोजगारीको शिलशिलामा २ बर्ष अघि भारत जानुभयो । भारतको पुना जान भनेर गएका उनी त्यहाँ नपुग्दै वीच बाटोबाटै बेपत्ता हुनुभयो । श्रीमती, ३ छोरी र १ छोरा रहेका उनको घरमा अहिले सन्नाटा छाएको छ । उनको खोजिका लागि घरपरिवारले सकेजति प्रयास गरेपनि त्यो […]
कागजीरुपमा मुक्त भएका हलियाको अवस्था दयनीय बन्दै
डडेल्धुरा,माघ ८-आठ वर्षअघि कागजीरुपमा मुक्त भएका हलियाको अवस्था दयनीय बन्दै गएको छ । डडेल्धुराको असिग्राम गाविसमा रहेका १४ घरधुरी मुक्त हलियाले स्थानीय गौचर वनलाई शान्ति कबुलियती वनको रुपमा प्रयोग गर्दै आँएका छन् । तर पनि उनीहरुलाई जीविकोपार्जनको पिरले सताएको छ । डडेल्धुराको असिग्राम–९ भेटालगायतका गाउँमा हलेटी र घरायसी काम गर्दै आएका हलिया परिवारका घर २०६६ […]
बाँकेमा अझै करिब ४०० शिक्षक अपुग
बाँके,माघ ८-बाँकेमा अझै करिब ४०० शिक्षक अपुग रहेका छन् ।सरकारले समय अनुसार शिक्षक कोटा थप्न नसक्दा शिक्षकहरु अपुग रहेको बाँकेका साहय जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै थापाले अहिले शिक्षक सेवा आयोगले लिईरहेको परिक्षाबाट आउने नयाँ शिक्षकहरुपनि पुरानै कोटामा आउने भएकाले शिक्षक अभाव […]
बाँकेमा विद्युत चुहावटबाट ५० लाख रुपैंया जरिवाना असुली
बाँके,माघ,८-बाँकेमा विद्युत चोरी र चुहावट सिलसिला बढेपछि नेपाल विद्युत प्राधिकरण नेपालगंजले थालेको कारवाहबिाट झण्डै ५० लाख रुपैया जरिवाना असुल भएको छ । बेतहनी,बनकट्टी ,कम्दी जयसपुर,हिरमिनीया,लगायत जिल्लाका अन्य क्षेत्रबाट कटिया फसाउने विद्युत चोर २२० जनालाई गत वर्ष पक्राउ गरेको छ । उनीहरुबाट १९ लाख ८९ हजार १ सय ६७ रुपैया असुल गरिएको छ । चालु आर्थीक […]
इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल भोली शनीबार हुने
मधुपौडेल बाँके,माघ ७-इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको भोली शनीबार हुने भएको छ । शनिबार ठिक ११बजेर ५९ मिनेटमा सुरु हुने आयोजकले जनाएको छ । फेस्टिफेलका लागि नेपालगंजमा सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल ,उपेन्द्र राज पाण्डे लगाएताको टिम आएको एक पत्राकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज र भोली […]
सदरलाईन विस्तारको काम छिट्टै शुरु हुने
बाँके,माघ ७-नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगंज सदरलाईन विस्तारको काम छिट्टै शुरु हुने बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै विस्तारका लागि समन्वय गर्न गठित २१ सदस्यीय समितिका संयोजक समेत रहनु भएका वैश्यले स्थानीयहरुले घर भत्काउन सहमती दिईसकेकाले अब विस्तारको काम शुरु हुने बताउनु भएको छ […]
फत्तेपुरबाट विद्युत चोरी गर्ने १३ जना पक्राउ
बाँके,माघ ७-नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगजंले विद्युत चोरी गर्ने १३ जनालाई बिहिबार फत्तेपुर गाविसबाट नियन्त्रणमा लिएको छ । विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीको अनुमती नलिएर विद्युत बाल्दै आएकलाई नियन्त्रणमा लिएको हो । विद्युत चोरी गर्नेहरुलाई विद्युतीय सामानसहित पक्राउ गरेर कारबाही गरिएको नेपाल विद्युत प्राधीकरण नेपालगंज वितरण केन्द्रका प्रमुख उमेश कुमार झले बताउनुभयो […]
हुलाकी राजमार्गको मन्त्रीद्धारा शिलान्यास
बाँके,माघ ६-बाँकेको राप्तीपारिस्थीत बघौडाबासीको सपना चाडै सकार हुने भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडकको निर्माण कार्य प्ररम्भ हुने भएपछि राप्तीपारी ९ गाविसका बासिन्दालाई आवत जावत सहज हुने भएको छ । सदरमुकाम नेपालगंज सम्म आवत जावतका लागि एक मात्र विकल्प हुलाकी सडक अलपत्र पर्दा यहाँका बासिन्दाले बषैंदेखि दुःख कष्ट बेहोर्दै आएका थिए […]









