ब्रेकिङ न्यूज : लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं,असार,२६-सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो। सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको खुलेको छ। विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किँने क्रममा सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा […]

आज विश्व जनसंख्या दिवस,नेपालमा पनि मनाईदै

काठमाडौं,असार,२६-आज विश्व जनसंख्या दिवस!!नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ।हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईन्छ। यस कार्यक्रमले विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ। विश्वको जनसंख्या आठ अर्ब ४४ करोडको हाराहारीमा पुगेको छ।पछिल्लो समय भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या […]

बारम्बार आफूमाथि प्रहार भएको प्रति अभिनेता पल शाहको गुनासो

काठमाडौं,असार,२६-अभिनेता पल शाहले गत हप्ता एक कार्यक्रममा दिएको अन्तरवार्ता पछि निकै आलोचीत हुन पुगेका छन्। सामाजिक सञ्जालमार्फत अभिनेता पल शाहले ‘सफाइ’ दिइसकेको विषयलाई जोडेर आफूमाथि बारम्बार प्रहार भएको प्रति गुनासो व्यक्त गर्नु भएको छ।   अदालतबाट सफाइ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ भन्दै […]

प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारियो

काठमाडौं,असार,२४-प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागी सारिएको छ।नेकपा एमालेले उठाएको प्रश्नमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र संसद सुचारु गर्ने समझदारी भएनी दलहरु आरोप प्रत्यारोपमा उत्रीएपछि भोली सम्मका लागी सारिएको हो। गत हप्ता सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो। […]

डोटीको ईखडा गाँउमा चिउरीको फल पाक्यौ, तर खाने मान्छे छैन्

डोटी,ईखडा,असार,२५-डोटीको ईखडा गाँउ लगायत विभिन्न पहाडी  भेगमा यतिबेला चिउरीको फल पाकिरहेको छ।यो फल कार्तिक र मंसिर महिनामा फुल्ने र जेठको अन्तिम साता देखी असार र साउन महिना सम्म पाक्ने गर्दछ। यतिबेला डोटीको ईखडा गाँउ वरपर रहेका जंगल र बारीका कान्लामा रहेका चिउरीका बोटमा चिउरी पहेँलै पाकि रहेको छ।तर केहि वर्ष पहिले सम्म उक्त गाँउमा रहेका […]

इमर्जिङ कपका लागि नेपालको टोली घोषणा

काठमाडौं,असार,२३-एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को साता शुक्रबारबाट सुरु हुने एसिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ। नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो।उक्त प्रतियोगिताको […]

विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फिर्ता

काठमाडौं,असार,२२-जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएका छन्। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]

प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं,असार,२२-संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । […]

आयुष सिहं ठकुरीको “सात समुन्द्र”बोलको गित विश्व बजारमा चर्चा

टोकियो,जापान,असार,२२-नेपाली गित संगितको बजारमा एउटा नयाँ गित अहिले निकै मन पराईएको छ।त्यो गित हो “सात समुन्द्र”यो गितको शब्द रचनाकार तथा गायक हुन् आयुष सिंह ठकुरी!! मुलत: नेपाली गित संगितको बजारमा आयुष सिंह ठकुरी विल्कुलै नयाँ नाम रहेको छ। तर अहिले उनको यो गित नेपालमा मात्र नभएर विश्व बजारमा नै चर्चा बटुली रहेको छ,भन्दा तपाईलाई पत्यार लाग्दैन […]

एसईईको परीक्षाफल भोलि शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं,असार,२१-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ।नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो।एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न […]