अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाईंदै

ताप्लेजुङ,भाद्र,३०- आज रेडपाण्डा डे अर्थात् नवौं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस ।विश्वकै दुर्लभ र लोपोन्मुख रेडपाण्डाको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा अर्थात् हाब्रेको बासस्थान र आहारा संकटमा पर्दै गएपछि रेडपाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन सुरु गरेको हो ।रेडपाण्डा संरक्षणकै लागि रेडपाण्डा नेटवर्कले विभिन्न […]

आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै

काठमाण्डौं,भदौ,२७- आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ  भव्य रुपमा मनाउदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर […]

ज्ञानोदय मा-वि-द्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र, २५- बाँके जिल्लामा रहेको ज्ञानोदय बिद्या निकेतन माध्यमिक विद्यालयद्वारा नेपालगन्जले अाफना बिद्यालयमा अध्यापन गराउनु हुने शिक्षक ,शिक्षिका, र कर्मचारीहरुलाई तिज मिलन मार्फत शुभकामना अादान प्रदान र तिज मिलन कार्यक्रम गरेको छ । अाज एक कार्यक्रम गरेर बिद्यालयले शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई दर खुवाएक‍ो थियो ।उक्त कार्यक्रममा नाचगान गरेर रमाइलो गरिएको थियो । उक्त कार्यक्रमको […]

साफ च्याम्पियनसिप फुटबलमा बुधवार नेपालले माल्दिभ्सको सामना गर्ने

काठमाडौं,भदौ,२५- बंगला देशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो । हिजोको खेलपछि समूहमा भारत विजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो । माल्दिभ्स र श्रीलंका दुबै टोलीको समान १–१ अंक थियो ।दुबै […]

डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार

विराटनगर,भदौ,२५- बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा […]

टमाटर र खुर्सानी बेचेरै ५ महिनामा ६ लाख अाम्दानी

दाङ, भाद्र,२३- दाङको घोराही उपमहानगरपालिकाका एक जना कृषकले अाफुले लगाएको टमाटर र खुर्सानी बेचेर पाँच महिनामा रु ६ लाख नगद अाम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १० का कृषक मनकलाल थारुले अाफनै १५ कट्ठा जग्गा शिव शक्ति कृषि फर्ममा खेती गर्ने गरेका छन् । उनी पहिले विदेश मलेसिया र दुवई बसेर पनि सोचे जस्तो […]

नेपाल सेमिफाइनलमा प्रवेश : बंगलादेशमाथि नेपालको शानदार जित

ढाका,भदौ,२३- आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले […]

मिस टिन कलेज र कलेज हेन्डसम को ट्यालेन्ट सो सम्पन्न

काठमाडौ,भदौ,२३- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए […]

गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं,भदौ,२३- गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा […]

नेपाल स्वास्थ्य कर्मचारीद्धारा बधाई तथा शुभकामना आदान प्रदान

नेपालगन्ज,भाद्र,१८- नेपालगन्ज मेडिकल कलेजमा प्रतिष्ठान स्तरको ट्रेड युनियन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा अाज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । नेपालगन्ज मेडिकल कलेजमा तिन वटा ट्रेड युनियन रहेकोमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको ५ अौं अधिबेशन बाट निर्वाचित पदाधिकारीलाई बधाई […]