जापानद्धारा बीपी राजमार्ग पुनर्निमाण गर्न १ अर्ब ८ करोड सहयोग

काठमाडौं,कार्तीक,८- बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई जापानले १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।अर्थ मन्त्रालयमा आज सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो ।अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । १६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको […]

नेपाल सरकारले तोकेको न्यूनतम तलबभत्ता नपाए पछि मजदुरहरु आन्दोलनमा

बाँके,कार्तिक,६- नेपाल सरकार श्रम मन्त्रालयले गत श्रावण महिना देखि लागु हुने गरी मजदुरहरूको न्युनतम पारीश्रमिक मासिक रु १३४५० तोकेकोमा उक्त तलबभत्ता नदिएको भन्दै बाँकेको जानकी गाउँ पालिका खजुरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका मजदुरहरु अाजबाट अान्दोलनमा उत्रिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कमिटीको सहयोगमा त्यहाँ कार्यरत रहेका मजदुरहरु अान्दोलनमा उत्रिएको अखिल नेपाल […]

लोपाेन्मुख खेल कुस्तीका दाउपेच

विराटनगर,कार्तिक,५- दशैंको अवसरमा विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे। साेमबार तराई-मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयासस्वरुप कुस्ती प्रतियोगिता गरिएको हो।  तीन दशक अघिसम्म मोरङ, सुनसरी र झापामा उल्लेख्य संख्याका पहलमान थिए। तर पछिल्लो समय कुस्ती प्रतियोगिताको […]

१६६ औं शिक्षा दिवश मनाईयो

काठमाडौं,असोज,२७- तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स. १९१० असोज २७ गते जंगबहादुर राणाले दरवार हाइस्कूल स्थापना गरी औपचारिक रुपमा विद्यालय शिक्षाको शुरुवात गरेका […]

ओखलढुंगामा आँखाका रोगी बढे

ओखलढुंगा,असोज,२०- ओखलढुंगामा आँखाका रोगी बढेको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक आँखाका रोगी अस्पताल आउने क्रम बढेको केन्द्रका इन्चार्ज टिका राईले बताउनुभयो । धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको हो । आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा लाग्ने समस्या लिएर […]

खोटाङमा ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन

खोटाङ,असोज,१९- बढ्दो महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना न्युनीकरणका लागि खोटाङमा प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, एसिड आक्रमण, बलात्कार र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले दिक्तेलको सरस्वती माविमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतनामूलक कार्यक्रम गरेको हो । जिल्लामा समेत […]

तेस्रो दशैं कप फुटसलको टाई-सिट सार्वजनीक

फुकुओका,जापान,असोज,१७- जापानको फुकुओकामा असोज २० गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिईएको हो । प्रवासमा रहेर पनी हरेक यूवा खेलप्रेमीहरुको स्वास्थ्य, स्वस्थ, रहोस् र नेपालीहरुबिचको मेलमिलाप र भाईचाराको सम्बन्ध अझै एक आपसमा प्रगाढ रहोस् भन्ने उद्देश्यका साथ […]

‘ए’ डिभिजन लिग : आज आर्मी र एनआरटी भिड्दै

काठमाडौं,असोज,१३- आजबाट शुरु हुने पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा आज विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।  घरेलु फुटबल करिब पाँच बर्ष देखि आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरु हुन लागेको हो । रेलिगेशन नहुने […]

ट्याकटरले किच्दा एक जनाको मृत्यु

ओखलढुंगा,असोज,१३- ओखलढुंगाको मानेभञ्ज्यागं गाउँपालिका १ मोलीमा ट्याकटरले किचेर एक जनाको मृत्यु भएको छ । को २ त ४६८० नम्बरको ट्याकटरले गएराती १० बजे तिर किचेर दर्शरथ राईको घटना स्थलमै मृत्यु भएको हो । ओखलढुंगा बाट मोलीको सिंचाई कुलोको सामान लिएर गएको ट्याक्टरमा सामान अनलोड गर्न चडेका राईको ट्याक्टर बाट खसेर बिचको टायरमा चेपिदा मृत्यु भएको […]

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार

विराटनगर,असोज,८- नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको […]