बिहानी अनलाईनको आज प्रथम वार्षिक उत्सव मनाईयो

जापान,साउन,३०- बिहानी अनलाईन डटकमले आज आफ्नो प्रथम वार्षिक उत्सव जापानको फुकुओकामा मनाएको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो […]

भारतको हिमाञ्चलमा गुडिरहेको बसमाथि पहिरो खस्यो, ४८ जनाको मृत्यु

काठमाडौं, साउन ३०- भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ ।हिमाञ्चलको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको हो । बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ ।उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विगत केही दिनको भारी बर्षापछि पहिरो गएको बताइएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा भेटियो

जापान,साउन,२६- जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा (आज) भेटिएको छ ।दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक ‘एटम बम’ले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका […]

अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले गरे देशभक्ति प्रदर्शन

प्योङयाङ्ग, साउन २६- अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले देशभक्ति प्रदर्शन गर्दै प्योङयाङ्गमा र्‍याली निकालेका छन् ।प्योङयाङ्गस्थित किम इल सुङ्ग स्क्यागरमा बुधबार दशौं हजार नागरिक भेला भइ अमेरिकी धम्कीको विरोधमा प्रदर्शन गर्नुका साथै देशभक्तिको सन्देश प्रवाह गरेका हुन् । सेतो पोशाकमा आएका प्रदर्शनकारीहरुले उत्तर कोरियाको झण्डा र सर्वोच्च नेता किम जोङ उनको तस्वीरसमेत बोकेका […]

उत्तर कोरियालाई अमेरिकाको चेतावनी: ‘सत्ताको पतन तथा देशको विनास हुनसक्छ’

काठमाडौं, साउन २६- अमेरिकी रक्षामन्त्री जिम म्याटिसले आफ्नो विनासको बाटो आफैं नबनाउन उत्तर कोरियालाई चेतावनी दिएका छन् ।रक्षामन्त्री म्याटिसले उत्तर कोरियाले गरिरहेका पछिल्ला गतिविधि उसकै लागि घातक हुनसक्ने चेतावनी दिएका हुन् । उनले उत्तर कोरियाको यस्तै गतिविधि कायमै रहेमा उसको शासन सत्ताको पतन तथा देशको विनास हुन सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]

NRNA अमेरिकाको उपाध्याक्षमा सुमन बुडामगर को सबै भन्दा बलियो उम्मेदवारी

मिलन मगर, अमेरिका,साउन,२४- यही अगस्ट ११/१२ मा हून लागेको NRNA अमेरिकाको राष्ट्रीय निर्वाचनमा लोकप्रिय गायक सुमन बूढामगर सबै भन्दा बलियो उम्मेदवारको रुपमा देखीनु भएको छ । १४,४८२ भोटर रहेको निर्वाचन अहिले सम्मको सबैभन्दा ठुलो निर्वाचन हो । हिमाली जिल्ला डोल्पामा जन्मेको यूवा उम्मेदवार सुमनलाई स्पष्ट बक्ता खुला बिचार दूरगामी सोच मिठो बोलीवचन मिलनसार सोस्च्छ छबी  धेरै सामाजिक संघ […]

प्रतिबन्धको मूल्य चुकाउनुपर्ने अमेरिकालाई उत्तर कोरियाको चेतावनी

 एजेन्सी, साउन २४- उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएको प्रतिबन्धको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएको छ ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई चेतावनी दिएको हो । प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको हो ।उत्तर कोरियाले […]

अफगानिस्तानमा चरमपन्थी हमला

काबुल, साउन २३- अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् । सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए । सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन […]

जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन

मिलन मगर, फुकुओका,जापान,साउन,२०- जापानको क्युसु क्षेत्रमा रहेको  फुकुओकामा आज नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको छ। यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको हो । यो क्युसु क्षेत्रमा मात्र रहेका आप्रवासी नेपाली दाजुभाई दिदिबहिनी र विद्यार्थीहरुको समस्याको लागी मात्र […]

चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं,साउन, १९- चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा विवाद चर्किरहेको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भू-भागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शीर्षकमा […]