काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]
होम
बिसु मनाउन घर फर्कदै नेपाली
इन्द्र कार्की /महेन्द्रनगर,३०,चैत नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा […]
बृहत योग एवं आर्युवेद शिविर समापन
इन्द्र कार्की /महेन्द्रनगर,चैत,२५ महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भएको बृहत योग एवं आर्युवेद शिविर आज एक कार्यक्रमका विच समापन गरिएको छ । योग शिविर भीमदत्तनगर पालिकाको सहयोगमा पतन्जली योग समिति कञ्चनपुरले यहि चैत २१ गते देखि आयोजना गरेको हो । पाँच दिन सम्म चलेको योग शिविरमा विहान ५ वजे देखि ७ वजे सम्म योगका विभिन्न आसन, […]
नेपालगन्ज बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
ज्ञानु सङ्गम खड्का /नेपालगन्ज , चैत्र,१६ नेपालगन्ज बहुमुखी क्याम्पसको आयोजनमा आज शुक्रबार क्याम्पसको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिबिएस अध्ययनरत बिद्यार्थिहरु बिच गराइएको उक्त प्रतियोगितामा पाँच समूह बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा प्रतियोगी अन्य समुहलाई पछि पार्दै पोखराज भण्डारीको समूह प्रथम र दुर्गा अधिकारिको समूह द्वतीय भएको थियो। क्याम्पसका मुख्य सञ्चालक […]
५ दिन हुँदा पनी आगलागी घटनामा संलग्न फेला परेन
कैलाली,फागुन,३०- कैलालीको लम्कीचुहा नगरपालीका ४ बलीयामा गत फागुन २५ गते स्थानीय मान बहादुर चौधरीको एक खोका पसलमा भएको आगलागी घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोका भित्र मान बहादुरकी ३२ बर्षिया श्रीमति सन्तोसी चौधरी,ढाई बर्षिया छोरा नेत्र बिक्राम चौधरी र ९ बर्षिया चौधरी छारी सुति रहेका थिए । आगोले मान बहादुर की श्रीमति […]
विमान दुर्घटना : २२ नेपाली सहित ४९ जनाको मृत्यु
काठमाडौं,फागुन,२८- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ […]
विमान दुर्घटनाको कारण : गलत दिशाबाट अवतरण
काठमाण्डौं,फागुन,२८- त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारी अनुसार सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो। यसरी अर्कै दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसके पछि […]
सन्दर्भ नारी दिवस
इन्द्र कार्की /महेन्द्रनगर,२४,फाल्गुन आज १०८ औं अन्तराष्ट्रिय नारी दिवस देश विदेशमा विभिन्न कार्यक्रमहरु सहित भव्यताका साथ मनाइदै छ । सामाजिक सञ्जालहरु,सञ्चार माध्यमहरु,सामाजिक तथा व्यक्तिगत रुपमा आज नारी दिवसको शुभकामना आदानप्रदान भईरहेको छ । नारी अथार्त महिलाका पक्षमा कार्यरत विभिन्न निकायहरुले विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि नारी दिवसलाई भव्य मनाउन लागेका छन् । विश्व भरि […]
केरा एक फाइदा अनेक
इन्द्र कार्की / महेन्द्रनगर,२३,फाल्गुन विश्वमा सर्वाधिक रुपमा प्रयोग गरिने फल मा पर्छ केरा । केरा जुनसुकै मौसममा पनि उपलव्ध हुने फल हो । केरा नपाइने ठाउँ विश्वमा विरलै पाइएला । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, […]
महिलाको मृत्यु पछि महाकाली अञ्चल अस्पतालमा तनाव
इन्द्र कार्की /महेन्द्रनगर,२० ,फाल्गुन बारम्वार विवाद र तनावको चपेटामा परि रहने महाकाली अञ्चल अस्पताल शनिवार फेरि पनि तनाव ग्रस्त वन्न पुग्यो । भिमदत्तनगर पालिका ११ भुजेला वस्ने ४६ वर्ष की कलावती सार्कीको उपचारको क्रममा फाल्गुन १९ गते शनिवार विहान ५ वजे मृत्यु भए पछि महाकाली अञ्चल अस्पताल तनाव ग्रस्त वन्न पुगेको हो । सार्कीका आपन्तले […]









