सुनौलो हजार दिनका आमा तथा बच्चालाई लक्षित गरि तालिम संचालन

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका ८ रागदिप ओखलढुंगामा पोषिलो जाउलो बनाउने तालिम सम्पन्न भएको छ । सुनौलो हजार दिनको आमा तथा बच्चाहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । युएसए आईडी र सेब द चिल्डेनको आर्थिक सहयोग तथा ग्रामीण बिकास मञ्च फोर्ड नेपाल सवल परियोजना द्धारा संचालित सवल कार्यक्रमले तालिम संचालन गरेको […]

ओखलढुंगा सामुदायकि अस्पतालले थाल्यो अक्सिजन उत्पादन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा सामुदायकि अस्पतालले अक्सिजन उत्पादन थालेको छ ।अक्सिजन उत्पादन केन्द्र स्थापना गरेर अक्सिजन उत्पादन थालिएको हो । नेपाल सरकार र नोरमिसन नामक बिदेशी संस्थाको संयुक्त लगानीमा १ करोड ४ लाख लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको अस्पतालका निर्देशक टुक बं श्रीमलले बताउनु भयो । उक्त केन्द्रको २४ घण्टामा २० जम्बो सिलिनडर अक्सिजन […]

उपयोगी फर्सी

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२८- फर्सी गाउँघर सहरवजार मा सर्वसुलभ रुपमा पाईने तरकारी हो । मुख्य गरी तरकारीको रुपमा खाइने फर्सी गर्मी र चिसो मौसममा खाइन्छ । पोषणको दृष्टिकोणले पोषिलो फर्सिमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । हरियो भन्दा पहेलो रंगको पाकेको फर्सीमा भिटामिन तथा खनिज तत्वहरुको मात्रा वढि हुन्छ । फर्सी का विभिन्न परिकारहरु वनाएर खान […]

रोटा भाइरस र पोलियो विरुद्ध खोप २०१८ मा आउने

काठमाडौं,मंसिर,२८- झाडापखाला विरुद्धको रोटा भाइरस र पोलियो विरुद्धको एफ आई पी भी खोप सन् २०१८ मा मात्र नेपाल ल्याईने भएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा हालसम्म प्रयोगमा नआएको रोटा भाइरस र एफ आई पी भी खोप यही मंसिरसम्ममा प्रयोगमा ल्याउने तयारी सरकारले गरेपनि प्रक्रियागत ढिलाईंका कारण पछि धकेलिएको हो । हाल ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड […]

ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,१६- चिसो बढेसंगै ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या पनि बढेको छ । सामुदायिक अस्पतालका डा एरीक बोलरका अनुसार मौसमी रुघाखोकीको समस्या लिएर दैनिक सरदर १५ जना बिरामी अस्पताल आउने गरेका छन् । चिसो मौसम शुरु भएसंगै रुघाखोकी, ज्वरो, घाँटी दुख्ने लगाएतका समस्या लिएर अस्पताल आउने बिरामी बढेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार […]

वृद्धाश्राममा निःशुल्क स्वास्थ चेकजाच गर्दै डाक्टर कर्ण

नेपालगन्ज,मंसिर,१६- बाँके क्षेत्र नम्बर २ ख मा विवेकशिल साझ पार्टीको तर्फबाट प्रदेश सभाका उम्मेदवार रहेका डाक्टर विनोद कर्णले नेपालगन्जको निलसागर बृद्धाश्राममा रहेका विरामीहरुलाई निःशुल्क चेकजाँच गर्नुभएको छ । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका सम्योजक समेत रहेका डाक्टर कर्ण सहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकास्थित आँखा अस्पताल रोड र निलसागर बृद्धाश्रामको सरसफाई गरी वृद्ध वृद्धालाई फलफुल समेत वितरण […]

हर्टअट्याक अथार्त हृदयघात

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१६-  मुटु मानव शरीरको एक महत्वपुर्ण अंग हो । मुटुका विभिन्न रोगहरु मध्ये अकस्मात हुने हृदयघात (हर्ट अट्याक) हालको जल्दोवल्दो मृत्युको कारण वनिरहेको छ । हृदयघात आकस्मिक  अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग गिदी लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । […]

आज विश्व एड्स दिवस : बाँकेमा महिला मैत्रीपुर्ण फुटबल हुने

बाँके,मंसिर,१५- विश्व एड्स दिवस आज नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाईदै छ । आज विश्व एड्सका दिन एचआईभी संक्रमणले गर्दा मुत्यु भएका ती सम्पुर्ण संक्रमीतहरुको आत्माको चिर शान्तीका लागी दिप प्रज्वलन पनी गरिन्छ ।  बिश्व एड्स दिवसको अवसर पारी बाँकेमा भने मैत्रीपुर्ण फुटबल  हुन लागेको छ । जिल्ला एड्स समन्वय समिति बाँकेको आयोजना र नेपाल पत्रकार […]

श्वासनलीको संक्रमण

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,०७ श्वासनलीको संक्रमण भनेको के हो ? नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ । गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र […]

ओखलढुंगा स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामीको आकर्षण बढ्दो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- ओखलढुंगा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत केही वर्ष देखि उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको पाईएको छ । आयुर्वेद औषधी प्रती विरामीको आकर्षण बढेसंगै उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको हो । ग्याष्ट्रिक ,बाथ लगायत खानपिनको अनियमितता र मौसम परिवर्तनका कारण लाग्ने रोगका बिरामीहरु धेरै मात्रामा जिल्ला आयुर्वेद […]