रोशन घर्ती दाङ,माघ २९-घोराही नवलपुरमा जारी मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबमा आज पनि बिभिन्न कार्यक्रमहरु भएका छन् । बढ्दो लागु औषध प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउने उद्देश्यले नवलपुरमा महोत्सबको आयोजना गरिएको हो । लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा सहयोग पु¥याउने उद्देश्यले नव जागरण नेपाल दाङको […]
समाज
सडक विस्तारका लागि भन्दै घोराहीका केही स्थानहरुमा बिद्युत काटौती
रोशन घर्ती दाङ,माघ २९-सडक विस्तारका क्रममा बिद्युतको पोलहरु सार्नु पर्ने भएपछि घोराही र आसपासका गाउँका केही स्थानहरुमा बिद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका अनुसार मेनरोडमा विद्युतका पोलहरु हटाउनु पर्ने भएका कारण बिद्युत लाईन काटिएको हो । घोराहीको तुलसीपुर चोकदेखि पुर्वीक्षेत्रमा विद्युत काटिएको केन्द्रले जनाएको छ । दिनभरी विद्युत लाइन काटिएपछि करिव […]
नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञ हुदै
अराज सिहं बेल्बासे, चन्द्रौटा, माघ २९-कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते सनिवार देखि फागुन ७ गते सम्म हुन लागेको सप्ताह ज्ञान महायज्ञ को तयारि पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिए । स्नातकोत्तर अध्यान को लागि […]
रक्तदान कार्यक्रम सम्पन्न
बाँके,माघ २८-रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ कैलपाल हस्पिटल एण्ड मेडिकल कलेज नेपालगञ्जले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मध्य तथा सुदूरपश्चिम क्षेत्रका अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै प्रत्येक बर्ष कलेजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको डाइरेक्टर रेवती सिंहले बताउनुभयो । त्यसक्रममा कलेजका ९० जना विद्यार्थीले रक्तदान गरेका थिए […]
एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न
बाँके,माघ २८-बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज बिद्यार्थीहरुलाई लक्षित गर्दै एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आँखा अस्पताल सुर्खेतको र फतेवाल आँखा अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । क्याम्पसमा रहेका विद्यार्र्थीहरुमा आँखामा हुने समस्यालाई समाधान गर्न क्याम्पसले आँखा शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताउनु्भयो […]
बाँकेको टिटिहिरीयालाई पर्सि बालमैत्री गाविस घोषणा गरिने : ३९ वटै सूचाङ्क पूरा
मधुपौडेल बाँके,माघ २७-बाँकेको टिटिहिरीया गाविसलाई पर्सि २९ गते बाँकेको पहिलो बालमैत्री गाविस घोषणा गरिने भएको छ । मध्यपश्चिमकै दोश्रो गाविसका रुपमा टिटिहिरीया गाविसलाई बालमैत्री गाविस घोषणा गर्न लागिएको हो । गाविसले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जनाएको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले एक समारोहकाबीच बालमैत्री गाविस […]
घोराहीको नवलपुरमा महोत्सब शुरु:नेपालकी होची महिला छिनालद्धारा महोत्सवको उद्घाटन
रोशन घर्ती दाङ,माघ २७-घोराहीको नवलपुरमा मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबको उद्घाटन गरिएको छ । नेपालकी होची महिला ईश्वरीमाया छिनालले महोत्सवको उद्घाटन गर्नुभएको हो । बढ्दो लागु औषधको प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउन आजदेखि घोराहीको नवलपुरमा महोत्सब सुरु भएको छ । लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा […]
बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय हुने
सल्यान,माघ २६-जिल्ला अदालत सल्यानले आफैँले पढाउने विद्याार्थी बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।आफैंले पढाउने विर्थीलाई २०७२ साल चैत १६ गतेदेखि लगातार बलात्कार गर्दै आएको अभियोगमा चादे करन्जी गाविस वडा नं. २ का २६ वर्षीय सन्दिप खड्कालाई यस्तो सजाय सुनाएको हो । डरत्रास देखाएर पटक–पटक बलात्कार गरेको आरोपसहित गत जेठमा उनीविरुद्ध उजुरी […]
डोल्पामा सुविधा पुर्याउँन घर—घरमा हिँउपोखरी निर्माण
डोल्पा,माघ २६-डोल्पा जिल्लाका किसानलाई सिँचाई सुविधा पु(याउँन घर—घरमा हिँउपोखरी निर्माण गरिने भएको छ । जिल्लामा सक्रिय रुपमा कृषजन्य उत्पादनगर्न व्यबसायिक रुपमा लागेका कृषकहरुलाई थोरै भएपनि राहात दिन कृषकहरुलाई हिँउपोखरी निर्माणका लागि कृषि विकास कार्यालयको अनुदानमार्फत पोखरी निर्माण गर्न लागिएको योजना अधिकृत भानुभक्त भट्राईले बताउनुभयो । कार्यक्रम अन्तर्गत हिउँ पोखरी निर्माण गरेर हिमपात तथा बर्षादकोे पानी […]
युवाहरुका लागि ३ दिने ब्यवस्थापन तालिम आज देखी शुरु
मधु पौडेल बाँके,माघ २६-बाँके र बर्दिया जिल्लाका युवाहरुका लागि तिन दिने संस्थागत ब्यवस्थापन तालिम नेपालगन्जमा आज देखि शुरु भएको छ । राष्ट्रिय युवा महासंघ नेपाल बाँके शाखाको आयोजना र यूरीटेराको सहयोगमा सो तालिम शुरु भएको हो । तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा जिल्ला युवा समिति बाँकेका प्रमुख राम सुरेस यादबले बाँके जिल्लामा युवाहरुको मुख्य […]