विश्वकप फुटबल नकआउट चरणमा कसले कोसंग खेल्दैछन् हेर्नुहोस् (सुची सहित)

काठमाडौँ,असार,१५- रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबार रातीको खेलमा जापान ग्रुप ‘एचबाट उपविजेता बन्दै कोलम्बिया संगै नकआउट चरणमा प्रवेश गरेको छ ।  बिहिबार रातीको खेलमा जापान पोल्याण्ड संग १-० गोल अन्तरले हार बेहोरेको थियो । तर उता कोलम्बियाले सेनेगललाई हराएका कारण जापान नकआउट चरणमा प्रवेश गरेको हो । सेनेगल र जापानको […]

विश्वकपमा आज तीन खेल : अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै

काठमाडौं,असार,८- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । पाँचौं समूहको पहिलो खेलमा ब्राजिल र कोस्टारिका भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे नाइजेरियाले आइसल्याण्ड संग चौथो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने १२ बजे पाँचौ समूहको खेलमा सर्बियाले स्विट्जरल्याण्ड संग […]

विश्वकपमा आज ३ खेल : जापानले कोलम्बिया संग खेल्ने

काठमाडौं,असार,५- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एचको खेलमा कोलम्बिया र जापान भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे पोल्याण्डले सेनेगलसंग खेल्नेछ । आज असार ४ गते हुने खेलहरुको समय तालीका साँझ ५:४५, कोलम्बिया र […]

विश्वकप फुटबल आजबाट शुरु हुदै : पहिलो खेल रसिया र साउदी अरबीयाबीच हुने

रसिया,मस्को,जेठ,३१- विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट शुरु हुदैछ। विश्वकप फुटबलमा ३२ वटा वटा राष्ट्रहरूको टोलीले सहभागीता जनाउदैछन् ।रसियाको राजधानी मस्कोमा आज साँझ भव्य रुपमा विश्वकप समारोह उद्घाटन हुदैछ । उद्घाटन लगत्तै आयोजक रसिया र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल नेपाली समय अनुसार बेलुका ८:४५ हुनेछ ।रसियाका विभिन्न ११ शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् […]

लोकतन्त्रमाथी प्रहार गर्दै वर्तमान सरकार

दिपा आले/ काठमाण्डौं,जेठ,२९- नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ । किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय […]

नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?

इन्द्र कार्की / महेन्द्रनगर,जेठ,२१       हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो […]

अग्नी नियन्त्रण तथा उद्धार तालिम

नेपालगञ्ज,जेठ,१९- आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सो तालिम शुरु गरिएको हो । प्रत्येक वडाबाट दुई जना समेटने गरि ५० जनाको सहभागिता रहेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आगलागीबाट […]

पूर्ण सरसफाई नगर बनाउन आवश्यक :उपप्रमुख थापा

नेपालगञ्ज,जेठ ९- नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगञजलाई खुला दिसामुक्तसँगै पूर्ण सरसफाई नगर बनाउन रणनीतिक योजना तथ नीतीको आवयश्यक्ता औल्याउनु भएको छ । नेपालगञज उपमहानगरपालिकाद्धारा आज नेपालगञजमा आयोजित खुला दिसामुक्त नगर घोषणा तथा पूर्ण सरसफाईका लागि अभिमुखीकरण कार्यक्रमको सम्वोधन गर्दै उपप्रमुख थापामगरले सो कुरा बताउनु भएको हो । २३ वटा वडा रहेको उपमहानगरपालिकामा अब वडा […]

३५ अौं अन्तर्राष्ट्रिय एड्स दीप प्रज्वलन दिवस बांकेमा पनि मनाईयो

के-पी- घिमिरे/ नेपालगन्ज, जेठ,६- एच-अाई-भी- संक्रमित भएकाहरुप्रति हुने भेदभावको अन्त्य गर्दै र एच-आइ-भी- एड्सजन्य संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झनामा अाज बांकेको नेपालगन्जमा दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय एड्स स्मृति दीवस मनाईएको छ ।भेरी अन्चल अस्पतालका बरिस्ठ फिजिसियन तथा एचआइभी एड्स फोकल व्यक्ति डा- संकेत रिसालको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो । जसमा ए-एच-एफ- बांकेका संयाेजक […]

अपांङ्गलाई हक दिलाउन अपांङ्गले नै गरे साईकल यात्रा

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,६- अपाङ्गता भएका व्यक्तिहरुका लागि हकहित र अधिकार स्थापित गराउन अाफै अपाङ्ग भएका व्यक्ति स्वयंले नै ४४२ किलो मिटर दुरीको साईकल यात्रा गरिरहेका छन् । कैलालीको लम्कीबाट जेष्ठ २ गते साईकल यात्रामा निस्केका एउटामात्र खुट्टाले साईकल चलाएर यमलाल रसाइली हिजो कोहलपुर अाईपुग्नु भएको हो । उहाको भनाई अनुसार शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले हेर्ने […]