आज फागू पुर्णिमा, होली पर्व : पहाडी जिल्लामा मनाईदै

काठमाडौं,चैत्र,११-हिन्दू नेपालाहरुको रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ पहाडी जिल्लामा मनाईदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ । […]

टोकियोमा दोहोरी कलाकार द्वय श्याम राना र सम्झना लामिछाने ले दर्शकलाई झुमिझुमी नचाए

टोकियो,जापान,पौष,२८-जापानको टोकियोमा लोक तथा दोहोरी कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछाने मगरले दर्शकलाई झुमिझुमी नचाएका छन्।  नेपाल मगर संघ जापानले शनिवार माघे संक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायीका सम्झना लामिछाने र चर्चित लोक दोहोरी गायक श्याम राना मगरले दर्शकलाई नचाएका हुन्। […]

माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ : राजदुत डा. दुर्गा बहादुर सुवेदी

टोकियो,जापान,२८-जापान स्थीत नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीले माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ। नेपाल मगर संघ जापानले शनिवार  टोकियोमा आयोजना गरेको एक सांगितीक माघे संक्रान्ती विशेष लाङ्घाली साँझ कार्यक्रममा बोल्दै महामहिम राजदुत डा.दुर्गा सुवेदीले माघे संक्रान्ती पर्व एक महत्वपुर्ण पर्व भएको हुदाँ यो पर्व मगर समुदाय […]

मगर संघ क्षेत्रीय समिती गुन्माको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियो,पुस,२९-नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।शनिवार माघी विशेष कार्यक्रम गर्दै माघे संक्रान्ती पर्व मनाईएको थियो। उक्त माघि विशेष कार्यक्रममा विभिन्न जापानमा रहेका प्रवासी मगर समुदायका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रमाईलो बनाएका थिए। औपचारिक कार्यक्रमको सभापतित्वमा नेपाल मगर संघ क्षेत्रीय समिती संघका अध्यक्ष रिदम रोका मगर […]

नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]

जापानमा भूकम्प परी मृत्यु हुनेको संख्या ६४ पुग्यो, उद्धार कार्य जारी

टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र विन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ। नयाँ वर्ष २०२४ साल सुरु भएकै दिन जनवरी १ तारिख सोमबार ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजी भन्ने सहरमा व्यापक क्षति तथा आगलागी भएको छ।बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूमा खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्म के कति क्षती भयो […]

एनएसएल : पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनल प्रवेश

काठमाडौं,पौष,९-नेपाल सुपर लिग (एनएसएल) को सुदुरपश्चिमको टिम धनगढी एफसी फाइनलमा पुगेको छ । आज सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनल पुगेको हो। निकै रोमाञ्चकप्रतिस्पर्धात्मक भएको खेलमा अग्रता भने पोखराले लिएको थियो।अन्तत धनगढी एफसी तीन पटक पछि परिसकेको अवस्थालाई उल्टाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो। पोखरा थन्डर्सले तीन पटक […]

आज क्रिसमस डे नेपालमा पनि मनाइँदै

काठमाडौं,पौष,९-आज क्रिसमस डे मनाईदै!क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो। मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए। सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट […]

JRF मा मेम्बर बनी पैसा पठाउदा पहिलो, दोस्रो र प्रत्येक चौंथो पटक सर्विस चार्ज फ्रि

टोकियो,जापान,मंसिर,२२- जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बन्दा लगातार पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक नेपाल पैसा पठाउदा सर्विस चार्ज निःशुल्क पाउन सक्नु हुनेछ। उक्त सेवा सुविधा लीन सेवाग्राहीले केहि प्रकृया भने पुरा गर्नु पर्नेछ।त्यो प्रकृया एकदमै सजिलो रहेको छ।जापान रेमिटको पहिलो मेम्बर बने पश्चात सेवाग्राहीले पैसा पठाउदा तिन वटा कुराको अनिवार्य ध्यान दिनु […]

जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा

टोकियो,जापान,मंसिर,२०-जापान रेमिट फाईनान्स ( जे आर एफ ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०११ सेप्टेम्बर २६ बाट सञ्चालमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ।  विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो […]