काठमाण्डौं,भाद्र,२३- किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजीत भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल उज्वेकिस्तान संग २-० गोल अन्तरले पराजीत भएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो । पहिलो पटक आयोजना भएको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल भदौ २४ […]
Flash
नेपालको शानदार जित : आयोजक किर्गीस्तान ८-२ गोलले पराजीत
काठमाण्डौं,भाद्र,२२- किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन् । जितसँगै नेपालले तीन […]
नादेझ्दा कप : आज नेपालले आयोजक किर्गीस्तान संग खेल्ने
काठमाडौं,भाद्र,२२- किर्गीस्तानमा आजबाट सुरु हुने ‘नादेझ्दा कप’ फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजकसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले किर्गीस्तानको सामना गर्नेछ । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ । प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्यीय नेपाली टिम बिहिबार नै किर्गीस्तान पुगिसकेको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित […]
भारतीय चन्द्रयान-२ सम्पर्कविहीन
भारत,भाद्र,२१- भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयान-२ सम्पर्कविहीन भएको छ।चन्द्रमाको सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा चन्द्रयानको सञ्चार सम्पर्क टुटेको हो।चन्द्र सतहभन्दा २ दशमलव १ किलोमिटर नजिक पुगेपछि चन्द्रयानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको सिएनएनले जनाएको छ। भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) अध्यक्ष के सिभानले चन्द्रयानसँग सम्पर्क टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको […]
सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरमा हुने
काठमाण्डौं,भदौ,२०- सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको छ । यस्तै एन्फाले अर्को सालबाट भने स्थाई रुपमा नोभेम्बर १ गतेबाट लिग गराउने निर्णय गरेको छ । लिगमा ‘ए’ डिभिजनका १४ क्लबले खेल्नेछन् । प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता […]
फिफा विश्वकप छनोट : नेपालले आज कुवेतविरुद्व खेल्ने
काठमाण्डौं,भाद्र,१९- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको खेल नेपालले कुवेतविरुद्व खेल्दै छ।विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज (बिहिबार) पहिलो लिगमा घरेलु टोली कुवेतविरुद्व खेल्न लागेको हो । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ ।पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह […]
गैरआवसीय नेपाली संघको उपाध्यक्ष पदमा बद्री के शी उम्मेदवारी दिदै
कतार,भदौ,१७- गैरआवसीय नेपाली संघको विश्व सम्मेलनको तयारी नजिकिदै गर्दा विभिन्न पदमा आकाक्षा राख्दै उम्मेदवारी आउने क्रम जारी रहे सगै बर्तमान महासचिब डा. बद्री के.शी ले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आसन्न एनआरएनए आइसीसीको नबौ महाधिबेशनको दौडमा रहेका केशी ले एनआरएन लाई साझा र पारदर्शी बनाउन सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै […]
गैरआवसीय नेपाली संघको सचिब पदमा आर के शर्माको उम्मेदवारी घोषणा
कतार,भदौ,१६- गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएएनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्मा ले(२०१९–०२१) कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व […]
आज हरितालिका तीज पर्व देशभर मनाइदै
काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]
रेडियो प्रेमी गिरी पुनः चर्चामा
बाँके,भदौ,१६- रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी […]


